भारतको तमिलनाडुमा भएको एक घटनाले भारतमा मानवता हराउँदै गएको उदाहरण प्रस्तुत गरेको छ ।
नीलगिरी जिल्लामा केही मानिसले हात्तीमाथि बलिरहेको कपडा फ्याँके । त्यसले हात्तीलाई डढाएपछि उसको मृत्यु भयो ।
घटनामा संलग्न दुईजनालाई प्रहरीले हिरासतमा लिएको छ ।
यस घटनाका बारेमा सामाजिक सञ्जालमा खुबै चर्चा भइरहेको छ । मानिसहरूले सोधिरहेका छन्– के मानवता मरिसकेको हो ?
वन अधिकारी प्रवीण अंगुसामीले घटनाको भिडियो अप्लोड गरेका हुन् । भिडियोले विचलित बनाउँछ । हात्ती पीडाले कराएर चिच्याएको सुनिन्छ ।
पक्राउ परेका दुईजनाबाहेक रिकी रायन नामक व्यक्ति पनि घटनामा संलग्न थियो ।
ती व्यक्तिहरूलाई कडा सजाय नहुने भनी मानिसहरूले निराशा प्रकट गरेका छन् ।
Barbaric act in Nilgiris, Tamilnadu. An elephant was attacked with a burning tyre, in a private resort, killing the animal. Hope the guilty are punished for this inhumane act of violence. #WA #EveryLifeMatters #SaveWildlife pic.twitter.com/iLJn2yxgdq
— Praveen Angusamy, IFS 🐾 (@PraveenIFShere) January 22, 2021
एजेन्सी