सरकारले फेरि किर्ते गर्‍यो : योगेश भट्टराई

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले सरकारले हतार हतारमा पुूरानो मितिमा राजपत्र छापेर ल्याएर सरकारले किर्ते काम गरेको आरोप लगाएका छन् । 

शुक्रवार ट्वीटरमा एक ट्वीट गर्दै नेता भट्टराईले सरकारले संविधानको कुनै धारा उल्लेख नगरी विघटनको चिठि गएको र अदालतमा प्रश्न उठेपछि चिठी गायब पारिएको समेत बताएका छन् । 


Advertisement

उनले अदालतमा प्रश्न उठेपछि सरकारले किर्ते गरेर पूरानो मितिमा सो सूचना राजपत्रमा छापिएको बताएका हुन् । 

उनले लेखेका छन्,'संबिधानको कुनैधारा उल्लेख नगरि बिघटनको चिट्ठी गयो,अदालतमा प्रश्न उठेपछि उक्त चिट्ठी गायब गरियो,अर्को चिट्ठी ल्याएर फायलमाराखियो,अनिफेरी अदालतमा प्रश्न उठ्यो प्रतिनिधिसभा बिघटनको सूचना राजपत्रमा खै ? हतार हतार पुरानो मितिमा छापेर राजपत्र ल्याएर फेरी फायलमा राखियो,किर्ते काम ?'


Advertisement

 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्