नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटन असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावादउन्मुख कदम हो भन्नेमा पार्टी एकमत रहेको प्रस्ट पारेको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विद्यमान सन्दर्भ र आन्दोलनबारे कांग्रेसमा विवाद रहेको भनेर भ्रमपूर्ण समाचार प्रशारण गरिएको प्रस्ट पारेका हुन् ।
'सर्वसम्मत निर्णय र सम्पूर्ण एकता साथ संसद् विघटनविरुद्ध आन्दोलनमा छ नेपाली कांग्रेस,' अपिलमा भनिएको छ ।
लोकान्तर संवाददाता