कात्तिक १८, २०८०
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
नेकपाका उपाध्यक्ष वामदेव गौतमले राजनीतिक रूपमा विभाजित आफ्नो पार्टीको एकताका लागि ६ बुँदे आचारसंहिता प्रस्तुत गरेका छन् । यी आचारसंहिताहरूमा गौतमले पार्टीका दुवै समूहका नेता तथा कार्यकर्तालाई विनम्र हुन, आरोप–प्रत्यारोपमा सामेल नहुन, र गालीगलौज नगर्न आग्रह गरेका छन् ।
नेकपा अझै पनि एकढिक्का राख्ने उद्देश्यका साथ बुधवार एकताको राष्ट्रिय अभियान घोषणा गरेका गौतमले ६ बुँदे आचारसंहिता प्रस्तुत गर्दै दुवै समूहलाई व्यक्तिगत टिप्पणी नगर्नसमेत आग्रह गरेका छन् ।
'पार्टी एकता अभियानका हामी कमरेडहरु पार्टी एकता हुन सकेन र उपरोक्त आरोप–प्रत्यारोप रोकिएन भने अझ निम्नस्तरका दुर्घटनामा जानसक्ने खतरा महशुस गरिरहेका छौं,' आफ्नो अवधारणापत्रमा गौतमले भनेका छन्, 'आज हामी मिल्न सकेनौं, यसो भन्दैमा जीवन रहँदासम्म मिल्ने छैनौं भन्न सकिन्छ र ?'
उनले प्रस्तुत गरेका छ बुँदे आचारसंहिता यी हुन् –
– निर्वाचन भन्दा पहिले र निर्वाचन पछिको अवधिमा आयोजना गरिने बैठक, कोणसभा, जनसभा, आमसभाहरुमा जनतासमक्ष आत्मालोचक बनि प्रस्तुत हुने ।
– अन्तरपार्टी संघर्षका समयमा प्रस्तुत भएका दुबै पक्षका विषयलाई मर्यादित भाषामा समिक्षात्मक शैलीमा राख्ने।
– विभिन्न कारणले हामी फूटे पनि नेपाल राष्ट्र र जनताको सार्वभौमिक अधिकारको रक्षा तथा समृद्ध समाजवाद निर्माणका लागि आवश्यक पर्दा काँधमा काँध मिलाएर अगाडि बढ्नेप्रतिज्ञा व्यक्त गर्ने ।
– अन्य प्रतिस्पर्धी पार्टीहरुको पनि निर्वाचन अवधिभर स्वस्थ आलोचना मात्र गर्ने ।
– व्यक्तिमाथि टिप्पणी वा आलोचना गर्ने नाममा तिनका निजी मामिला, जातीय, भाषिक, वर्गीय, लिंगीय र समुदायको संवेदनशीलतामा आँच आउने बोली व्यवहार बन्द गर्ने ।
– यस किसिमकोआचारसहिंता पालना गर्न अन्य सबै राजनीतिक पार्टीहरुलाई पनि अनुरोध गर्ने ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...