अमेरिकी राजदूतले भेटे प्रचण्डलाई

नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी बेरीले सोमवार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।

अमेरिकामा नयाँ सरकार बनेदेखि राजदूत बेरीले नेपालका विभिन्न नेताहरूलाई भेटेर सरकारको प्राथमिकताका विषयमा चर्चा गर्ने गरेका छन् । 
 


Advertisement

त्यसैक्रममा उनले प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

अमेरिका लोकतन्त्र मजबूत बनाउन, जलवायु परिवर्तनको सामना गर्न र संसारभरि महिला तथा बालबालिकाको अधिकार उत्थान गर्न प्रतिबद्ध रहेको भनी बेरीले बताएका छन् । 
 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्