असार ४, २०७९
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
ज्योतिष शास्त्रका अनुसार सपनाको वास्तविक जीवनसँग सम्बन्ध हुन्छ । तपाईलाई सपनाले कहिले केही भन्न खोजिरहेको हुन्छ । तर, तपाईले त्यसको मतलव बुझ्न सक्नु हुन्न ।
यदी तपाईले सपनामा महिलालाई विभिन्न रुपमा देख्नुभयो भने के हुन्छ र त्यसको अर्थ के लाग्छ त ?
नाचिरहेको युवती देखेमाः
नाचिरहेको युवती सपनामा देखिएमा तपाईंको आफ्नी प्रेमिकासँग सम्बन्ध टुट्ने वाला छ ।
दुलही रुपी महिलाः
जब कोही मानिसले सपनामा सजिएकी दुलही देख्छ भने त्यस्ता मानिसले अनेकौं सुख प्राप्त गर्ने संकेत गर्दछ । सपनामा धेरै परीहरु एकसाथ देख्दा अचानक धनसम्पत्ति प्राप्त गर्ने संकेत हो ।
सुनौलो कपाल भएकी महिलाः
कोही व्यक्तिले सपनामा सुनौलो कपाल भएको महिला देख्छ भने उसको विवाह कुनै धनी परिवारको महिलासँग हुनेछ ।
बुर्का लगाएकी महिलाः
बुर्का लगाएकी महिला सपनामा आउँछिन् भने कुनै साथी, आफन्त र बिजनेस पार्टनरबाट धोका मिल्ने संकेत गर्छ ।
स्त्रीलाई चुम्बन गरेको सपना देखेः
कसैले यदि सपनामा स्त्रीलाई चुम्बन र सम्बन्ध स्थापित गरेको देख्छ भने अचानक धन प्राप्त हुने संकेत हो ।
स्त्रीले अंगालो हालेको देख्नुः
सपनामा जसलाई सुन्दर महिलाले अंगालो हाल्छिन् त्यस्ता व्यक्तिहरु धनी हुनेछन् । जसले सपनामा आफ्नी प्रेमिकालाई छोड्छ उसलाई धन–सम्पत्ति प्राप्त गर्दछ ।
श्रीमतीसँग घुम्न गएको देख्दाः
कोही व्यक्तिले यदि श्रीमतीसँग कतै घुम्न गएको देख्छ भने उनीहरुको दाम्पत्य जीवन सुखसँग व्यतित हुने संकेत हो ।
झुम्का लगाएकी महिला देखेमाः
सपनामा कुनै युवतीले झुम्का लगाएको देखेमा कुनै शुभ समाचार सुन्न पाउने संकेत हो ।
श्रीमतीसँग टाढा भएको देखेमाः
कोही व्यक्तिले आफ्नी श्रीमतीसँग टाढा भएको सपना देखेमा त्यस्ता व्यक्तिहरु चाँडै नै कुनै रोगको शिकार हुने संकेत हो ।
सुँगुरमा बसेकी महिला देखेमाः
जसले सपनामा सुँगुरमा बसेकी महिला आफूतर्फ आइरहेको देख्छ भने त्यो व्यक्तिको मृत्यु हुने सम्भावना रहन्छ ।
रातो पहिरनकी महिलाले अंगालो हालेमाः
जब कोही व्यक्तिले सपनामा रातो रंगको कपडा लगाएर अंगालो हाली माला पहिराउँछ भने उक्त व्यक्तिको मृत्यु चाँडै नै हुनसक्छ ।
कोही यौनकर्मीले तानिरहेको देखेमाः
यदि सपनामा कुनै यौनकर्मीले तानिरहेकी देख्नुहुन्छ भने उसले आफ्नो जीवनमा अनेक कष्ट भोग्नुपर्ने हुनसक्छ ।
बिरालो सुतिरहेको देखेमाः
यदि कोही अविवाहित युवतीले कुर्सीमा बिरालो सुतिरहेकी देख्छिन् भने उनको विवाह कुनै धनी युवकसँग हुनेछ ।
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
शास्त्रमा देवराज इन्द्रदेवका अप्सराहरूको विशेष उल्लेख पाइन्छन् । जबजब कोही ऋषि या दानव ध्यानमा मग्न हुन्छन् तब इन्द्रले तपस्या भंग गर्न अप्सरा पठाउने गरेको उल्लेख पाइन्छ । इन्द्रको सभामा थुप्रै अप्सरा हुने गर्थे । यी ५...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
तपाइँले बाटोमा हिडिरहेको बेलामा पैसा भेट्नु भएको छ ? टिप्नु पनि भएको होला ? यस्तो पैसा भेट्नुलाई कतिले शुभ र कतिपयले अशुभको रुपमा लिने गरेका छन् । भेटिएको पैसालाई कसैले व्यक्तिगत प्रयोजनमा प्रयोग गर्ने ...
कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो अ...
विश्व कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीहरूको टुटफुट र विभाजनले ठूलो धक्का पुगेको इतिहास हामीसँग छ । नेपालको सन्दर्भमा हेर्ने हो भने ७३ वर्ष पुरानो इतिहास बोकेको नेपाली कम्युनिस्ट पार्टी टुट, फुट, गुट र एकताक...
चिनियाँ इतिहासमा हान शासनकालको पतन भएपछि ‘चिन राजवंशका’ सम्राट चिन स ह्वाङले एकीकरण गरेको एकीकृत चिनियाँ राज्य दक्षिणमा “ऊ” अधिराज्य, उत्तरमा ‘उई’ अधिराज्य र बीचमा (सिच...
धान दिवसका बेला तत्कालीन मन्त्रीहरूले कसैले गमलामा धान रोप्ने, कसैले उपद्रव तथा उच्छृंखल गरी धान दिवस मनाउँदै गर्दा मन्त्री पद समेत गुमाए । असार १५ गते सरकारले धान दिवस मनाएर औपचारिकता निभाउँछ । तथापि सरकार...