कात्तिक २५, २०८०
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
माघ १०, २०७७
पाँचथरको कुम्मायक गाउँपालिका–३ का ६५ वर्षीय नरबहादुर माझी गाउँबाट १० हजार रुपैयाँ चन्दा उठाएर आफ्नो जवान छोराको शव लिन काठमाडौं आए ।
पैसा कमाउनका लागि वैदेशिक रोजगारीको सिलसिलामा उनका जवान छोरा ३५ वर्षीय लक्ष्मीकुमार माझी २ वर्षअघि मलेसिया पुगेका थिए । तर गत मंसिर २६ गते बिरामी भएका लक्ष्मीले ५ दिनदेखि खाना खान नपाएको अवस्थामा अस्पताल लैजाँदा लैजाँदै मृत्यु भयो ।
‘पैसा कमाउन विदेश गएको छोराको लाश बाकसमा आउँछ भनेर कल्पना समेत गरिएको थिएन,’ रुँदै नरबहादुरले भने, ‘त्यो लाश बुझ्नका लागि काठमाडौं आउन पनि पैसा नभए पछि गाउँमा चन्दा उठाएर यहाँ आउनुपर्यो । यो उमेरमा भगवान्ले मलाई लिएर जानुपर्ने ठाउँमा जवान छोरालाई लिएर गयो ।’
उनले थपे, ‘छोराले बुवाको शवको भारी बोक्नुपर्ने बेलामा छोराको शव बोक्नुपर्ने अवस्था आएको छ, अब उनका श्रीमतीसहित छोराछोरीको गुजारा कसरी चल्ने होला ?’
विदेशमा हुँदा पनि लक्ष्मीको कमाइ राम्रो थिएन । ‘जुन कम्पनीका लागि उनी गएका थिए त्यहाँ राम्रो तलब सुविधा नभएपछि भागीभागी अन्य कम्पनीमा काम गर्दै आएका थिए,’ बुवा नरबहादुर माझीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लोकान्तरसँग भने, ‘पैसा कमाउला भनेर ऋणको भार बोकेर छोरालाई विदेश पठाएको थिएँ । त्यहाँ बिरामी भएर उपचार गर्न र मृत्यु भएपछि लाशलाई त्यहाँको अस्पतालमा राख्नका लागि समेत नेपालीहरूले चन्दा उठाएर मलेसियाको ५ हजार रिङ्गिट बुझाउनुपर्यो ।’
मृतक लक्ष्मीका बहिनीज्वाइँ पनि मलेसियामा नै वैदेशिक रोजगारीमा रहेकाले उनले नै नेपालीहरूबाट आर्थिक सहयोग उठाएर अस्पताललाई बुझाएको नरबहादुरले बताए । ‘लक्ष्मीसँगै काम गर्ने १ जना बंगाली साथीले घरमा फोन गरेर लक्ष्मी बिरामी भएको तथा ५ दिनदेखि खाना खान नपाएको अवस्थामा उसको स्वास्थ्य स्थिति बिग्रँदै गएको बेला अस्पताल लैजाने बेला बाटोमा नै मृत्यु भएको भनेर फोन गरेर खबर गरेका थिए,’ मृतक लक्ष्मीका बुवा माझीले भने, ‘खै अब उसको मृत्यु कसरी भयो भन्ने कुरा हामीलाई थाहा भएन, उसको बंगाली साथीले नै भनेको कुरा पत्याउनुपर्यो ।’
...
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ का २५ वर्षीय कालु तामाङको पनि डेढ महिनाअघि मलेसियामा मृत्यु भयो । मृतक तामाङको शव बुझ्न काठमाडौं विमानस्थलमा पुगेका उनका आफन्त पासाङ शेर्पाले मलेसियाबाट शव ल्याउन गाउँबाट १ लाख नेपाली रुपैयाँ मलेसिया पठाउनुपरेको बताए । ‘७ वर्षअघि नै मलेसिया पुगेका कालुले शुरूको ३ वर्ष त्यहीँ कम्पनीमा काम गरेका थिए तर पछि कम्पनी छाडेर भागीभागी अन्य कम्पनीमा काम गर्ने गरेका थिए,’ पासाङले लोकान्तरसँग भने, ‘किड्नी खराब भएका कारण बिरामी भई मृत्यु भएको भनेर भनिएको छ, इलिगल काम गर्दै हिँडेका कारण उसको उपचार गर्न त्यहाँका अस्पतालले पनि भर्ना गरेनन् ।’
कालुको मृत्यु भएपछि शवलाई मलेसियाको प्रहरीले कब्जामा लियो र शवलाई अस्पतालको फ्रिजमा राख्नका लागि लागेको अस्पताल खर्च मलेसिया पठाउनुपर्यो । मृतक कालुका बुवा टेम्बा तामाङले १ लाख रुपैयाँ गाउँका ठूलाबडा र संघसंस्थाबाट चन्दा उठाएर दूतावासलाई पठाएपछि मात्र शव नेपाल आउन सम्भव भएको पासाङले बताए ।
‘यहाँ नेपालमा कुनै काम नै छैन, रोजगारी नै पाउँदैन, बाध्य भएर ज्यानको जोखिम समेत लिएर विदेश जानुपर्ने नेपालीको बाध्यता छ,’ पासाङले भने, ‘नेपालमा नै सरकारले केही व्यवस्था गरिदिए विदेशमा गएर नेपालीको मृत्यु हुने थिएन ।’ पैसा कमाउन गएका कालुले पैसा त कमाउन सकेनन्, उल्टै उनको शव नेपाल ल्याउन पैसा पठाउनुपर्ने दिन समेत आएको उनले बताए ।
.....
पर्साको वीरगञ्ज महानगरपालिका–२० हर्पतगञ्जका ३२ वर्षीय ओजिर खान पैठानको शव पनि शनिवार काठमाडौं विमानस्थलमा आएको छ । डेढ महिनाअघि मलेसियामा हृदयघातका कारण मृत्यु भएको मृतकका भिनाजु आफ्ताब खानले बताए । सन् २०१५ देखि नै मलेसियामा काम गरिरहेका उनी पछिल्लो समय ३ वर्षअघि पुनः मलेसिया गएका थिए । मृत्यु भएपछि काम गर्ने कम्पनीले कुनै क्षतिपूर्ति समेत नदिएको उनले बताए । ‘नेपालको श्रमको अवधि सकिएका कारण कम्पनीले बिमा गराउन सकेको थिएन, त्यसैले कुनै पनि क्षतिपूर्ति दिएनन्,’ मृतक ओजिरका भिनाजु आफ्ताबले विमानस्थलमा शव बुझ्दै लोकान्तरसँग भने, ‘श्रीमती, ३ छोरा, आमा र बुवाको अब पालनपोषण कसरी होला भन्ने समस्या समेत थपिएको छ ।’
...
झापाको अर्जुनधारा नगरपालिका–६ का ३८ वर्षीय विष्णुकुमार चौधरीको शव पनि मलेसियाबाट शनिवार काठमाडौं आइपुगेको छ । विगत १० वर्षदेखि मलेसियामा काम गरिरहेका विष्णु डेढ वर्षअघि फ्यामिली भिसामा पत्नी हेमकुमारी चौधरीलाई पनि सँगै लिएर गएका थिए । ‘महिनाको नेपाली ४० हजार रुपैयाँ कमाउने गरेका उनको डेढ महिनाअघि मृत्यु भयो,’ शव बुझ्न आफन्तसहित विमानस्थल पुगेका मृतकका जेठान डम्बर यादवले भने, ‘उहाँको मृत्यु भएपछि उहाँकी श्रीमती हेमकुमारी चौधरी १५ दिनअघि नेपाल आउनुभएको छ ।’
मृतकका २ छोरा छन् । ‘सामान्य बिरामी भएर उपचारका लागि अस्पतालमा ३ दिन भर्ना गरिएको थियो,’ यादवले भने, ‘तर पनि उहाँको ज्यान जोगिएन ।’
....
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का २७ वर्षीय अजय भण्डारीले मलेसियामा आत्महत्या गरे । मृतककी बहिनी प्रमिला भण्डारीका अनुसार उनको मानसिक स्थिति बिग्रिएको जस्तो थियो, मानसिक सन्तुलन गुमाएका उनले अचानक झुण्डिएर आत्महत्या गरेका हुन् ।
शव बुझ्न काठमाडौं विमानस्थलमा पुगेकी भण्डारीले लोकान्तरसँग भनिन्, ‘पहिलेदेखि नै अलिअलि ब्रेनको समस्या थियो ।’
...
ताप्लेजुङको श्रीगंगा गाउँपालिका–२ का ४५ वर्षीय नेत्रप्रसाद भट्टराईको पुस ७ गते मलेसियामा मृत्यु भयो । उनको शव पनि शनिवार काठमाडौं आइपुगेको छ ।
शव बुझ्न काठमाडौं विमानस्थल पुगेका मृतकका दाजु हर्कबहादुर भट्टराईसहित उनका नातेदारहरू भक्कानिएका थिए । ‘उनी सुतेको ठाउँबाट उठ्न नसकेको अवस्थामा साथीहरूले भेटेका थिए,’ हर्कले भने, ‘उनको मृत्यु किन भयो भनेर हामीले बुझ्न सकेका छैनौं ।’
नेत्रको निधनपछि उनकी पत्नी र २ छोरा बेसहारा भएका छन् । श्रम स्वीकृतिको अवधि सकिएका कारण जीवन बिमा गराएको थिएन, त्यसकारण कम्पनीले कुनै पनि किसिमको आर्थिक क्षतिपूर्ति नदिएको उनले बताए ।
...
झापाको बिर्तामोडका ३८ वर्षीय लिलाबहादुर खड्काको पनि मंसिर २३ गते मलेसियामा मृत्यु भयो । मृतक खड्काको शव पनि शनिवार काठमाडौं आइपुगेको छ ।
शव बुझ्न मृतकका साढुदाइ गोविन्द थापा विमानस्थल पुगेका थिए । ‘पहिलेदेखि नै उहाँ मधुमेहका बिरामी हुनुहुन्थ्यो, सुतेपछि सुतेको सुत्यै हुनुभयो,’ थापाले भने, ‘कम्पनीले कुनै क्षतिपूर्ति दिएको छैन ।’
विगत डेढ महिनायता मृत्यु भएका नेपालीहरूको शव नेपाल वायुसेवा निगमले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत निःशुल्क रूपमा काठमाडौंसम्म ल्याइदिएको हो ।
काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १९ जना मृतकका आफन्त बाकसमा आएको शव देख्दा भक्कानिँदै रुँदै कराउँदै गरेको दृश्य देखिन्थ्यो ।
नेपाल एयरलाइन्सले तीर्थराम लोनिया, सुन्दर राई, कालु तामाङ, लिलाबहादुर खड्का, अजय भण्डारी, लक्ष्मीकुमार माझी, विष्णुकुमार चौधरी, भीमबहादुर मगर, सूर्यबहादुर तामाङ, अजय तामाङ, मिलन लामा तामाङ, प्रदीप शाह, धनबहादुर विश्वकर्मा, नेत्रप्रसाद भट्टराई, वीरेन्द्र राउत कुर्मी, ओजिर खान पैठान, मोहम्द मिस्तार, रामकुमार मुधीयारी र वीरबहादुर तामाङको शव ल्याएको छ ।
निगमले ल्याइदिएको शवलाई वैदेशिक रोजगार बोर्डले निःशुल्क रूपमा शवबाहन उपलब्ध गराएर मृतकको घरसम्म पुर्याउँदैछ ।
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...