डा सन्दुक रुइतसहित ३ डाक्टर सम्मानित

नेपाल आँखा अस्पताल र नेपाल नेत्रज्योति सङ्घले ‘भिजन एक्सलेन्स अवार्ड’बाट तीन डाक्टरलाई सम्मान गरेको छ । अस्पताल र सङ्घले आँखा स्वास्थ्य सेवाका लागि वकालत गरेको भन्दै आज डा सन्दुक रुइत, प्राडा रामप्रसाद पोखरेल र डा गोपालप्रसाद पोखरेललाई सम्मान गरेको हो । 

उनीहरुलाई पूर्वराष्ट्रपति डा रामवरण यादवले सम्मान गरेका हुन् । कार्यक्रममा पूर्वराष्ट्रपति डा यादवले आँखामा हुने रोग जटिल भएको भन्दै आँखाको स्वास्थ्यका लागि सबैले ध्यान दिनुपर्ने उल्लेख गरे । 


Advertisement


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्