बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको सात महिना बितिसकेको छ ।
सुशान्तले फाँसी लगाएर आत्महत्या गरेको भनिएपनि उनको परिवार र करोडौं मानिस यसलाई मान्न तयार छैनन् ।
सीबीआईलाई सुशान्त मृत्युको अनुसन्धान गर्न लगाइएको छ । सीबीआईको अनुसन्धान अन्तिम चरणमा पुगेको र छिट्टै नै उनको मृत्युको असली कारणको खुलासा हुने बताइएको छ ।
सीबीआईले सुशान्तको घरमा काम गर्ने मानिस, परिवारका सदस्य, प्रेमिका रिया चक्रवर्ती र गाडीचालकहरूसँग सोधपुछ गरेको छ । उनीहरू सबैको बयान दर्ज गरिएको छ । अनि सुशान्तको उपचार गर्ने
चिकित्सक र मनोचिकित्सकलाई पनि सोधपुछ गरिएको छ ।
सीबीआईले सुशान्तको भिसरा जाँचका लागि एम्समा चिकित्सकहरूको एक टोली गठन गरिएको थियो । सुशान्तले आत्महत्या गरेको भनी चिकित्सकहरूले स्पष्ट रूपमा बताएका छन् ।
सीबीआईले कस्तो फैसला दिन्छ भन्नेमा सबैको नजर छ ।
एजेन्सी