प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम विरुद्ध निरन्तर आन्दोलित ‘बृहत् नागरिक आन्दोलन’ मा आबद्ध नागरिक अगुवा तथा सरोकारवालाको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा भएको प्रदर्शनका क्रममा प्रहरी हस्तक्षेप भएको हो ।
प्रदर्शनकारीमाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरा चलाएको थियो ।
पूर्व घोषित कार्यक्रमअनुसार कमलपोखरी देखि बालुवाटारसम्म ‘मार्चपास गरिएको थियो ।
अभियानका अभियन्ता युग पाठकका अनुसार प्रदर्शनमा कवि, लेखक, कलाकार, संगीतकर्मी, बौद्धिक, पेशाकर्मी एवम् नागरिक अभियन्ता मार्चपासमा सहभागिता रहेको थियो ।
भिडियो हेर्नुहोस्
उनका अनुसार कमलपोखरी बचाउ अभियानका अभियन्ता हरुबाट माटोको टिका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास गरिएको हो ।
तर बालुवाटार क्षेत्रमा अभियन्ताहरु पुगेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।
तस्बिरहरु हेर्नुहोस्
विश्वास खनाल
खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।