×

NMB BANK
NIC ASIA

प्रचण्डलाई ओलीको सुझाव– ‘मुद्दा हाल्न पाइन्छ, तर अदालतलाई धम्क्याउन चाहिँ पाइन्न’

माघ १२, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

प्रधानमन्त्री एवं नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतलाई धम्क्याउन खोजेको आरोप लगाएका छन् ।

Muktinath Bank

उनले स्वतन्त्र अदालतलाई सम्मान गर्न प्रचण्डलाई सुझाव दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दाङमा नेकपा आली समूहले आयोजना गरेको सभालाई सोमवार सम्बोधन गर्दै ओलीले अदालतलाई धम्क्याउने काम नगर्न प्रचण्डलाई चेतावनी दिएका हुन् ।


Advertisment
Nabil box
Kumari

‘एकजना नेताले अस्ति ४ दिनअगाडि बढो धुमधामसँग भने– कसैले पनि यहाँ अशान्ति चाहेको छैन । कसैले पनि अराजकता चाहेको छैन । अदालतले हाम्रै पक्षमा फैसला गर्छ भन्ने हामीलाई विश्वास छ । तर गरेन भने ! भन्या के ? कसैले अशान्ति चाहेको छैन । कसैले अराजकता खोजेको छैन रे ! अदालतले हाम्रो पक्षमा फैसला गर्नुपर्छ, नत्र... रे ? के खोजेको रहेछ उहाँहरूले ?’ ओलीले प्रश्न गरे ।

Vianet communication
Laxmi Bank

माघ ९ गते काठमाडौंमा आयोजित सभामा प्रचण्डले अदालतले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्ने विश्वास व्यक्त गरेका थिए । 

‘काठमाडौंको सडकमा उर्लेको जनसागर हाम्रो अदालत, आयोगले राम्रो देख्छ । ऐतिहासिक फैसलामा जनताको मनोभावना के छ भन्ने कुरा एउटा फ्याक्टर हुने गरेको छ,’ शुक्रवार काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भनेका थिए ।

ओलीले प्रचण्ड–नेपाल समूहले राजनीतिक दलभन्दा पनि झगडिया जस्तो मुद्दा मामिला गर्दै हिँडिरहेको आरोप लगाए । 

‘हामीले नयाँ जनादेशका लागि ताजा जनादेशमा जाने भनेका छौं, उहाँहरू आत्तिनुभएको छ । मुद्दाका लस्कर हेर्नुस्, राजनीति गर्नुहुन्छ कि झगडा गर्नुहुन्छ ? ठीक छ, मुद्दा हाल्न पाउनुहुन्छ, अदालतलाई धम्क्याउन पाउनुहुन्न, स्वतन्त्र अदालतलाई सम्मान गर्न सिक्नुस्,’ ओलीले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x