×

NMB BANK
NIC ASIA

वैवाहिक जीवनलाई समधुर बनाउने ५ उपाय

असोज २०, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

विवाहलाई सबैभन्दा पवित्र र विश्वासमा आधारित सम्बन्ध मानिन्छ । तर पनि यो सम्बन्धलाई सधैभर सुमधुर बनाइराख्न गाह्रो पर्छ । कतिपय सामान्य कारणले पनि पवित्र भनिने वैवाहिक सम्बन्धमा दरार आउँछ । जसको पछिल्लो उदाहरणको हो सम्बन्ध विच्छेदका घटनाहरु बढ्दै जानु ।

Sagarmatha Cement
Muktinath Bank

आजभोलि सम्बन्ध बिच्छेदका घटनाहरु धेरै बढ्न थालेका छन् । सात जन्मसम्म सँगै रहने भनेर कसम खाएका जोडीहरु पनि एउटा अवस्थामा आएर सम्बन्ध बिच्छेद गर्छन् । तर केही यस्ता उपायहरु छन् जसले दुईजनाबीचको सम्बन्धलाई मजबुत बनाइरहन सहयोग गछनर्् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैवाहिक जीवनलाई समधुर बनाउने ५ उपायहरु यहाँ उल्लेख गरिएको छ,


Advertisment
Nabil box
Kumari

१. सम्बन्धमा सम्मानको महत्व प्रेम प्रकट गर्दा हामी बढी नै देखाएर गर्छौं । साँचो कुरा प्रेम सँगै विश्वास पनि हो । सम्बन्धमा एक–अर्काप्रतिको विश्वासको ठूलो महत्व हुन्छ । सम्बन्ध दरिलो बनाउन एक अर्काको निर्णय तथा सही बिचारको सम्मान गर्नुपर्दछ ।

Vianet communication
Laxmi Bank

२. आफन्तसँगको सुमधुर सम्बन्ध प्रत्येक नातेदारसँग आफ्नो सम्बन्ध उत्तिकै राम्रो हुनुपर्छ भन्न सजिलो छ, तर सबै आफन्त र उनीहरुको स्वभाव चिनेर खुसी पारिराख्नु त्यति सजिलो भने छैन ।

तर तपाईले आफ्नो तर्फबाट प्रयास भने गर्न छोड्नुहुँदेन । आफ्नो मान्छेसँग कुराकानी गर्दा कहिल्यै पनि झिँझो नमान्नुहोस् । भित्र मन नपरेपनि उनका कुरा शान्तसँग सुनिदिनुहोस् । मनमुटाव हुने स्थिति आए पहिल्यै सुल्झाउने प्रयास गर्नुहोस् ।

३. पैसाको बारेमा प्रष्ट हुनुस् । विवाहपछि आर्थिक रुपमा स्वतन्त्र हुन कठिनाई हुनसक्छ । तर बिहेपछि पैसाको बारेमा एक अर्कालाई जानकारी हुन जरुरी हुन्छ । यसो हुदाँ श्रीमान्–श्रीमती दुवैले आर्थिक मामिलामा एक अर्कालाई शंका गर्ने ठाउँ रहँदैन । आफूले लगानी गरेको, सापटी दिएको, सहयोग लिएको जस्ता कुरा एकअर्कामा जानकारी हुँदा त्यसले सम्बन्धलाई सुधार गर्न मद्धत पुग्छ ।

४. सम्झौता गर्नु कमजोरी होइन । सम्बन्धमा कहिलेकाँही साना तिना कुराले पनि दिक्क पार्ने गर्छ । तर यस्ता कुरालाई ठूलो नबनाएर सम्झौता गर्नु राम्रो हुन्छ । सम्झौताले सम्बन्धलाई तन्काउने काम गर्छ । कसले भनेको कुरा ठूलो र कसले भनेको कुरा सानो भन्ने जस्ता कुरामा अल्झनु हुदैन ।

५. मायामा कमि हुन नदिनुहोस् । विहे भएको जतिसुकै वर्ष बितोस्, एक अर्काको प्रेममा कमी हुन नदिनुहोस् । एकअर्काको प्रसंशा गरिरहनुहोस् । जसले सम्बन्धलाई निरन्तर रुपमा सुमधुर बनाइरहन मद्दत पुग्छ । हप्तामा एकचोटीसंगै फिल्म हेर्न जानुहोस्, छोराछोरी, आफन्तसँग रमाउने गर्नुहोस् । यस्तो गर्नाले सम्बन्धमा उचाई थपिदै जान्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x