×

NMB BANK
NIC ASIA

काभ्रेमा ३ हजार ५ सय कोरोना खोप आवश्यक

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पहिलो चरणमा काभ्रेपलाञ्चोकमा तीन हजार ५८१ कोरोना भ्याक्सिन (कोभिसिल्ड) आवश्यक पर्ने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

सरकारी रणनीतिअनुसार पहिलो चरणमा कोरोना सङ्क्रमणविरुद्ध अग्रभागमा रहेर कामगर्ने विभिन्न क्षेत्रका व्यक्तिलाई उक्त खोप दिन आवश्यक रहेको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण, कमाण्ड पोष्टले जनाएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोष्टले अग्रभागमा काम गर्ने ७४९ सरकारी स्वास्थ्यकर्मी, एक हजार ३६८ निजी स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, ९५५ महिला स्वास्थ्य स्वयंसेविका, स्थानीय तहको सरसफाइ क्षेत्रमा कार्यरत १११, निजी क्षेत्रका स्वास्थ्य संस्थाका सरसफाइमा कार्यरत २२८ लाई पहिलो चरणको कोरोना सुई लगाइने जनाएको हो ।


Advertisment
Nabil box
Kumari

यसैगरी कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटेका १२६ सुरक्षाकर्मी तथा अस्पतालका सुरक्षा गार्ड र ४४ एम्बुलेन्स चालकलाई खोप लगाउने तयारी भइरहेको पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले जानकारी दिए । 

Vianet communication
Laxmi Bank

    यही माघ १४ गतेदेखि नमोबुद्ध नगरपालिकास्थित प्रादेशिक मेथिनकोट अस्पताल र धुलिखेल अस्पतालबाट उक्त सेवा उपलब्ध हुने तयारी भइरहेको छ । कोरोनाविरुद्ध अग्रभागमा काम गर्ने पहिचान गरिएका व्यक्तिलाई पहिलो चरणअन्तर्गत उक्त खोप दिइन लागेको हो ।

“भ्याक्सिन अघिल्लो दिन सम्बधित अस्पताल आइपुग्ने तयारी भइरहेको छ, दुई अस्पतालबाट स्थानीत तह÷भेग र सेवाक्षेत्र अनुसार भ्याक्सिन सेवा उपलब्ध गराउने तयारी गरेका छौँ”, डा झाले भने। उनका अनुसार भ्याक्सिनपछि केहीको स्वास्थ्यमा नकारात्मक देखिनसक्ने भएकाले दुई अस्पतालमा नै ‘आकस्मिक बेड’ तयारी अवस्थामा राखिनेछ । पहिलो चरणमा पनि एक व्यक्तिलाई दुई पटकअर्थात् दुई हप्ताको फरकमा अर्को खोप लगाइनेछ । भारत सरकारले गत हप्ता नेपाल सरकारलाई ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएको थियो । 

यसैबीच काभे्रपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या शून्यतातर्फ लागेको छ । आइतबार कोही पनि सङ्क्रमित देखिएनन् तर पनौती नगरका एक ७४ वर्षका कोरोना सङ्क्रमित वृद्धको मृत्यु भयो । गत पुस २९ गते सङ्क्रमण पुष्टि भएका ती वृद्धको मृत्यु भएपछि आइतबारसम्ममा काभ्रेपलाञ्चोकका ४५ कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ३१ पुरुष र १४ महिला रहेको पोष्टले जनाएको छ । साथै अन्य जिल्लाका काभ्रेपलाञ्चोकस्थित अस्पतालमा कोरोना भाइरस् सङ्क्रमण उपचारका क्रममा १२ पुरुष र चार महिलाको मृत्यु भएको छ । 

शनिबार पनौतीकै एक पुरुष तथा शुक्रबार पनि धुलिखेलका एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको हो । त्यसअघिका दिनमा पनि केहीमा मात्रै कोरोना सङ्क्रमण देखिएको डा झाले बताए । उनले भने, “आवश्यकतामा मात्रै परीक्षण हुने गरेको छ, जोखिम घट्दै गएकाले कन्ट्याक्ट टे«सिङ पनि गर्न आवश्यक देखिएको छैन ।” उहाँका अनुसार पछिल्लो हप्तादेखि कोरोना सङ्क्रमणको लक्षण देखिएकाको मात्रै परीक्षण हुने गरेको हो । 

पोष्टका अनुसार हालसम्म जिल्लामा तीन हजार ३२४ मा कोरोना सङ्क्रमण देखिएको थियो । सङ्क्रमित एक हजार ९७० पुरुष र एक हजार ३५४ महिलामध्ये तीन हजार २४९ अर्थात् ९७ दशमलव ७४ प्रतिशत सङ्क्रमणमुक्त भइसकेका छन् ।

सङ्क्रमणमुक्त हुनेमा एक हजार ९३९ पुरुष र एक हजार ३१० महिला हुन् । हाल जिल्लाका १६ महिला र १४ पुरुष सक्रिय सङ्क्रमित छन् । उनीहरुमध्ये एक महिला अस्पताल र बाँकी सबै होम आइसोलेशनमा उपचाररत रहेको पोष्टले जनायो । 

हाल काभ्रेपलाञ्चोकका १३ स्थानीय तहमध्ये छ तह पाँचखाल र नमोबुद्ध नगरपालिका तथा रोशी, महाभारत, खानीखोला र चौँरीदेउराली गाउँपालिका सङ्क्रमणमुक्त भएका छन् । हाल बनेपा नगरमा १४, धुलिखेलमा चार, पनौतीमा आठ, मण्डनदेउपुरमा एक तथा भुम्लु गाउँपालिकामा एक, बेथानचोकमा एक र तेमाल गाउँपालिकामा एक सङ्क्रमित रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x