नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सेटिङलाई जनताको सेटिङले परास्त गर्ने जिकिर गरेका छन् ।
प्रचण्ड-नेपाल समूहले शुक्रवार राजधानीमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले जनताको सेटिङलाई कसैले सिध्याउन नसक्ने दाबी गरे ।
'केपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुँदैछ,' प्रचण्डले भने, 'जनताको सेटिङलाई कसैले पनि सिध्याउन सक्दैन ।'
उनले सर्वोच्च अदालत र निर्वाचन आयोगले जनमतको सम्मान गर्ने विश्वास व्यक्त गरे ।
'निर्वाचन आयोगमा गएर हामीले पनि भनेका छौं, विश्वास व्यक्त गरेका छौं । काठमाडौंको सडकमा उर्लिएको जनसागरलाई निर्वाचन आयोगले देखेको छ, देख्छ । सर्वोच्च अदालतले पनि देखेको छ, देख्छ,' प्रचण्डले भने ।
उनले सिंगो जनमत प्रतिगमनविरुद्ध रहेको जिकिर गरे ।
लोकान्तर संवाददाता