प्रचण्ड र बाबुरामबीच गोप्य छलफल

नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार साँझ गोप्य भेटवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित बनेको बेला प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो । प्रचण्ड नेपाल समूहले जस्तै भट्टराईले पनि ओलीको कदमको चर्को विरोध गर्दै आएका छन् । यही बीचमा दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ । 

लैनचौरस्थित एक घरमा भएको छलफलमा ओलीको कदमविरुद्धको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतको दावी छ । 
 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्