कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
माघ १२, २०७७
भारत सरकारले नेपाललाई उपहार स्वरूप १० लाख डोज कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराएको छ । भुटान, बंगलादेश, माल्दिभ्स र सेसेल्सलाई पनि उसले खोप उपलब्ध गराएको छ ।
आफ्नो देशमा खोप लगाउन शुरू गरेको भारतले यी चार देशलाई खोप उपलब्ध गराउनुमा भारतको छिमेकी राष्ट्रसँग सम्बन्ध सुधारको पाइला हो भनेर अनुमान गर्न सकिन्छ । यसलाई खोप कूटनीति वा जियो पोलिटिक्स भन्नेको संख्या पनि कम छैन ।
जे होस्, आफ्नो देशमा पुग्नेगरी खोप उत्पादन नभएको अवस्थामा सहयोग गर्नु प्रशंसनीय विषय हो ।
भारतले नेपाललाई प्रदान गरेको खोप बेलायतको अस्कफोर्ड युनिभर्सिटीले अनुसन्धान गरेको एस्ट्रेजेनेकाले बेलायत र भारतको सिरम इन्स्टिच्युटबाट उत्पादित कोभिशिल्ड भ्याक्सिन हो ।
यो खोपलाई विश्व स्वास्थ्य संगठन तथा नेपालको औषधि विभागले आपतकालीन प्रयोगको लागि स्वीकृत दिएका छन् । यो खोपले विभिन्न देशका ३० हजारभन्दा बढी व्यक्तिमा तेस्रो चरणको क्लिनिकल ट्र्याल पार गरिसकेको छ ।
भारतले उत्पादन गरेको अर्को खोप कोभ्याक्सिन (भारत बायोटेकले उत्पादन गरेको) तेस्रो चरणको क्लिनिकल ट्र्यालमा छ । उक्त खोपको पनि भ्याक्सिनेसन गरेकोमा भारतमा असन्तुष्टि र विवाद चलेको छ ।
नेपाललाई पठाएको खोप कोभिशिल्डका बारेमा भने पनि विवाद देखिएको छैन ।
खोप कार्यक्रम कस्तो हुनुपर्थ्यो ?
सरकारले आगामी बुधवारदेखि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, एम्बुलेन्स तथा शवबाहनका ड्राइभरलाई खोप दिने तयारी गरेको छ । व्यवस्थापकीय तयारीभन्दा पहिले खोपबारे जनचेतना जागरण गर्नुपर्थ्यो । खोपका बारेमा फैलिएका नकारात्मक तथा अवैज्ञानिक धारणालाई हरेक सञ्चारमाध्यमबाट व्यापक रूपमा चिर्नु जरुरी छ ।
पाखुरामा खोप हाल्ने व्यक्तिलाई आफूले कस्तो खोप लगाउँदै छु ? खोप किन आवश्यक छ ? संसारमा कति मिलियन व्यक्तिले खोप लगाएका छन् ? खोपको साइडइफेक्ट के-के छन् ? के-के जोखिम हुनसक्छ ? जोखिमलाई उपचार गर्ने सरकारी तयारी के छ ? आदि आम जिज्ञासाको समाधान दिनु जरुरी छ ।
खोप लगाउने दिन उत्सवका रूपमा मनाउन सकिन्थ्यो । उक्त कार्यक्रममा मन्त्रीहरू, सचिवहरू, विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू, विज्ञहरू आदिलाई खोप दिने कार्यक्रम राखेको भए स्वास्थ्यकर्मी तथा अन्य सेवाग्राहीलाई खोप लगाउन ढुक्क हुने स्थिति हुन्थ्यो । विश्वका विभिन्न देशमा यो मोडेल लागू गरिएको छ ।
फितलो प्राविधिक तथा कानूनी पाटो
यो खोप लाखौँ व्यक्तिलाई लगाउनु पहिले नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अस्पतालहरूमा राखेर विभिन्न क्षेत्र, सम्प्रदाय, जाति, लिंग, उमेर समूह, अवस्था समूह आदिबाट ५०० जनालाई क्लिनिकल ट्र्याल गर्नुपर्थ्यो ।
नेपालमा हालसम्म कुनैपनि देशको खोपको क्लिनिकल ट्र्याल भएको छैन । यो सन्दर्भमा ५०० जनालाई क्लिनिकल ट्र्याल गरेर प्राप्त रिपोर्ट अनुसार औषधि विभागले आपतकालीन अनुमति दिनु प्रक्रियासम्मत हुन्थ्यो । त्यस्तै खोप लगाएर कुनै पनि व्यक्तिको मृत्यु भएमा, अंगभंग भएमा, डिसेबल भएमा, एनाफाइलेटिक शक भएमा तथा अन्य रियाक्सन भएमा सरकारले बीमा तथा उपचारको व्यवस्था गरेको घोषणा गर्नुपर्थ्यो ।
खोप लगाउनुपूर्व सरकारले विकास गरेको फारम लाजमर्दो छ । उक्त फारममा खोपको डिटेल व्याख्या राख्नुपर्थ्यो । खोपको यी-यी असर हुन सक्छन् भनेर स्पष्ट रूपमा लेख्नुपर्थ्यो । त्यो पढेपछि खोप लगाउने वा नलगाउने अधिकार (राइट टु चुज, राइट टु रिजेक्ट ) प्रदान गर्नुपर्थ्यो । त्यस्तै खोप प्रमाणपत्रलाई अंग्रेजी भाषामा चिटिक्कको बनाएमा भविष्यमा काम लाग्ने थियो ।
(फोटो सौजन्य : डा. प्रकाश ज्ञवालीको फेसबूकबाट )
खोप किन लगाउने ?
कोरोना महामारीले मृत्यु हुनेको संख्या ठूलो छ । यो महामारी अन्त्य गर्ने भनेको सुरक्षित खोपले नै हो । यो खोप चिम्पाञ्जीलाई संक्रमण गर्ने तथा मान्छेलाई असर नगर्ने एडेनो भाइरसमा निष्क्रिय कोरोना भाइरस मिसाएर परम्परागत विधिबाट तयार गरिएको छ ।
हाल व्यापक रूपमा लगाइएको फाइजर एण्ड बायोन्टेकको खोपभन्दा यो खोप सुरक्षित मानिएको छ । तथापि यो खोपपश्चात मृत्यु हुने, एनाफाइलेटिक शक हुने, अस्पताल भर्ना हुने तथा निगरानीमा बस्नुपर्ने संख्यालाई नजरअन्दाज गर्नु हुँदैन ।
कोभिशिल्ड खोप लगाएको ३ देखि ६ हप्तामा अर्को मात्रा लिनुपर्छ । कुनै अध्ययनले दोस्रो मात्रा १२ हप्तासम्म लिन सकिने भनेका छन् । दोस्रो मात्रा लगाएको ४ हप्तापछि शरीरमा एन्टिबडी बन्नेछ । त्यो भन्दा पहिले जनस्वास्थ्यका मापदण्ड अपनाउनु पर्दछ ।
यो खोपमा के-के घटक छन् ?
- नेपालमा आएको कोरोना खोप अर्थात् कोभिशिल्ड खोपमा L-Histidine, L-Histidine hydrochloride monohydrate, Magnesium chloride hexahydrate, Polysorbate 80, Ethanol, Sucrose, Sodium chloride, Disodium edetate dihydrate (EDTA), Water for injection घटक समावेश भएका छन् ।
कुन कुन व्यक्तिले यो खोप लगाउनु हुँदैन ?
- ती घटकमध्ये कुनै एकको एलर्जी भएको व्यक्तिले यो खोप लगाउन नहुने कम्पनीले बताएको छ ।
- यदि तपाईंलाई कुनै औषधि, खोप, खानेकुरा आदिबाट कहिल्यै गम्भीर एलर्जी वा एनाफाइलेटिक शक भएको छ भने पनि यो खोप नलगाउन उत्पादक कम्पनीले भनेको छ ।
- यदि तपाईं इम्युनोकम्प्रोमाइज्ड व्यक्ति हुनुहुन्छ वा इम्युन सिस्टममा असर गर्ने औषधि खानुभएको छ भने यो खोप लगाउनु हुँदैन ।
- यदि तपाईंलाई खोपको पहिलो मात्राले असर / एलर्जी भयो भने अर्को डोज लगाउनुहुँदैन ।
- ज्वरो आएको बेला, रक्तश्रावसम्बन्धी समस्या भएका व्यक्ति, रगत पातलो बनाउने औषधि सेवन गर्ने व्यक्ति, गर्भवती हुन इच्छुक महिला, गर्भवती, सुत्केरी, दूध चुसाइरहेकी महिला, गम्भीर कोरोना संक्रमित, सिकिस्त बिरामी आदिले पनि यो खोप जीवनरक्षा बाहेकको अवस्थामा बाहेक लगाउनु हुँदैन भनेर खोप उत्पादकले जनाएको छ ।
खोप लगाएपछि के–के साइड इफेक्ट हुन सक्छ ?
यो खोप अझै पनि क्लिनिकल ट्र्यालमा छ । खोप प्रमाणित भइसकेको अवस्था छैन । तसर्थ यसले अपवाद स्वरूप गम्भीर प्रतिक्रिया जनाउन पनि सक्छ ।
- खोप लगाएको २ देखि १४ दिनसम्म लक्षण देखिन सक्छ जस्तै ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, मांशपेशी वा शरीर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्ध हराउने, स्वर भासिने, रुघा लाग्ने, वाकवाकी लाग्ने, बान्ता हुने, पखाला हुने आदि ।
- यो खोप लगाएका १० जनामध्ये १ जनालाई खोप लगाएको ठाउँमा दुख्ने, तातो अनुभव हुने, रातोपन हुने, गिर्खा हुने, बिरामी भए जस्तो अनुभव हुने, थकाइ लाग्ने, ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, जोर्नी र मांशपेशी दुख्ने तथा रुघाका लक्षण देखिने हुन्छ भने १०० जनामध्ये एक जनालाई रिंगटा लाग्ने, भोक नलाग्ने, पेट दुख्ने, लिम्फ नोड सुन्निने, धेरै पसिना आउने, चिलाउने, बिमिराहरू आउने आदि असरदार लक्षण देखिन सक्छन् ।
- खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्नुपर्छ । त्यो अवधिमा केही असर देखिएन भनेर ढुक्क हुन मिल्दैन । कुनै पनि समयमा गाह्रो भएमा तुरुन्त अस्पताल जानु पर्दछ । कोरोनाको खोप लगाएका केही व्यक्तिको धेरैदिन पछि पनि मृत्यु भएको छ । तसर्थ गाह्रो भएमा घरमै बस्नु हुँदैन ।
कस्तो अवस्थामा तुरुन्तै उपचार चाहिन्छ ?
- मुटुको गति बढेमा
- छालामा एलर्जी देखिएमा
- आँखा वरपर सुन्निएमा
- टाउको हलुङ्गो भएमा
- घाँटी समाएजस्तो भएमा
यी लक्षण प्राय १५-३० मिनेटमा देखिन सक्छन् ।
खोप केन्द्रमा के के व्यवस्था हुनुपर्छ ?
खोप केन्द्रमा एलर्जीजन्य अवस्थाको उपचार गर्नका लागि जीवनरक्षक औषधि जस्तै इपिनेफ्रिन, जीवनरक्षक सुई, एन्टिएलार्जिक सुई तथा औषधि, अक्सिमिटर, ब्लडप्रेसर सेट, सलाइन, अक्सिजन, ब्रोंकोडाइलेटर, इन्ट्युबिनेसन किट, सिपिआर मास्क तथा तालिमप्राप्त स्वास्थ्यकर्मी रहनुपर्दछ ।
खोप केन्द्रबाट असर भएका व्यक्तिलाई आईसीयू सेवा चाहिएमा उपलब्धता सुनिश्चित गर्नुपर्दछ ।
खोपले रियाक्सन भएको शुरूमा कसरी थाहा पाउने ?
स्वाश्प्रश्वास प्रणाली – घाँटी च्यापेजस्तो अनुभव हुनु, सास फेर्दा घ्यारघ्यार हुनु, सास छोटो भएजस्तो लाग्नु, खोकी लाग्नु ।
पाचन प्रणाली : वाकवाकी, वान्ता, पखाला तथा पेट दुख्नु ।
मुटुसम्बन्धी : रिंगटा लाग्नु, बेहोश हुनु, मुटुको धड्कन तथा नाडी तीव्र गतिमा चल्नु, अचानक ब्लड प्रेसर घट्नु ।
छाला : शरीरभर फोका उठ्नु, चिलाउनु, ओठ / मुहार / घाँटी सुन्निनु ।
स्नायु प्रणाली : बेहोश हुनु, मुखबाट फिँज आउनु, मुखको प्यारालाइसिस हुनु, कोमामा जानु आदि ।
- तुरुन्तै श्वास मार्ग, स्वासप्रश्वास, रक्तसञ्चार तथा मानसिक परामर्शको व्यवस्था गर्ने ।
- आकस्मिक चिकित्सकको समूहलाई बोलाउने वा बिरामीलाई एम्बुलेन्समा पठाउने व्यवस्था गर्ने
- बिरामीलाई उत्तानो पारेर सुताउने, खुट्टा ठाडो पार्ने
- इपिनेफ्रिन, एन्टी एलर्जिक औषधि, ब्रोंकोडाइलेटर आदि औषधि आवश्यकता अनुसार दिने ।
स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीको सुरक्षा
खोप लगाएर कुनै व्यक्ति बेहोश भएमा, एलर्जी भएमा वा कारणवश कुनै व्यक्तिको मृत्यु भएमा स्वास्थ्य केन्द्र तथा स्वास्थ्यकर्मीमाथि हुनसक्ने आक्रमण रोक्न सुरक्षाको प्रत्याभूति हुनुपर्दछ ।
अन्त्यमा,
यो खोप व्यापक अध्ययन, अनुसन्धान, क्लिनिकल ट्रायल आदि पार गरेर सुरक्षित मानिएको छ । कोल्ड चेन मेन्टेन गरेर तथा खोप दिने व्यक्तिलाई परामर्श दिएर खोप लगाउँदा बढी प्रभावकारी हुन्छ । बाहिर हल्ला भएजस्तो यो खोपको साइड इफेक्ट धेरै छैन ।
आफ्नो अन्तर्मन निर्णय दिएअनुसार खोप लगाउन वा प्रारम्भिक नतिजा कुरेर खोप लगाउन पनि सकिन्छ ।
खोप लगाउँदा आफ्नो शारीरिक अवस्थाबारे विज्ञ चिकित्सकसँग परामर्श गरेर तथा उहाँहरूको निगरानीमा खोप लगाउनु उपयुक्त हुन्छ । आज नलगाए पनि भोलि खोप लगाउनु नै छ ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...