जेठ ११, २०७९
मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट...
आज भोलिको खानपान गतिलो नहुने अनि मानिसलाई चुरोट र खैनीको लत पनि लाग्नाले दाँतमा धेरै समस्या हुने गरेका छन् ।
दाँतको उपचार महंगो पनि पर्छ । तर हामी यहाँ केही घरेलु उपाय बताउँदैछौं । यिनको प्रयोग गर्नुभयो भने अनावश्यक खर्च नगरिकनै तपाईंको दाँतका रोग निको हुन्छन् ।
ल्वाङको तेल
दाँत दुखाइ ठीक पार्न ल्वाङको तेल अत्यन्तै प्रभावकारी हुन्छ । ल्वाङको तेलका दुईतीन थोपा एउटा कपासको डल्लोमा भिजाउनुस् । अनि त्यसमा एक चौथाइ चम्चा जैतूनको तेल मिसाउनुस् । त्यसपछि दुखेको दाँतमा यो राखेर मुख बन्द गर्नुस् । यसले दुखाइ कम गर्छ ।
खोकीको गोली
खोकी लाग्दा खाने गोलीहरूले पनि दाँतको दुखाइ ठीक पार्छन् । यस्ता गोली चुस्नुस् । गोली नचबाउनुहोला है ।
मजाले दाँत माझ्नुस्
दाँत सफा गर्नका लागि ब्रश गर्ने, फ्लस गर्ने वा माउथवाशले कुल्ला गर्ने सबै थोक गर्नुस् । कहिलेकाहीँ दाँतमा अड्केको खानेकुराका कारण दाँत दुख्छ ।
काँक्रो
काँक्रो टुक्रा पारेर दाँतमा राख्दा पनि दुखेको ठाउँमा राहत पुग्छ ।
टिब्याग
दाँत दुखेको ठाउँमा तातो टिब्याग राख्दा पनि राम्रो हुन्छ । टिब्यागमा भएको ट्यान्निक एसिडले गिजा फुल्नबाट रोक्छ ।
अदुवा
अदुवाको बोक्रा ताछ्नुस् र यसलाई टुक्रा टुक्रा बनाउनुस् । त्यसपछि दुखेको दाँतनेर लगेर मजाले चपाउनुस् । बिस्तारै दुखाइ कम हुँदै जान्छ ।
मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो अस्पताल उत्कृष्ट...
कैलालीको धनगढी उपमहानगरपालिकास्थित निजी अस्पतालले ७० वर्ष माथिका वृद्धवृद्धालाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएका छन् । धनगढी उपमहानगरपालिका र नेपाल निजी अस्पताल संघबीच मंगलवार भएको बैठकले नगरपालिकास्...
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिने र पदभार ग्रहण गर्नेक्रम जारी छ । हुम्लाका कतिपय जनप्रतिनिधिले पदभार ग्रहण गर्दा तलबभत्ता नलिने घोषणा गरेका छन् । तलब भत्ता सामाजिक काममा लगानी गर्ने अदनचुली ...
जाडोमा गाजर खान खुबै मज्जा हुन्छ । दिनदिनै काँचो गाँजर खाँदा वा त्यसको जुस पिउँदा स्वास्थ्यसम्बन्धी अनेकौं समस्या समाधान हुन्छ । औषधीय गुणहरूले भरिएको गाजरले जाडोमा फाइदा पनि गर्छ । दिनदिनै गाजर खानुक...
व्यस्त जीवनशैली, गलत खानपिन र तनावका कारण पेट खराब हुन थाल्छ । यसको खराब असर हाम्रो पाचनप्रणालीमा पर्छ । यो समस्याबाट मुक्तिका लागि घरेलु उपाय नै भेटिन्छन् । दिनदिनै यी उपाय अपनाएर पाचनप्रणालीलाई सुधार्न सक...
काठमाडौँ महानगरपालिकाले कोरोना भाइरसविरुद्धको खोप अभियान ३२ वटा वडामा सञ्चालन गरेको छ । महानगरले आजदेखि यही जेठ १४ गतेसम्म नगरभित्रका खोप लगाउन छुटेकालाई पहिलो र दोस्रो मात्रा तथा बुस्टर डोज दिइने भएको मह...
हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ । नेपालको वाम आन्दोलनलाई दिशानिर्देश...
दोस्रो जनआन्दोलन सम्पन्न भएपछिको सम्बोधनमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भनेका थिए, ‘मेरो जीवन प्रजातन्त्रको लडाइँमै सकियो, नयाँ पुस्ताले फेरि प्रजातन्त्रको लागि आन्दोलन गर्न नपरोस् !’ ...
नेपाली कांग्रेसमा आबद्ध हुनुभएका महानुभावहरू साथै मेरो बुवा (गोविन्दराज जोशी)का साथीहरू, मैले आदरणीय मानेका काका ठूलोबाहरू, मेरा बुवा र हामी सम्पूर्ण परिवारले ५० औँ वर्षसम्म तपाईंसँग एउटै यात्रामा प्रजातन्त्र...