पछिल्लो २४ घन्टामा थप ३ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार दिएको जानकारीअनुसार, यससँगै मुलुकभर कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७ सय ८९ पुगेको छ ।
सोमवार ४ सय १ जना भाइरस मुक्त भएका छन् । यससँगै मुलुकभर कोरोना भाइरस मुक्त हुनेको संख्या २ लाख ६४ हजार ५ सय ३८ पुगेको छ ।
मन्त्रालयका अनुसार, सोमवार ३ हजार २ सय ४० जना संक्रिय संक्रमित छन् ।
यस दिन १० जनाले कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मुलुकभर २ हजार ११ जना संक्रमितले ज्यान गुमाएका छन् ।
लोकान्तर संवाददाता