चोरी गरी ल्याएको ल्यापटप बिक्री गर्न खोज्ने २ जना पक्राउ

सांकेतिक तस्बिर

बिर्तामोड नगरपालिका-६ बुट्टाबारी बजार क्षेत्रमा चोरी गरी ल्याएको २ थान ल्यापटप बिक्री गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-७ बस्ने ३० वर्षीय अजय मल्लिक र सोही ठाउँ बस्ने २० वर्षीय देव परियार रहेका छन् ।

उनीहरूले ल्यापटप बोकी सस्तो मूल्यमा बिक्री गर्न खोज्दै हिँडिरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले सोधपुछ तथा अनुसन्धानको क्रममा उक्त ल्यापटप दमक एरियाबाट चोरी गरी ल्याएको खुल्न आएपछि उनीहरूलाई पक्राउ गरेको हो ।


Advertisement

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्