×

NMB BANK
NIC ASIA

४२ औं पर्यटक प्रहरी दिवस सम्पन्न, पर्यटकप्रति सबैको समान दृष्टिकोण हुनुपर्नेमा जोड

माघ १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

४२ औं पर्यटक प्रहरी दिवस, २०७७ एक समारोहका बीच सम्पन्न भएको छ ।

Muktinath Bank

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा सोमवार एक कार्यक्रम आयोजना गरी दिवस मनाइएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटक प्रहरीलाई व्यवसायिक रुपमा सहयोग गर्ने विभिन्न संघ संस्था तथा पर्यटन व्यवसायी तथा उत्कृष्ट प्रहरी अधिकृतहरूलाई सम्मानपत्र प्रदान गरेका थिए।


Advertisment
Nabil box
Kumari

उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पर्यटकप्रति सबैको समान दृष्टिकोण र सद्‍व्यवहार हुनुपर्ने उल्लेख गरे।

Vianet communication
Laxmi Bank

क​तिपय तथ्यलाई आमबुझाइमा बुझिदियो भने त्यो उचित हुन्छ तर त्यही कुरालाई बौद्धिक दृष्टिकोणले हेरिदियो भने कहिलेकाहीँ बुझाइ फरक हुन सक्ने उल्लेख गर्दै उनले भने, ‘सबै पर्यटकलाई अतिथि देव भव: अनुसार व्यवहार गर्नुपर्छ ।’

प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको मनोबललाई अझ उच्च बनाउनको लागि स्थानीय तहबाट सकारात्मक अपेक्षा तथा सुझावको आवश्यकता रहेको उल्लेख गरे ।

आगामी दिनमा पर्यटक प्रहरीलाई आवश्यकता अनुसार दक्ष बनाउँदै लैजाने प्रतिवद्धता उनले व्यक्त गरे । नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पर्यटनसँग आवद्ध सबै सरोकारवाला निकायहरुको भूमिका उत्तिकै महत्वपूर्ण रहेको चर्चा गर्दै पर्यटकीय स्थलहरुलाई कम प्रदूषित बनाउनको निम्ति चालिने कदमप्रति सबैको चासो हुनुपर्नेमा उनले जोड दिए ।

उक्त समारोहमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले धन्यवाद ज्ञापन गर्दै नेपाललाई सुरक्षित पर्यटक गन्तव्यको रुपमा विकास गर्दै लैजानको लागि सबै सरोकारवाला निकायसँग हातेमालो गर्दै अगाडि बढ्नुपर्ने उल्लेख गरे ।

उक्त अवसरमा नेपाल पर्यटन वोर्डका कार्यकारी निर्देशक डा.धनञ्जय रेग्मी, पर्यटनविद् डा. आलोक प्रसाई र टानका अध्यक्ष खुम बहादुर सुवेदीले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्यटक प्रहरीले निर्वाह गरेको भूमिकाबारे चर्चा गरे ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अध्यागमन विभागका महानिर्देशक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत पर्यटन क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x