×

NMB BANK
NIC ASIA

राष्ट्रसेवकहरूको अवस्था

पूर्वाधारविनै थपिँदै बीओपी: सीमा सुरक्षा गर्न कतै पालमुनि बास, कतै माइनस २० डिग्रीमा ड्युटी !

माघ १३, २०७७

NTC
Sarbottam
कीमाथांकास्थित हिमाली क्षेत्रमा ड्युटीमा खटिएका सुरक्षाकर्मी
Premier Steels
Marvel

सीमा सुरक्षाका लागि पछिल्लो समय चीन र भारतका सिमानामा बोर्डर आउट पोस्ट (बीओपी) स्थापनाको काम धमाधम भइरहेको छ ।

Muktinath Bank

कोरोना महामारी शुरू भएयता चीन तर्फका सिमानामा ७ र भारततर्फ ७० गरी ७७ वटा बीओपी स्थापना भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यससँगै दुवैतर्फ गरी सशस्त्र प्रहरीको बीओपीको कुल संख्या १९७ पुगेको छ ।


Advertisment
Nabil box
Kumari

पछिल्लो समय कालापानी र लिपुलेकको विषयलाई लिएर भारतसँग विवाद बढ्दै गएपछि नेपालले आफ्नो सीमा सुरक्षाका लागि बीओपीको संख्या ५ सय पुर्‍याउने निर्णय गरेको थियो ।

Vianet communication
Laxmi Bank

त्यसमध्ये १८ वटा बीओपी चीनतर्फ र बाँकी भारततर्फको सीमामा स्थापना गर्ने सरकारी लक्ष्य छ ।

नेपालको सबैभन्दा होचो भूभाग रहेको जिल्ला झापादेखि उच्च हिमाली भू–भागसम्म सीमा क्षेत्रमा बीओपी स्थापना गरेर सशस्त्र प्रहरीले आफ्ना कर्मचारीलाई सीमा सुरक्षामा खटाएको छ ।

‘नेपाल सरकारको लक्ष्यअनुसार दक्षिणी सिमानादेखि उत्तरको उच्च हिमाली सीमासम्म अहिले २४ सै घण्टा ड्यूटीमा खटिने गरी हामीले सुरक्षा बल खटाएका छौं,’ सशस्त्र प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) राजु अर्यालले भने, ‘उत्तरी क्षेत्रमा निकै चिसोका बावजुद पनि हामीले हाम्रा फौजलाई देशको सुरक्षाका निमित्त उच्च मनोबलका साथ खटाएका छौं ।’

चीनको सिमानामा सबैभन्दा पहिलो बीओपी संखुवासभाको भोटखोला गाउँपालिका – १ किमाथांकामा ३२ सय मिटरको उचाइमा २०७६ पुस २९ गते स्थापना भएको थियो । २०७७ कात्तिक २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे ।

यस वर्ष ताप्लेजुङको फक्ताक्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा ३२ सय मिटरको उचाइमा असोज २१ गते, ४ हजार मिटरको उचाइमा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका– ४ नेचुङमा जेठ १५ गते, सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिकाको तातोपानी नाकाको १७ सय मिटरको उचाइमा यही भदौ १ गते, २ हजार ७० मिटरको उचाइमा दोलखाको बिगु गाउँपालिका– १ लामाबगरमा असोज २८ गते, १ हजार ७१० मिटरको उचाइमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका २ टिमुरेमा भदौ १ गते र ३ हजार ६३० मिटरको उचाइमा हुम्लाको नाम्खा गाउँपालिका– ५ हिल्सा नाकामा असार ६ गते बीओपी स्थापना भएको एपीएफले जनाएको छ ।

कालापानी र लिपुलेकका सम्बन्धमा सिर्जित पछिल्लो विवादपछि दार्चुलाको व्यास गाउँपालिका– २ मा बीओपी स्थापना गरेर सीमा सुरक्षा गर्दै आएको छ । 

माइनस २० डिग्री चिसोमा सीमा सुरक्षा

उत्तरी सीमा नाकाहरूमा पछिल्लो समय तापक्रम निकै न्यून छ ।

सशस्त्र प्रहरीको बीओपी रहेका उत्तरका अधिकांश पोस्टमा पछिल्लो १ महिनायता तापक्रम माइनसमा नै रहने गरेको छ ।

यस वर्ष एपीएफका जवानहरूले माइनस २० डिग्री तापक्रममा पनि सेवा दिएको एपीएफका प्रवक्ता राजु अर्यालले बताए ।

‘यस वर्ष उत्तरी क्षेत्रको किमाथांकामा रातिको समयमा माइनस २० डिग्रीसम्म चिसो भएको रिपोर्ट त्यहाँ भएका इञ्चार्ज दिएका थिए,’ डीआईजी अर्यालले भने, ‘अन्य हिमाली जिल्लाका बीओपीमा पनि अवस्था यस्तै छ ।’

खाद्यन्न र उपचारमा कठिनाइ

​चीनसँग सीमा जोडिएका बीओपीहरूमा खाद्यन्न ढुवानी र उपचारका लागि कठिनाइ छ । भौगोलिक कठिनाइले गर्दा ६ महिनाअगाडि नै खाद्यन्न किनेर राख्ने गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

कुनै जवान बिरामी भएको खण्डमा उपचारका लागि पनि कठिनाइ हुने गरेको छ ।

‘कतिपय हिमाली क्षेत्रका बीओपीबाट यदि कोही बिरामी भयो भने उपचारका लागि पैदल ३ दिन हिँडेर ल्याउनुपर्ने बाध्यता छ,’ प्रवक्ता अर्यालले भने, ‘चिसोमा बिरामी भयो भने हेलिकप्टर जान पनि त्यति सहज हुँदैन ।’

हिमाली क्षेत्रका बीओपीमा कार्यरत प्रहरी कर्मचारीका लागि दैनिक  ४ हजार रुपैयाँसम्म खाद्यान्न स्केल रहेको एपीएफले जनाएको छ ।

यसका अलवा हिमाली ज्याकेट, बुट, पञ्जा लगायतका सामग्रीहरू समेत एपीएफले उपलब्ध गराएको छ ।

तराई क्षेत्रमा कार्यरत सशस्त्र प्रहरीका लागि भने खाद्यान्नका लागि दैनिक २५२ रुपैयाँका दरले पैसा जाने गरेको छ ।

भौतिक संरचनाको अभाव

कतिपय बीओपीमा भौतिक संरचनाको अभाव छ । 

पहिले नै स्थापना भएका बीओपीहरू पनि भाडाको भौतिक संरचनामा बसिरहेको सशस्त्र प्रहरीले जनाएको छ । अहिले पनि तराईका कतिपय जिल्लामा पाल मुनि बसेर सीमा सुरक्षा गरिरहेका छन् ।

सशस्त्र प्रहरीका अनुसार हालसम्म ४९ वटा बीओपीको मात्र आफ्नो भौतिक संरचना छ । १४८ बीओपी भाडाको घरमा छन् ।

वातावरण र ठाउँ अनुसारको भौतिक संरचना नहुँदा ड्युटीमा खटिन अप्ठ्यारो परेको सशस्त्रका एक उच्च अधिकारीले लोकान्तरलाई बताए ।

‘धेरैजसो बीओपीको भौतिक संरचना आफ्नो छैन, जसले गर्दा जवानहरूले आरामसँग बस्न र गस्ती गर्न पाएका छैनन्,’ ती अधिकृतले भने, ‘दिनभरी गस्ती गर्ने प्रहरी कर्मचारीलाई रातिमा सुत्ने ठाउँ छैन ।’

कठिन ठाउँमा खटिनेलाई फोन गरेर हौसला

अप्ठ्यारो ठाउँमा स्थापना भएको बीओपीका जवानहरूलाई फोन गरेर हौसला दिइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

‘प्रतिकूल मौसमका कारण ड्युटी गर्न कठिनाइ भएका क्षेत्रमा दैनिकजसो फोन गरेर हौसला दिने गरेका छौं,’ प्रवक्ता अर्यालले लोकान्तरसँग भने, ‘जसले गर्दा उनीहरूको मनोबल उच्च हुन्छ भन्ने हाम्रो विश्वास छ ।’

यसो गर्दा प्रधान कार्यालयले आफूहरूको अवस्थालाई नजिकबाट नियालिरहेको महशुस उनीहरूले गर्ने अर्यालले बताए ।

सुरक्षित महशुस गरेका छौं : स्थानीय 

बीओपी स्थापना भएपछि हिमाली क्षेत्रका बासिन्दाले सुरक्षित महशुस गरिरहेको बताएका छन् । 

विषेश गरेर चीनसँगको सिमाना जोडिएका उत्तरी क्षेत्रका बासिन्दाहरू लामो समयपछि नेपाली सुरक्षाकर्मीको उपस्थितिले उत्साहित छन् ।

‘एपीएफ आएपछि स्थानीयले आफूलाई सुरक्षित महशुस गरेको हामीले पाएका छौं,’ भोटखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फुर्पु भोटेले लोकान्तरसँग भने, ‘१ सय घरधुरी रहेको त्यहाँका बासिन्दाले आफूहरूले सुरक्षित महशुस गरेको प्रतिक्रिया दिनुहुन्छ ।’

सोही गाउँपालिकाकी उपाध्यक्ष पाञ्जम भेच्यावा भोटेले सशस्त्र प्रहरी आइसेकपछि चोरीचका घटना पनि कम हुँदा स्थानीय खुसी भएको बताइन् ।

‘अहिले स्थानिय खुसी हुनुहुन्छ, किनकी एपीएफ आएपछि चोरीका घटनाहरू नभएको उहाँहरूले बताउने गर्नुभएको छ,’ उनले लोकान्तरसँग भनिन् ।

हिमाली जिल्लामा स्थापना भएका बीओपी नजिकैका स्थानीय जाडोमा प्रायः बेसी झर्ने गरेका छन् ।

प्रहरीहरू बस्न थालेपछि हामी पनि बस्न सकिने रहेछ भनेर उनीहरूले भन्न थालेको प्रवक्ता अर्यालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २५, २०८०

मोरङमा २२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ग्रामथान गाउँपालिका १ लखनतरी टावर चोकका १८ वर्षीय किशोर रहेका छन् ।  उनलाई शुक्रवार दिउँसो पक्राउ गरिएको प्र...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x