एनआइसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड आवेदन दिन सकिने प्रणालीको शुरूवात गरेको छ ।
बैंकले ग्राहकवर्गलाई जुनसुकै स्थानबाट र जुनसुकै समयमा आफ्नो मोबाइल, ल्यापटप वा कम्प्युटर प्रयोग गरी नयाँ डेबिट कार्ड अनलाईनबाट अनुरोध गर्न सकिने सेवा थालनी गरेको हो ।
ग्राहकलाई हरेक कामका लागि बैंकको शाखा पुग्न नपरोस् भन्ने हेतुले बैंकले आफ्नो वेबसाइमा रहेको ष्क्भचखभ डिजिटल सेवामार्फत नयाँ डेबिट कार्ड अनुरोध गर्न सकिने व्यवस्था मिलाएको छ । उक्त ष्क्भचखभ भित्र सेवाग्राहीहरूले आफ्नो यस बैंकमा रहेको खाता सम्बन्धी विवरण उल्लेख गरी भेरिफाई गरेपश्चात् डेबिट कार्ड आवेदको प्रक्रिया अगाडी बढ्नेछ ।
त्यसपछि ग्राहकले इन्स्टान्ट कार्ड वा नेम इम्बोस्ड् कार्ड तथा आफुलाई पायक पर्ने शाखा छनौट गर्न मिल्ने विकल्प राखिएको छ ।
यस प्रकृयाको अन्त्यमा बैंकबाट सेवाग्राहीलाई आवेदन सफल भएको एसएमएसमार्फत रिफ्रेन्स कोड सहित जानकारी गराइनेछ ।
ग्राहकको आवेदन अनुसारको डेबिट कार्ड तयार भएपश्चात् बैंकले ग्राहकलाई एसएमएस तथा फोनमार्फत खबर गर्ने व्यवस्था समेत गरेको छ ।
उक्त रिफ्रेन्स कोडसहित सेवाग्राही सिधै बैंकको शाखामा उपस्थित भई बिना कुनै झन्झट सोझै ग्राहक सेवा काउण्टरमार्फत आफुले अनुरोध गरेको डेबिट कार्ड प्राप्त गर्न सकिनेछ ।
लोकान्तर संवाददाता