×

NMB BANK
NIC ASIA

संरक्षक नै गुमाएपछि…

माघ १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए ।

Muktinath Bank

 उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका  र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् । यो कथा जस्तो लाग्ने विषय बेनिघाटरोराङ गाउँपालिका–३ खानी गाउँमा रहेको तीन कन्या बागेश्वरी आधारभूत विद्यालय खानी गाउँको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

 यो विपन्न बालबालिका  पढ्ने विद्यालयको रुपमा परिचित छ । एउटा पातलो लुगामा देखिएका चार वर्षीय सिर्जन प्रजा यहाँ पढ्छन् । उनको बाबुले दुई वर्ष अघि आत्महत्या गरे । बाबुको मृत्युपछि भूकम्पले भत्काएको घर पुनः निर्माण प्राधिकरणको सहयोगमा बनाउँदै गर्दा आमा ६ महिना अघि विवाह गरेर गएपछि सिर्जन अब टुहुरा भए । ६ वर्षीया दिदी आक्रेसी र ११ वर्षीया आक्रोसी उनका अभिभावक भएका छन् जो सँगै विद्यालय आउजाउ गर्छन् । 


Advertisment
Nabil box
Kumari

एकसरो लगाउने लुगा छैन । मैलो भएको लुगा, अनुहारमा समेत निन्याउरो पार्दै विद्यालय आएका उनीहरु कहिलेकाहीँ मात्र घरमा खाना खाएर आउने गरेको उनीहरुले राससलाई बताए । घरमा कोही नभएपछि मामाघर वृद्ध हजुरबुबा हजुरआमाको संरक्षणमा रहेका चेपाङ बालबालिकाको अवस्था टीठलाग्दो र दयनीय छ । जसको अब कोही नभए पनि पढ्नमा भने अब्बल रहेको र विद्यालयको उत्कृष्ट विद्यार्थी रहेर पनि सबै किसिमको सहयोग गर्न नसकिएको विद्यालयका शिक्षक दुर्गा कार्कीले बताइन् । 

Vianet communication
Laxmi Bank

त्यहाँ अध्ययन गर्ने ४ वर्षीय सानुकान्छा, ३ वर्षीया गङ्गा र जमुना  मगरको आमाले एक वर्षअघि गरिबीले आत्महत्या गरेकाले सहाराविहीन बन्न बाध्य भए । उनीहरुको अभिभावक भनेको कक्षा २ मा पढ्ने दावा र कक्षा ३ मा  पढ्ने गीता मगर मात्र हुन् । चरम गरिबी झेलिरहेका उनीहरुको बाबु ज्याला मजदूरी गर्छन् । कहिलेकाँही मात्र घरमा खाने कुरा ल्याउँछन् । धेरैजसो घरमा आउँदैनन् । खाने कुरा अभावमा उनीहरु धेरैजसो खाली पेट विद्यालय आउँछन् । भोकै आएको दिन विद्यालयले खाजा खुवाउने समय कुर्छन् । 

उनीहरुको बाबु छन् तर खाना र लुगा लगाउन नै समस्या छ । मैलो र पुरानो कपडामा विद्यालयमा देखिएका उनीहरु गरिबीसँग जुधेर भए पनि पढाइमा भने अब्बल छन् । विद्यालयले दिने खाजाका लागि आउने र पढाइमासमेत राम्रो भएका चेपाङ र मगर परिवारका बालबालिका अवसर पाए प्रगति गर्नसक्ने क्षमता भएका विद्यार्थीमध्ये रहेको  विद्यालयका प्रधानाध्यापक जङ्गबहादुर लोहनीले बताए । 
 
चरम गरिवीले संरक्षक नै गुमाएका बालबालिकाका लागि स्थानीय सरकार, शिक्षाका लागि काम गरिरहेका सहयोगी र अन्य दाताहरुलाई सहयोग उपलब्ध गराउने वातावरण बनाउन विद्यालयका शिक्षकहरुले आग्रह गरेका छन् । विद्यालयमा ३० दलित, सात चेपाङ, २९  जनजाती र अन्य ३६ गरी १०२ बालबालिकाले अध्ययन गरिरहेको प्रधानाध्यापक लोहनीले जानकारी दिए । विद्यालयमा ४५ छात्रा छन् । सिताराम अधिकारी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x