×

NMB BANK
NIC ASIA

पुल निर्माणअघि बढेसँगै समृद्धि र विकासको आशा

माघ १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पुलकै अभावमा लामो समयसम्म ओझेलमा परेको तनहुँको शुक्लागण्डकी नगरपालिकाको सेराबेँसीसहित समग्र थप्रेक क्षेत्रका स्थानीवासीमा यतिखेर भने समृद्धि र विकासको आशा जाग्दै गएको छ ।

Sagarmatha Cement
Muktinath Bank

तालखोला र खुदी खोलाको दोभानमा लामो समयसम्म पुल नबन्दा धेरै सम्भावना भएर पनि ओझेलमा परेको यस क्षेत्रका स्थानीयवासी यतिखेर भने पोखरा महानगरपालिका–३२ गगनगौँडा र तनहुँको शुक्लागण्डकी–२ जोड्ने गरी दोभानमा पुल निर्माण हुन थालेपछि उत्साहित बनेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    कृषिजन्य उत्पादनमा अब्बल मानिने सेराबेँसी र त्यहाँ हुँदै पुगिने पर्यटकीय स्थान थप्रेकका साथै आसपासका अन्य रमणीय भूभागको समृद्धि र विकासमा पक्की पुलको अभाव मुख्य बाधक बनिरहेका अवस्थामा गण्डकी प्रदेश सरकारको रु तीन करोड ७५ लाख १२ हजार लागतमा पक्की पुल निर्माण गर्न लागिएको हो ।


Advertisment
Nabil box
Kumari

    रुपातालबाट बगेर आउने खोला र देउरालीबाट आउने फुस्रे खोला मिसिएर बनेको यो खोलामा दुई दशकअघिसम्म झोलुङ्गे पुलसमेत नहुँदा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।

Vianet communication
Laxmi Bank

वर्षेनी खोलामा मानिस बग्न थालेपछि २०५२ सालमा स्थानीयवासीको सक्रियतामा झोलुङ्गे पुल निर्माण गरिएको तत्कालीन भोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए । उक्त समयमा मानिसको ज्यान बचाउन झोलुङ्गे पुल बहुउपयोगी बनेको जनाउँदै उनले झोलुङ्गे पुलले हिँडेर आवतजावत गर्न केही सहज भए पनि मोटर गुड्ने पुल नहुँदा पृथ्वी राजमार्गको नजीकै रहेर पनि यो क्षेत्र लामो समयसम्म विकासमा पछि परेको बताए । 

    पक्की पुलको आवश्यकतालाई महसुस गरी अधिकारीकै अध्यक्षतामा गठित खुदी खोला तालखोला दोभान पुल निर्माण उपभोक्ता समितिको निरन्तर क्रियाशीलतासँगै पछिल्ला समयमा स्थानीय तहले समेत देखाएको जागरुकताले यतिखेर पुल निर्माण कार्य अघि बढिरहेको छ । आगामी असार मसान्तसम्म पुलको निर्माण कार्य सक्ने लक्ष्य रहेको जानकारी दिँदै अध्यक्ष अधिकारीले खोलामा रहने तीनवटा जीपमध्ये दुईवटाको निर्माण कार्य अन्तिम चरणमा पुगेको जानकारी दिए । 

    पक्की पुलको अभावमा सेराबेँसी र आसपासको क्षेत्र धेरै सम्भावना बोकेर पनि पछि परेको बताउँदै उनले यसको निर्माणले स्थानीयमा आशा जगाएको उल्लेख गरे। “पुलको अभावले स्थानीयवासीको आवतजावतका साथै कृषिजन्य उत्पादन बजारमा पु¥याउन असहज भएको थियो”, उनले भने, “पुलको निर्माणसँगै हुने उत्पादित कृषिजन्य वस्तुको सहज बजारीकरणले व्यावसायिक कृषिप्रतिको आकर्षणसमेत बढाउने छ ।” सेराबेँसी, नयाँगाउँ, थप्रेक, स्याम्घा, सिसाघाट, आरुस्वाहाँरा, तल्लोपोखरी, काठेपीपल, राङ्दी, झुप्राङ, देउराली, दगामलगायत ठाउँका स्थानीयवासी पुल निर्माणसँगै लाभान्वित हुनेछन् । पुल सम्पन्न भएसँगै थप्रेकमा रहेका गलेखाम कोट, थप्रेकको थुम्काजस्ता पर्यटकीयस्थलको विकास एवम् प्रवद्र्धन हुन नसकेको, सेराबेँसीलगायत उर्वर भूभागका उत्पादनले बजार पाउन विश्वास लिइएको छ ।

    गण्डकी प्रदेशको राजधानी पोखरासँग अत्यन्त नजिक रहेर पनि पुलको अभावमा तनहुँको सेराबेँसीलगायत स्थानका बासिन्दाले लामो समयदेखि दुःख कष्ट भोग्दै आएको शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेल बताउँछन् । सरोकारवाला सबैको साथ र सहयोगका साथै स्थानीय तहको क्रियाशीलतामा प्रदेश सरकारको सहयोगमा पुलको निर्माण अघि बढेको उनले बताए । पुल निर्माणको विषय लामो समयदेखि चले पनि यसले सार्थकता पाउन नसकेको बताउँदै उनले पुल निर्माणका लागि दुईदुईपटक विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार भएको जानकारी दिए । 

    पर्यटकीय नगरी पोखराबाट दूरीका हिसाबले नजिक रहेर पनि पुलकै अभावमा पर्यटकीय उपयोग हुन नसकेको स्थल थप्रेकको समग्र विकासका लागि पनि निर्माणाधीन पुल बरदान साबित बन्ने उनले विश्वास व्यक्त गर्नुभयो । स्थानीयवासीको समृद्धि र विकासको चाहनालाई पूरा गर्न आफूहरू निर्वाचित भइसकेपछि निरन्तर लागिरहेको उल्लेख गर्दै पौडेलले वडाभित्र लगभग रु साढे दुई करोडको लागतमा मकैमुरो खानेपानी आयोजनासहितका नौदशवटा खानेपानी योजना सम्पन्न गरिसकिएको बताए । 

    शहरी क्षेत्रमा बढ्दो बस्ती विकासको क्रमसँगै पुल नहुँदा राजमार्गको नजिकै रहेर पनि विगतमा सेराबेँसीलगायत स्थान छोडी राजमार्ग आसपासमा बस्न आउने क्रम आगामी दिनमा रोकिने विश्वास लिइएको छ । सेराबेँसीलगायत स्थानका स्थानीयवासीका लागि भौतिक विकासका साथै शिक्षा, स्वास्थ्यलगायत हरेक कुराको पहुँच वृद्धिमा निर्माणाधीन पुल महत्वपूर्ण बन्ने पोखरा महानगरपालिका–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताए ।

    लामेआहालमा निर्माण गर्ने भनिएको बसपार्क बनेका अवस्थामा राजमार्ग क्षेत्रमा सम्भाव्य सवारीसाधनको चापसमेतलाई कम गर्नका लागि निर्माणाधीन पुल सम्पन्न भएपछि रुपाकोट हुँदै पोखरा जोड्न सकिने वैकल्पिक मार्गको विकास गर्न सकिने उनले बताए । पुलको निर्माणले कृषिजन्य उत्पादनको बजारीकरणसँगै स्थानीयवासीको शिक्षा, स्वास्थ्य रोजगार आदिमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको समाजसेवी एवम् पुल निर्माण सहयोग समितिका सदस्य अर्जुन मल्लले बताए । पछिल्ला वर्षमा खोला किनारमा बढ्दै गएको भूक्षय नियन्त्रणमा पनि पुल निर्माणसँगै चासो बढ्ने उनको भनाइ छ । 

    पुलकै अभावमा पाँच÷सात मिनेटमा नै आवतजावत गर्न सकिने यस ठाउँमा अहिले तनहुँको कोत्रे हुँदै गाडीबाट एक घण्टाभन्दा बढी समय खर्चिन यहाँका स्थानीयवासी बाध्य छन् । तनहुँको कोत्रे हुँदै थप्रेक जोडिने मार्गलाई २०१८ सालका शहीद लालध्वज गुरुङको सम्मानार्थ लालध्वज मार्ग नामकरण गरिएको छ । 

    त्यस्तै तनहुँको सदरमुकाम दमौलीबाट स्याम्घा हुँदै थप्रेक जोडिने मार्गलाई सिन्धु मार्ग नामकरण गरिएको छ । पछिल्लो समयमा दमौलीबाट थप्रेक र थप्रेकहुँदै कोत्रेसम्म जोडिने भएकाले यो मार्ग दमौलीबाट पोखराका लागि वैकल्पिक मार्ग बन्न सक्ने स्थानीयवासीको तर्क छ । दोभानको पुलसँगै शुक्लागण्डकीको सेराबेँसीमा रहेको गुवे खोलामा शुक्लागण्डकी नगरपालिकाको सहयोगमा रु एक करोड ४० लाखको लागतमा पुल निर्माण गर्न लागिएको शुक्लागण्डकी–१ का वडाध्यक्ष रविचन्द्र पौडेलले जानकारी दिए । 

    बाटोमा पर्ने सानातिना खोलामा पुलका साथै अन्य आवश्यक पूर्वाधार विकासले क्रमिक गति लिँदै गएको अवस्थामा पक्की पुलको आवश्यकता झन् बढ्दै गएको छ । पुल नहुँदा लगभग पाँच वर्षयता हिउँदको समयमा स्थानीयवासीले आफ्नै खर्चमा मोटरसाइकल तथा अन्य सवारीसाधन आवतजावतका लागि कलभर्ट राख्न थालेको तालखोला कलभर्ट निर्माण समितिका सचिव ठाकुरप्रसाद खनालले जानकारी दिए ।

हिउँदको समयमा आफूहरूले आफैँ खर्च जुटाएर असोजदेखि बर्सात शुरु नहुँदासम्म कलभर्ट हालेर सवारीसाधन आवतजावत गराउने गरेको बताउँदै उनले पछिल्ला वर्ष शुक्लागण्डकी–१ ले ह्युमपाइप झिक्न र राख्न सहयोग गर्ने गरेको जानकारी दिए । निर्माणाधीन पुललाई समयमा नै सम्पन्न गरी वर्षौंदेखि शेराबेँसी सहत थप्रेक र आसपासका सर्वसाधारणले भोग्दै आएको दुःख कष्ट दीर्घकालीनरुपमा समाधान गर्नुपर्नेमा उनको जोड छ । वासुदेव पौडेल,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x