कर्णाली डेभलपमेन्ट बैंक नेपाल क्लियरिङ हाउसमा आबद्ध

काठमाडौं, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) सँग अन्तर्बैंक विधुतिय  भुक्तानी प्रणाली एनसीएचएल–आईपीएस), कनेक्ट आईपीएस र कनेक्ट आरटीजीएस प्रणालीहरूका लागि एनसीएचएलसँग आवद्ध भएको छ । 

उक्त सम्झौता पत्रमा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार रावतले हस्ताक्षर गरेका छन् ।


Advertisement

एन्सीएच्एल्–आईपीएस प्रणाली मार्फत् बैंकले ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने (डाइसेक्ट क्रेडिट) र लिने डाइरेक्ट डेबिट जस्ता अन्तर्बैंक कारोबारहरू गर्न सक्छन् भने कनेक्ट आरटीजीएस प्रणालीमार्पmत् ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू एनसीएचएलका सदस्य बैंक र वित्तीय संस्थाहरूमा गर्न सक्नेछन् । 

साथै बैंकका ग्राहकहरुले अब कनेक्ट आईपीएसको वेभ र मोबाइल एप प्रयोग गरी आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबारहरु पनि गर्न सक्नेछन् ।


Advertisement

कर्णाली विकास बैंक लिमिटेड नेपालको मध्य र सुदूर पश्चिमाञ्चलको पहिलो विकास बैंक हो, जसले उक्त क्षेत्रमा बैंकिङ्ग पहुच बृद्घीमा उल्लेख्य भूमिका निर्वाह गर्दै अएको छ । एनसीएचएलसँगको सहकार्य पश्चात्, उक्त क्षेत्रमा बैंकको दिजिटल बैंकिङ्ग विस्तारमा पनि विशेष पहल हुने विश्वास गरिएको छ ।

नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रबर्द्धित एनसीएचएलको एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, कनेक्ट आईपीएस ई–पेमेन्ट, कनेक्ट आरटीजीएस, नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) र कर्पोरेटपे प्रणालीहरू सञ्चालनमा रहेका छन् । 

साथै आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरूबाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पीएसपी/ पीएसओ, सरकारी तथा अर्ध–सरकारी संस्थाहरूलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रूपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

थप जानकारीका लागि www.nchl.com.np र www.connectips.com हेर्नुहोला ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्