×

NMB BANK
NIC ASIA

नेकपा विभाजन

कम्युनिस्ट 'किल्ला' लुम्बिनीमा तात्यो राजनीति: नेकपा फुटपछि प्रदर्शन र भेलाको 'बाढी' !

माघ ११, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

लुम्बिनी प्रदेश कम्युनिस्टहरूको ‘गढ’ मानिन्छ । साविक तीन अञ्चल मिलेर बनेको लुम्बिनी प्रदेशमा राप्ती र भेरीमा पूर्व माओवादी र लुम्बिनी अञ्चललाई पूर्व एमालेले आफ्नो ‘आधार इलाका’ को रूपमा लिने गर्छन् । 

Muktinath Bank

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाको दुवै समूहको ध्यान अहिले कार्यकर्ता तान्न लुम्बिनी प्रदेशमा केन्द्रित छ । नेकपाको (ओली समूह) र (प्रचण्ड–नेपाल) दुवै समूहमा लाग्ने दोस्रो तहका प्रभावशाली नेताहरूको गृहजिल्ला पनि यही प्रदेशमा पर्छ । 


Advertisment
Nabil box
Kumari

दुवै समूहका नेताहरू जिल्ला–जिल्लामा सभा र अगुवा कार्यकर्ता भेला गरी कार्यकर्ता तान्ने होडमा छन् । उनी विभिन्न जिल्लामा अड्डा नै जमाएर बसेका छन् ।

Vianet communication
Laxmi Bank

विगतको निर्वाचनमा यसै प्रदेशबाट नेकपाका सांसदहरू धेरै विजयी भएको कारण कम्युनिष्ट ‘गढ’मा दुवै समूहले आँखा लगाउनु स्वाभाविक भएको राजनीतिक विश्लेषकहरू तर्क गर्छन् । 

दोस्रो तहका नेताहरू सभा र भ्रातृ संगठनका भेला सकेर कार्यकर्ता तान्न अध्यक्षलाई नै उतार्ने प्रतिस्पर्धामा लागेका छन् ।

गएको आइतबार दाङमा (प्रचण्ड–नेपाल)का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूको सहभागितामा कार्यकर्ता विशाल सभासहित शक्ति प्रदर्शन गर्‍यो । 

(प्रचण्ड–नेपाल) समूहले जिल्लामा सभा गरेपछि ओली समूहले पनि भोलि (सोमवार) दाङमै १ लाख कार्यकर्ता सहभागी गराउने दाबी सहित प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीलाई ल्याउँदैछन् । 

त्यस्तै १५ गते प्रदेशको अस्थायी राजधानी बुटवलमा (प्रचण्ड–नेपाल) समूहले पनि शक्ति प्रदर्शन गर्दैछ ।

प्रधानमन्त्री केपी ओलीविरुद्ध विरोध प्रदर्शन भनिएको प्रदर्शनमा अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, घनश्याम भुसाल लगायत नेताहरूले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । नेकपा ओली समूहका दाङका नेता हुकुम बस्नेतले जिल्लाका प्रत्येक वडामा चार/चारवटा गाडीमा कार्यकर्ताहरू आमसभामा सहभागी गराउने गरी तयारीमा जुटेको जानकारी दिए ।

‘दाङमा कम्युनिस्ट मूल नेतृत्व एकताबद्ध गर्न देशकै दोस्रो लामो पुल उद्घाटन गर्न आउन प्रधानमन्त्री आउन लागेका बेला सभा आयोजना गरिएको हो,’ बस्नेतले लोकान्तरसँग भने । 

त्यस्तै यही माघ १३ गते बुटवलमा ओली समूहबाट मुख्यमन्त्री शंकर पोखरेल, युवा नेता महेश बस्नेतसहितका नेताहरूले निर्वाचनको स्वागत सभालाई सम्बोधन गर्दैछन् । रूपन्देहीमा हुने सभालाई शक्ति प्रदर्शनका रूपमा समेत उपयोग गर्ने तयारी नेकपा ओली समूहले थालेको छ ।

बुटवलमा पनि प्रधानमन्त्री ओलीलाई ल्याउने विषयमा छलफल चलिरहेको ओली पक्षीय नेताहरू बताउँछन् । दुई साताअगाडि पनि महासचिव विष्णु पौडेलसहितका नेताहरूको सहभागितामा अगुवा कार्यकर्ता भेला गरिसकेको छ । 

(प्रचण्ड समूह) का युवा नेता ठाकुर गैरे अहिलेको आन्दोलन कार्यकर्ता तान्नका लागि भन्दा पनि ओलीको स्वेच्छचारिताले लोकतन्त्र र संविधान संकटमा परेकाले त्यसलाई जोगाउनका लागि सडकमा आउनुपरेको बताउँछन् । गैरेले ओलीको निरंकुश शैली बदल्नका लागि सडकमा आउनुपरेको बताए । 

कपिलवस्तुमा (प्रचण्ड–नेपाल) समूहले नेताहरू युवराज ज्ञवाली, वर्षमान पुन, चक्रमाणि खनाल र ओनसरी घर्ती लगायतको उपस्थितिमा सभा गरिसकेको छ ।

त्यस्तै गुल्मीमा ओली समूहले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको सहभागितामा कार्यकर्ता भेला शनिबार सम्पन्न गरेको छ । 

त्यस्तै बुटवलमा प्रचण्ड–नेपाल समूहका घनश्याम भुसाल र वर्षमान पुनलगायतका नेताहरूले उद्योगी व्यवसायीहरूसँग छलफल गरेका छन् । नगर–नगरमा पनि भेलामा भुसाल सक्रिय छन् । रूपन्देहीका भुसाल यसै क्षेत्रका विभिन्न कार्यक्रममा विगत १०/१२ दिनदेखि पार्टीका कार्यक्रममा सक्रिय छन् । 

त्यस्तै बुटवलमा पनि (ओली समूह) ले युवा नेताहरूलाई उतारेर शक्ति प्रदर्शन गर्ने देखिएपछि प्रचण्ड र नेपाललाई ल्याएर (प्रचण्ड–नेपाल) समूहले सभा गर्न लागेको हो । अहिले यहाँका जिल्ला नेतादेखि केन्द्रीय नेतासम्म जिल्ला–जिल्लामा खटेर कार्यकर्ता तानातानमा लागेका छन् ।

जिल्ला र वडा तहका नेताहरूलाई अहिले पार्टीका दुवै समूहले दैनिक फोन गरेर आफ्नो समूहमा लाग्न आग्रह गर्दै आएका छन् । 

संसद् विघटनविरुद्ध नेकपाको प्रचण्ड–नेपाल समूहका अलावा कांग्रेस र जसपाले पनि विरोध कार्यक्रम गरिरहेका छन् ।

नेकपा ओली समूहले भने आउने निर्वाचनलाई लक्षित गरी कार्यकर्ता तान्ने रणनीतिका साथ आक्रामक रूपमा वडा तहसम्मै कार्यक्रमहरू अगाडि बढाएको छ ।

ओली र प्रचण्डले पार्टीको काममा धेरै समय बिताएको क्षेत्र

१४ वर्षको जेलजीवनपछि प्रधानमन्त्री केपी ओलीले यस क्षेत्रमा धेरै समय बिताएका थिए । उनले रुपन्देही, कपिलवस्तु, पाल्पा अर्घाखाँचीमा संगठन विस्तारको काम गरेको बताइन्छ । विश्लेषक ऋषि आजादले ओली जेलमुक्त भएपछि पार्टीको काममा यस क्षेत्रमा धेरै समय खटिएको बताए । 

आजादले भने, ‘२०४६ सालको जनआन्दोलनपछि उहाँ यस क्षेत्रमा बढी खटिनुभयो । पार्टीको कामको शिलशिलामा उहाँसँग मेरो अर्घाखाँचीमा भेट भएको थियो ।’ 

त्यस्तै माओवादी जनयुद्धको मूल थलो रोल्पा पनि यही प्रदेशमा पर्छ । रुकुम–रोल्पामा प्रचण्डले पनि धेरै समय बिताएका थिए ।

उनले संगठन विस्तार रुकुम–रोल्पाबाटै शुरू गरेका हुन् । लुम्बिनी प्रदेश तराईका ६ जिल्ला र पहाडका ६ जिल्ला मिलेर बनेको छ । लुम्बिनी

प्रदेश नेकपाको धेरै क्षेत्रमा विजयी

लुम्बिनी प्रदेशमा प्रतिनिधिसभातर्फ २६ र प्रदेश सभातर्फ ५२ निर्वाचन क्षेत्र छन् । तीमध्ये दुईतिहाइ क्षेत्रमा २०७४ सालको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा तत्कालीन वाम गठबन्धनका उम्मेदवारहरू विजयी भएका थिए । 

त्यति मात्र होइन, स्थानीय तहमा पनि धेरै तत्कालीन एमाले र माओवादी केन्द्रले जितेका स्थानहरू जोड्दा संख्या धेरै नै हुन आउँछ । रुपन्देहीमा पाँचमध्ये ३ वटा क्षेत्रमा वाम गठबन्धन र गुल्मी, पाल्पा, अर्घाखाँची, दाङ, रुकुमपूर्व तथा रोल्पा लगायतका जिल्लामा प्रतिनिधि सभातर्फ वाम गठबन्धनका सबै उम्मेदवार विजयी भएका थिए । यी जिल्लाका प्रदेश सभा निर्वाचन क्षेत्रमा पनि वाम गठबन्धनका अधिकांश उम्मेदवार विजयी भएका थिए ।

धेरै असर प्रचण्ड–नेपाल समूहलाई 

नेकपा विभाजनको बढी असर यो प्रदेशमा प्रचण्ड–नेपाल समूहलाई पर्ने  विश्लेषकहरू बताउँछ । 

विश्लेषक ऋषि आजादले नेकपा फ्याक्सनको बढी असर प्रचण्ड–नेपाल समूहलाई देखिने बताउँछन् ।

आजादले भने, ‘शीर्ष नेताहरू प्रचण्ड–नेपाल समूहमा धेरै भए पनि कार्यकर्ताहरू बढी ओली समूहमा देखिन्छन् । समग्रमा हेर्दा ओली समूह प्रदेशमा बलियो र प्रचण्ड नेपाल समूह रक्षात्मक देखिन्छ ।’

पूर्व माओवादी पृष्ठभूमिका लुम्बिनी प्रदेश सभा सदस्य दधिराम न्यौपाने ओली समूहमा प्रवेश गरेका छन् । त्यस्तै कपिलवस्तुका नेकपा केन्द्रीय सदस्य गिरिधारीलाल न्यौपाने पनि ओली समूहमै प्रवेश गरेका छन् । 

जिल्ला–जिल्लामा भातृ संगठन पुनर्गठन

दुवै समूहले जिल्ला–जिल्लामा आफ्ना भातृ संगठन पुनर्गठनलाई तीव्रता दिएका छन् । अखिल, महिला संघ, युवा संघ लगायतका संगठनलाई पुनर्गठन गरी कार्यकर्ता तान्न लागेका हुन् ।

ओलीले सबै भातृ संगठनलाई छिटो पुनर्गठन गर्न निर्देशन दिएका छन् । त्यस्तै प्रचण्ड–नेपाल समूह पनि भातृ संगठनलाई पुनर्गठन गर्ने अभियानमा जुटेको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x