×

NMB BANK
NIC ASIA

यस्ता छन् काँग्रेस बैठकका ७ निर्णय (पूर्णपाठ)

माघ १३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

 काँग्रेसको मंगलबार बसेको केन्द्रीय समिति बैठकले विभिन्न ७ वटा निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्ने केपी ओलीको कदमको विरोधमा थप आन्दोलन गर्नेसहितका ७ बुँदे निर्णय बैठकले गरेको हो ।
बैठकपछि काँग्रेसले जारी गरेको विज्ञप्तिमा संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको
उल्लेख छ ।
यस्तै प्रधानमन्त्रीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहेका अभिव्यक्तिहरुप्रति पनि बैठकले आपत्ति जनाएको छ ।यसबाहेक पार्टी आवद्ध भ्रातृ संघहरुको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

Muktinath Bank

बैठकका निर्णय
समसामयिक प्रस्ताव
१ संसद विघटन विरुद्ध माघ १२ गते राजधानीमा समाजको विभिन्न क्षेत्रका नागरिकहरुले गरेको प्रदर्शनमा सरकारले बल प्रयोग गरेको घटनालाई बैठकले गम्भीरतापूर्वक लिएको
छ । असंवैधानिक कदम विरुद्धका प्रदर्शनहरु संविधानले प्रदान गरेको अधिकार हो । शान्तिपूर्ण ढंगले गरिएको प्रदर्शनमा लाठी चार्ज, अश्रुग्याँस तथा पानीको फोहरा प्रहार हुँदा घाइते भएका सबै आन्दोलनकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यो बैठक सरकारले गरेको बल प्रयोगको घटनाप्रति निन्दा र भत्र्सना गर्दछ ।
२ प्रधानमन्त्री के।पी। शर्मा ओलीले पछिल्लो समय सार्वजनिक रुपमा व्यक्त गरिरहनु भएका अभिव्यक्तिहरुप्रति यो बैठकको ध्यानाकर्षण भएको छ । संसद विघटनको विरोध गर्नेहरु देश विरोधी हुन् भन्ने उहाँको अभिव्यक्ति अत्यन्तै अनुचित र अलोकतान्त्रिक छ । सम्मानीत सर्वोच्च अदालतमा जारी बहसलाई तमासाको संज्ञा, वरिष्ठ अधिवक्ताको अपमान, आलोचक पत्रकारहरुप्रति अशोभनीय टिप्पणी अनि आफूसँग अहसमत सबैथरी प्रति उहाँको तिक्त टिप्पणीले प्रधानमन्त्री पदको गरिमा राख्न उहाँ असफल भएको यो बैठकको निष्कर्ष छ ।
३ संसारको दोस्रो अग्लो हिमाल ‘के टु’ को सफल आरोहण गर्ने आरोही निर्मल पुर्जा सहित दश नेपाली युवालाई यो बैठक उच्च सम्मान सहित विशेष बधाई ज्ञापन गर्दछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विरोध प्रदर्शनका थप कार्यक्रम
के।पी। शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक, सर्वसत्तावाद उन्मुख कदम एवं मुलुकमा व्याप्त भ्रष्टाचार, कोभिड—१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता र कुशासनको विरुद्ध नेपाली कांग्रेसले २०७७ पुस १३ गते १६५ संघीय निर्वाचन क्षेत्रहरुमा, पुस २५ गते ३३० प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा, माघ ३ गते ७५३ पालिकाहरुमा र माघ ८ गते ६,७४३ वडाहरुमा विरोध प्रदर्शन र सभा व्यापक सहभागिताका साथ सफलतापूर्वक सम्पन्न भएका छन् ।


Advertisment
Nabil box
Kumari

४ देशव्यापी रूपमा भएका शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावना अभिव्यक्त गरेको
छ । विरोध प्रदर्शन र विरोध सभाका कार्यक्रमलाई निरन्तरताका क्रममा निम्नानुसारको थप कार्यक्रम घोषणा गरिएको छ —
- २०७७ माघ १९ गते सोमबार
भ्रातृ संस्थाहरुले ७७ वटै जिल्लामा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
-२०७७ माघ २४ गते शनिबार  
शुभेच्छुक संस्थाहरुले ७७ वटै जिल्लाहरुमा संयुक्त रुपले विरोध प्रदर्शन र विरोध सभाको आयोजना गर्ने ।
- २०७७ फागुन ३ गते सोमबार
नेपाली कांग्रेस जिल्ला कार्यसमितिहरुले जिल्ला सदरमुकाममा विरोध प्रदर्शन र सभाको आयोजना गर्ने ।

Vianet communication
Laxmi Bank

केन्द्रबाट तोकिएका कार्यक्रम बाहेक जिल्ला कार्यसमिति लगायत पार्टीका विभिन्न निकाय र भ्रातृ एवं शुभेच्छुक संस्थाहरुले विरोधका कार्यक्रम तय गरी संचालन गर्नेछन् ।

सांगठनिक निर्णय
५ नेपाली कांग्रेस स्थानीय तह संगठन पुनर्संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६ बमोजिम मुलुकको नयाँ संघीय संरचना अनुरुप पार्टीका स्थानीय सांगठनिक संरचनालाई समायोजन गर्नका लागि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णय बमोजिम पार्टीको केन्द्रीय निर्वाचन समितिलाई जिम्मेवारी प्रदान गरिएकोमा ७४ जिल्लामा समायोजनको कार्य पूरा गरी केन्द्रीय कार्यसमितिलाई २०७७÷९÷३ मा लिखित जानकारी गराएकोमा केन्द्रीय निर्वाचन समितिलाई हार्दिक धन्यवाद प्रकट गर्दै,
केन्द्रीय निर्वाचन समितिबाट प्राप्त जानकारी अनुसार समायोजनको कार्य बाँकी रहेका तीन जिल्ला ९सप्तरी, बारा र सिन्धुपाल्चोक० तथा समायोजनको कार्य सम्पन्न भएपछि पुनरावलोकनका लागि निवेदन प्राप्त भएका सिरहा, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, पर्सा, बाँके लगायतका जिल्लाको केही स्थानको पुनरावलोकन उपर समेत निर्णय गरी समायोजन सम्बन्धी वाँकी रहेका सम्पूर्ण कार्य केन्द्रीय निर्वाचन समितिबाट नै यथाशिघ्र सम्पन्न गर्ने ।
६- म्याद समाप्त भएका भ्रातृ संघको म्याद थप सम्बन्धमा ः
पार्टी आवद्ध भ्रातृ संघहरु— नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ्ग संघ र नेपाल ठाकुर समाजको पदावधि समाप्त भएको मितिले ६ महिनाका लागि थप गर्ने ।
७ विदेशस्थित नेपाली जनसम्पर्क समिति सम्बन्धी ः
- नेपाली जनसम्पर्क समिति कतार, वहराईन, मलेशिया र साउदी अरबबाट पार्टीको विधान र नियमावली बमोजिमको आवश्यक प्रक्रिया पु¥याई क्रियाशील सदस्यताको नयाँ र नविकरण तर्फको नामावलीको सूची र सो वापतको सदस्यता शुल्क समेत दाखिला हुन आएकोले उक्त जनसम्पर्क समितिहरुबाट प्राप्त क्रियाशील सदस्यतालाई स्वीकृत गर्ने ।
- नेपाली कांग्रेसको नियमावली २०७६ को नियम २१ ९१० बमोजिमको प्रक्रिया पुरा गरी यूरोपस्थित माल्टा देशमा बसोबास गरिरहेका लोकतन्त्रवादी नेपालीहरुको सक्रियतामा जनवरी २५, सन् २०२० मा नेपाली जनसम्पर्क तदर्थ समिति गठन गरी आवद्धताका लागि निवेदन सहित आवश्यक कागजात पेश गरेकोले, सोही नियमावलीको नियम २१ ९२० बमोजिम नेपाली जनसम्पर्क तदर्थ समिति माल्टालाई पार्टीसंगको आवद्धता प्रदान गर्ने ।
- नेपाली कांग्रेसको विधान र नियमावलीको व्यवस्थासंग नबाझिने गरी तयार गरी नेपाली जनसम्पर्क समिति यु।ए।ई।को सम्मेलनबाट संशोधित विधानलाई अनुमोदन गरिदिनका लागि नेपाली जनसम्पर्क समिति युएई। बाट प्राप्त विधानलाई नेपाली कांग्रेसको विधान २०१७ ९संशोधन सहित० को धारा १४ ९३० बमोजिम स्वीकृत गर्ने ।
-   नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ७४ ९१० बमोजिम नेपाली जनसम्पर्क समिति इजरायलको कार्यकाल १७ जनवरी २०२१ ९तदनुसार माघ ४, २०७७० मा समाप्त भएकोमा, ६ महिनाभित्र अधिवेशन सम्पन्न गर्ने गरी कार्यकाल थप गर्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x