शेयर बजारमा निरन्तर नयाँ उचाइ, व्यापारमा लगानीकर्ताको मन, जलविद्युतमा देखिएन आकर्षण

साताको दोस्रो दिन सोमवार शेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार यस दिन शेयर बजार मापक नेप्से परिसूचक १६.०४ अंकले वृद्धि भई २४४०.८७ विन्दुमा पुगेको छ । यससँगै शेयर बजारमा आज पनि नयाँ रेकर्ड कायम भएको छ ।


Advertisement

आइतवार बजार परिसूचक ५०.२० अंक बढ्दै २४२४.८४ विन्दुमा पुगेको थियो । 

कुल २ सय ८ कम्पनीको १ करोड ९२ लाख ८५ हजार ५ सय ४ कित्ता शेयर ८ अर्ब ९० करोड ३५ लाख ३८ हजार ७ सय ३१ रुपैयाँमा खरिद बिक्री भएको थियो । आइतवार भने कुल २ सय ७ कम्पनीको १ करोड ९३ लाख ७९ हजार ४२ कित्ता शेयर ९ अर्ब करोड ६० लाख ५३ हजार २ सय २० रुपैयाँमा खरिदबिक्री भएको थियो । 


Advertisement

नेप्सेका अनुसार, सोमवार सेन्सेटिभ परिसूचक भने ०.२४ अंकले घट्दै ४५१.८२ विन्दुमा झरेको छ । 

यस दिन व्यापार समूहमा आकर्षण बढ्दा जलविद्युत, होटल, विकास बैंक लगायत क्षेत्रमा लगानीकर्ताहरूको आकर्षण देखिएन ।

सोमवार १२ उपसमूहमध्ये ५ उपसमूहको मात्रै शेयर मूल्य बढेको छ । जसमा व्यापार उपसमूहको सबैभन्दा धेरै ३.१४ प्रतिशतले बढेको छ भने अन्य उपसमूहको १.६३ प्रतिशत, बैंकिङ १.३९ प्रतिशत, निर्जीवन बीमा ०.६८ प्रतिशत र मुचुअल फण्ड ०.४२ प्रतिशतले बढेको छ । 

सोमवार सबैभन्दा बढी नाफा कमाउने कम्पनीहरूमा नागरिक लगानी कोष, गुराँस लघुवित्त वित्तीय संस्था, प्रभु लाइफ इन्स्योरेन्स लगायत छन् । जसमध्ये नागरिक लगानी कोषले १० प्रतिशत, गुराँस लघुवित्तले ९.९५ र प्रभु लाइफले ९.८७ प्रतिशत नाफा कमाएका छन् । 

यस्तै सबैभन्दा बढी गुमाउने कम्पनीहरूमा श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीले ६.९८, सिन्धु विकास बैंकले ५.४७, प्रोगेसिभ फाइनान्स लिमिटेडले ५.४१ प्रतिशत गुमाएका छन् । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्