‘द कपिल शर्मा शो’ बन्द हुने !

भारतीय चर्चित टेलिभिजन कार्यक्रम ‘द कपिल शर्मा शो’ बन्द हुने भएको छ ।

आगामी फेब्रुअरीको मध्येबाट बन्द हुने यो कार्यक्रम फेरी आउँछ या आउँदैन केहि उल्लेख गरिएको छैन । तर, टाइम्स अफ इन्डियाले उक्त कार्यक्रम केहि समयका लागि बन्द गर्न लागिएको जनाएको छ ।


Advertisement

यो कार्यक्रम सन् २०१८ डिसेम्बरदेखि नियमित रुपमा संचालन भइरहेको थियो । यसलाई कमेडियन कपिल शर्माले चलाउँदै आएका छन् । यो शो भारतिय टेलिभिजन इतिहासमा सबैभन्दा मन पराइएको कार्यक्रम हो ।
टाइम्स अफ इण्डियाको अनुमानअनुसार कोभिड १९ कै कारण केहि समय यो कार्यक्रम बन्द हुन लागेको हो ।

कपिल शर्माले केहि समय अघि आफु छिट्टै नेटफ्लिक्समा आउन लागेको जनाएका थिए ।


Advertisement

द कपिल शर्मा शो बन्द हुने समाचारपछि यो कार्यक्रम र कपिल शर्माका फ्यानहरु भने दुःखी भएका छन् ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्