×

NMB BANK
NIC ASIA

सन् २०२१ मा बलियो बन्दै महामारीले थलिएको विश्व अर्थतन्त्र

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सन् २०२० मा कोरोनाभाइरसको विश्वव्यापी महामारीका कारण गम्भीर सङ्कट झेलेको विश्व अर्थतन्त्रले यस वर्ष सशक्त सुधारको अपेक्षा गरिएको छ ।

Muktinath Bank

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले मंगलबार सार्वजनिक रिपोर्टले सन् २०२१ विश्व अर्थतन्त्र सुधारको लागि महत्वपूर्ण वर्ष बन्ने प्रक्षेपण गरेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आईएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले पत्रकारलाई भने, “अहिलेको अवस्थामा २०२० देखि २०२५ सम्मको अनुमानित उत्पादन घाटा संचय २२ ट्रिलियन अर्थात् पूरै अमेरिकी अर्थतन्त्र बराबर हुनसक्ने आईएमएफका प्रमुख अर्थशास्त्री गीता गोपीनाथले आइएमएफको आर्थिक प्रषेपण प्रतिवेदन सार्वजनिक भएपछि पत्रकारहरूसँगको कुराकानीमा बताउनुभएको छ । यो महामारी पूर्व गरिएको प्रक्षेपणको तुलनामा अत्यधिक संचयी उत्पादन घाटा हो । 


Advertisment
Nabil box
Kumari

कोभिड–१९ विरूद्धका नयाँ खोपको उत्पादनले महामारीलाई नियन्त्रण गर्ने र आर्थिक गतिविधि पुनः सुरु गर्न सहयोग पु¥याउने आशाले यस वर्षको आर्थिक वृद्धि ५.५ प्रतिशतमा बढाउने आईएमएफको पछिल्लो ‘वल्र्ड इकोनोमिक आउटलुक (डब्लुईओ)’ प्रतिवेदनमा उल्लेख छ ।  

Vianet communication
Laxmi Bank

यद्यपि वाशिङ्गटनस्थित यस निकायले यस्तो दृष्टिकोण कोभिड–१९ ले ल्याएको ‘असाधारण अनिश्चितता’बीच ल्याएको हो । विश्व अर्थतन्त्रका लागि निकै खराब समय वा सङ्कटपछि विश्वका प्रमुख अर्थतन्त्र भएका मुलुक र सबै देशहरूले चिरस्थायी क्षति रोक्नको लागि अग्रगामी कदम चाल्नु पर्ने हुन्छ ।

महामारीको अन्त्य गर्न खोपहरू विकास र अनुसन्धानको दौड र भाइरसको परिवर्तित स्वरूपबारे प्रभावकारी सहयोग  पु¥याउने नीतिहरूलाई सशक्त पार्नुपर्ने विश्लेषकहरूको भनाइ रहेको छ । 

सन् २०२० मा विश्वव्यापी संकुचन वृद्धि ३.५ प्रतिशत हुने कोषको अपग्रेडपछि ‘सन् २०२१ पछि खोपको कारण महामारीमा आउने नियन्त्रण र त्यसपछि सञ्चालन हुने गतिविधिलाई मजबुत पार्ने अपेक्षा अमेरिका, जापानलगायतका केही ठूला अर्थतन्त्रहरूमा थप नीतिगत समर्थन पनि प्रतिबिम्बित गरेको प्रतिवेदनले जनाएको छ । घटनाक्रमहरूले ‘सन् २०२१÷०२२ मा विश्वव्यापी आर्थिक दृष्टिकोणको लागि बलियो सुरूवात बिन्दु’ सिर्जना गर्ने प्रतिवेदनमा उल्लेख छ । जे होस्, “सन् २०२० को गम्भीर संकुचनबाट लगातार हुने क्षतिलाई सीमित गर्न र निरन्तर पुनःप्राप्ति सुनिश्चित गर्न स्वास्थ्य र आर्थिक नीतिमा धेरै काम बाँकी छ ।” 

केही देशहरूमा बढ्दो सङ्क्रमण र नयाँ कोभिड–१९ का प्रकारले पुनः लकडाउन हुने वातावरण र खोप वितरण व्यवस्थामा आउनसक्ने समस्याहरूको कारण बनेको छ प्रतिवेदनमा उल्लेख छ । गोपीनाथले भन्नुभयो, “महामारी पूर्वको अवस्थामा पुग्न नसकेका विश्वका ११० मुलुकहरूमा सन् २०२२ सम्ममा करिब नौ करोड मानिस अत्यधिक गरिबीको शिकार हुनुपर्नेछ ।

महामारी नियन्त्रण भई स्थिरता नहुँदासम्म कोषले संघर्षरत परिवार र व्यवसायलाई जीवनयापन प्रदान गर्न सरकारहरूलाई आग्रह गरेको छ । डिसेम्बरको अन्त्यमा अर्को ठूलो सरकारी प्रोत्साहन प्याकेजलाई अनुमोदन गरेको अमेरिकामा आईएमएफले अघिल्लो वर्ष गरेको ५.५ प्रतिशतको प्रक्षेपणभन्दा पूर्ण दुई अंक बढी हुने अपेक्षा गरेको छ । यो अमेरिकी अर्थतन्त्रका लागि सन् १९८४ पछि सबैभन्दा सबल दर हुनेछ । 

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले १.९ ट्रिलियन अमेरिकी डलर लागतको अर्को ठूलो आर्थिक उद्धार योजनाका लागि जोड दिइरहेका छन् । यसले अमेरिकी परिवार, व्यवसाय र महामारीका कारण आर्थिकरूपमा संघर्षरत राज्य र स्थानीय सरकारलाई थप सहयोग पु¥याउने विश्वास अमेरिकाले गरेको छ । प्रारम्भिक खर्चको स्तर अनुमानले यस वर्ष अमेरिकी कूल गार्हस्थ उत्पादन १.२५ प्रतिशत र तीन बर्षमा पाँच प्रतिशत बढाउने देखाएको गोपीनाथको भनाइ रहेको छ । 

जापानले पनि डिसेम्बरमा स्वीकृत सहायता प्याकेजबाट फाइदा लिइरहेको छ र आईएमएफले २०२१ को वृद्धि पूर्वानुमान आठ दशांशले वृद्धि भइ ३.१ प्रतिशतमा पुग्ने बताएको छ । ती प्रोत्साहन उपायहरूले पनि ‘व्यापारिक सहयोगीलाई अनुकूल प्रोत्साहन’ प्रदान गर्ने प्रतिवेदनमा उल्लेख छ ।

आईएमएफले चीनको अर्थतन्त्रलाई ८.८ प्रतिशतको बृद्धि हुने अनुमान गरेको छ जुन अक्टोबरको पूर्वानुमानको तुलनामा अलि कम हो । तर भारतको आर्थिक वृद्धिदर ११.५ अर्थात् यस पहिले अनुमान गरिएभन्दा २.७ अङ्कले माथि उठ्ने देखाइएको छ । 

यूरोपमा देखिएको नयाँ प्रकारका कोभिड–१९ का भाइरस र फैलावटमा देखिएको वृद्धिसँगै यूरोपेली मुलुकहरूका सरकारहरूले पुनः लकडाउनकोे नीतिलाई अघि सारेका छन् । यहाँ बढ्दो सङ्क्रामक भाइरस तनावको बीचमा निशेधाज्ञा पनि राखिएको छ जसका कारण आईएमएफले यहाँका अधिकांश देशहरूको वृद्धि पूर्वानुमानलाई घटाएको छ । 

जर्मनी, फ्रान्स, स्पेन र इटलीको महत्वपूर्ण गिरावटका कारण युरो क्षेत्रको वृद्धि अनुमानलाई ४.२ प्रतिशतको पूर्ण अङ्कले कटौती गरिएको छ । आईएमएफका अनुसार युरोपियन युनियनबाट बाहिर निस्कँदा लन्डनले अन्तिम समयमा युरोपेली संघसँग गरेको सम्झौताले आर्थिक परिणामलाई ठूलो जोखिमबाटमा रोक्न सफल भएको छ तर कोषले बेलायतको लागि पनि आर्थिक वृद्धिको पूर्वानुमान् घटाएको छ । दिलीप शर्मा,रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x