जाडोमा प्यास कम लाग्छ तर पानी नपिउँदा हुन्छन् यस्ता हानि !

जाडो मौसममा मानिसहरूलाई अलि कमै प्यास लाग्छ । तर प्यास कम लाग्यो भन्दैमा शरीरलाई पानी आवश्यक नै छैन भन्ने हैन । 

पानी नपिउँदा शरीर बिस्तारै डिहाइड्रेट हुँदै जान्छ । स्वस्थ्यविद्हरूका अनुसार, डिहाइड्रेसनले शरीरका प्रमुख अंगमा नराम्रो असर पार्छ । 
 


Advertisement

डिहाइड्रेसनका कारण इलेक्ट्रोलाइटको स्तर घट्दै जान्छ र मस्तिष्कमा समस्या देखिन थाल्छ । इलेक्ट्रोलाइट पोटेसियम र सोडियम जस्ता मिनरलहरूबाट बनेको हुन्छ । यसले कोशिकाहरूमा सिग्नल पठाउने काम गर्छ । 

इलेक्ट्रोलाइट घटेमा कोशिकाले संकेत पठाउन पाउँदैनन् र मांसपेशी तन्किनेदेखि छारे लाग्नेसम्मको समस्या आउँछ । 
 


Advertisement

डिहाइड्रेसनको असर मस्तिष्कमा अनेकौं तरिकाले पर्छ । मूड र पर्फर्मेन्समा यसले असर पार्छ । 

अमेरिकन कलेज अफ न्युट्रिसन नामक पत्रिकाका अनुसार, दुई प्रतिशत डिहायड्रेसनले पनि ध्यानपूर्वक गर्नुपर्ने काम बिगारिदिन्छ । यसले स्मरणशक्ति पनि कमजोर बनाउँछ । 

शरीर प्यासो रहँदा मिर्गौैलाले बढी मेहनत गर्नुपर्ने हुन्छ । नेसनल किड्नी फाउन्डेसनका अनुसार, मिर्गौैलाले बढी मेहनत गर्नुपर्दा चोट लाग्छ र पत्थरीको समस्या पनि आइलाग्छ । गर्मी ठाउँमा मानिसलाई धेरै पसिना आउँछ र मिर्गौलाको समस्या बढी देखिन्छ । 

पाचनतन्त्र र छालामा पनि कम पानी पिउनाले समस्या ल्याउँछ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्