असोज १०, २०८०
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
लामो समय परराष्ट्र सेवामा बिताएका मदनकुमार भट्टराईद्वारा लिखित पुस्तकको नाम हो ‘परराष्ट्रका प्रशासक’ । पुस्तकमा अवकाशपछि करीब २ वर्ष राष्ट्रपतिको परराष्ट्र मामिला र कूटनीतिक विज्ञ भएर बिताएको अनुभव समेत समेटिएको छ उनको ।
लेखकले जैशीकोठा मुन्सीखाना हुँदै शुरू भएको नेपालको परराष्ट्र सेवाको इतिहास र वर्तमानलाई केलाएका मात्र छैनन्, केही हदसम्म भविष्यमा सुधार गर्नुपर्ने कुराको संकेत गर्न समेत भ्याएका छन् पुस्तकमा ।
पुस्तकका विषयवस्तुलाई १० अध्यायमा बाँडिएको छ, जसमा परराष्ट्र सचिवः प्रचलन र कार्यक्षेत्र, मुन्सीखानाको पृष्ठभूमि, उदय र मुन्सी, बडाकाजी दर्जा पाउने चार अधिकारी, बडाकाजी मरिचिमान सिंहको वर्चस्व, परराष्ट्र सचिवको कार्यक्षेत्र, प्रतिष्ठा र कमजोरी, कार्यबाहक वा निमित्त परराष्ट्र सचिव, विविध जिम्मेवारी, पृष्ठभूमि र नियुक्ति प्रक्रिया, विशेष जिम्मेवारी र शोध अनुसन्धान, कार्यविधि र अन्य पाटो तथा पारिवारिक सम्बन्ध र सचिवपत्नी रहेका छन् । यसैबाट अनुमान लगाउन सकिन्छ कि पुस्तकको के कस्तो महत्ता र विशेषता छ भन्ने कुरा ।
पुस्तकले नेपालको परराष्ट्र प्रशासन, हालसम्मका परराष्ट्रका सचिवहरू, तिनका पृष्ठभूमि, नियुक्ति प्रक्रिया, तिनले गरेका काम, निर्वाह गरेका भूमिका र सचिव भइसकेपछि पनि उनीहरूबाट सम्पादन भएका कार्यलाई यति बढी गहन ढंगले केलाइएको छ कि पढ्दै जाँदा पाठकलाई कतै–कतै इतिहासकै पुस्तक नै पढिरहिएको छैन भन्ने अनुभूत भयो भने पनि अस्वाभाविक हुन्छ जस्तो लाग्दैन । पुस्तकले नेपालको परराष्ट्र सचिवका विविध पक्षलाई उधिनेको मात्र छैन, तिनले समेटेका अर्थात् विषय वा प्रसंगमा जोडिएर आएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गतिविधिलाई समेत समेटेको छ ।
प्रत्यक्ष भेट गर्ने अवसर नजुरे पनि बरोबर नाम सुनिएका प्रशासक हुन् लेखक भट्टराई । उनी कुशल परराष्ट्र सेवक मात्र होइनन्, कुटनीति विज्ञ पनि हुन् भन्ने पनि थाहा भएकै हो तर लेखक पनि हुन् भन्ने भने खासै थाहा थिएन । प्रस्तुत पुस्तक पढेपछि थाहा भयो लेखक मात्र होइनन् सिद्धहस्त लेखक पो रहेछन् उनी ।
यसअघि नै ‘परराष्ट्रका पात्र’ प्रकाशित गराइसकेका उनले नेपालको परराष्ट्र सेवाको विगतदेखि वर्तमानसम्मको अवस्थालाई जसरी कुशलतापूर्वक चित्रण गरेका छन्, त्यसको पेरीफेरीमा तानिएर आएको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रको अन्य गतिविधिलाई समेत उत्तिकै कुशलतापूर्वक समेटेका छन् । कतैकतै यति तलसम्म पुगेर विषयको टिपोट गरिएको छ कि पाठक वर्ग उनको लेखकीय कुशताको प्रशंसा नगरी रहन सक्लान् जस्तो लाग्दैन ।
एउटै पुस्तकमा यति बढी विषय त्यो पनि तिथिमिति मिलाएर खिप्नु लर्तरो खुबी र मिहिनतले हुने कुरा होइन । यस अर्थमा लेखक प्रशंसाका पात्र बनेका छन् भन्नैपर्छ । पुस्तक नेपालको प्रशासनिक इतिहास खासगरी परराष्ट्र प्रशासनको इतिहास पढ्न, जान्न, बुझ्न चाहने पाठकका निम्ति उत्तिकै उपयोगी देखिन्छ । त्यसमा पनि लोक सेवा दिने र लोक सेवाको तयारी गरिरहेका पाठकका लागि नपढी नहुने खालको पुस्तक छ भन्दा बढी हुन्छ जस्तो लाग्दैन ।
लेखकले लामो समय परराष्ट्र सेवामा बिताएका कारण तिथिमितिमा शंका गर्नुपर्ने स्थान छैन तर जति पनि तिथिमिति उल्लेख भएका छन् सबै इश्वी संवत् (सन्) मै छन् । अन्तर्राष्ट्रिय जगतमा खेल्दै आएका लेखकका निम्ति यस्तो हुनु स्वभाविकै हो मान्नुपर्छ । त्यसमाथि पुस्तकको विषय र क्षेत्र पनि त्यसै सम्बन्धित छ । यसमा भने विक्रम संवतमा हुर्केका नेपाली पाठक अल्मलिन सक्छन् । त्यसैले यति बढी दुःख गरिसकेपछि विक्रम संवत वा विक्रम संवत पनि सँगै उल्लेख भइदिएको भए बढी उत्तम हुन्थ्यो जस्तो लाग्छ ।
पढ्दै जाँदा कतै केही प्रसंग र कतै तिनका अंश दोहोरिएका छन् । यसको संकेत लेखकले शुरूमै कतै गरेका पनि छन् । विभिन्न समयमा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनावलीलाई समेट्ने क्रममा यस्तो हुनु अस्वाभाविक पनि नहोला । तथापि एउटा विषयका समग्र पक्षलाई एकै स्थानमा समेट्न सकिएको भए पुस्तकको आकर्षण थप चुलिने थियो जस्तो लाग्छ ।
गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...
वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...
विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...
असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...