‘ऐतिहासिक फैसलामा जनताको मनोभावना के छ भन्ने कुरा एउटा फ्याक्टर हुने गरेको छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा पुनःस्थापनाका लागि काठमाडौंमा भएको प्रदर्शन सर्वोच्च अदालत र निर्वाचन आयोगले पनि हेर्ने विश्वास व्यक्त गरेका छन् । 

‘काठमाडौंको सडकमा उर्लेको जनसागर हाम्रो अदालत, आयोगले राम्रोसँग देख्छ । ऐतिहासिक फैसलामा जनताको मनोभावना के छ भन्ने कुरा एउटा फ्याक्टर हुने गरेको छ,’ शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै प्रचण्डले भने । 


Advertisement

प्रचण्डले प्रतिनिधि सभा विघटन असंवैधानिक हो भनेर भन्ने अदालतका पूर्व प्रधानन्यायाधीशहरूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गाली गरेको आरोप लगाए ।

उनले कर्मचारीलाई पनि धम्क्याएको भन्दै छोएर देखाउन चुनौती दिए ।


Advertisement

‘आन्दोलनको पक्षमा आउन खोज्ने कर्मचारीलाई रोकेका छन्, ओली र ओलीको निरंकुश गुटलाई चुनौती दिन्छु, छोएर देखाऊ । तपाईंहरूको छिसिक्क रौँ मात्र हल्लियो भने हामीले संरक्षण गर्छौं, छिट्टै जनताको सरकार आउनेछ,’ प्रचण्डले भने ।

प्रचण्डले ओलीको सेटिङलाई जनताको सेटिङले परास्त गर्ने जिकिर समेत गरे ।

​'केपीको षड्यन्त्रकारी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुँदैछ,' प्रचण्डले भने, 'जनताको सेटिङलाई कसैले पनि सिध्याउन सक्दैन ।'

उनले सिंगो जनमत प्रतिगमनविरुद्ध रहेको जिकिर गरे ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्