प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा वाग्मती प्रदेश र प्रदेश नं १ आ–आफ्नो खेलमा विजयी भएका छन् । वाग्मतीले प्रदेश नं २ लाई ६ विकेटले तथा प्रदेश १ ले कर्णाली प्रदेशलाई ५९ रनले पराजित गरेको हो ।
मूलपानी क्रिकेट मैदानमा प्रदेश २ दे टस जितेर पहिला ब्याटिङ गर्दै ४८ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनाएको थियो । एक सय ८० रनको विजयी लक्ष्य वाग्मतीले ४८ दशमलव दुई ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
वाग्मती लगातार तेस्रो खेलमा विजयी भएको हो । वाग्मतीले यसअघि पुलिस क्लब र सुदूरपश्चिम प्रदेशलाई पराजित गरेको थियो । वाग्मती शीर्ष स्थानमा छ भने प्रदेश २ चौथो स्थानमा छ ।
रासस