माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
माघ १४, २०७७
तपाईं देशभर जुनसुकै ठाउँको प्रहरी कार्यालयमा जानुस्, कुनाकाप्चामा कतै न कतै मोटरसाइकल, स्कूटर वा गाडी खिया लागेर थुप्रिएको भेटिन्छ ।
एउटै प्रहरी कार्यालयमा ५ सयवटा सम्म सवारी साधन यसरी थुप्रिएका भेटिन्छन् । यसरी थुप्रिने सवारीको संख्या काठमाडौं उपत्यकाभित्रका प्रहरी कार्यालयहरूमा तुलनात्मक रूपमा बढी छ ।
आपराधिक कार्यमा प्रयोग भएका, राजस्व नतिरेका, विना बिलबूक चलाएका, दुर्घटना गराएर चालक फरार भएका, फूटपाथमा जथाभावी पार्किङ गरेका सवारी साधन महानगरीय ट्राफिक प्रहरीले जफत गरी कार्यालयमा ल्याएर राख्ने गर्छ ।
यसरी ल्याइएका मध्ये कतिपय त सवारी धनी आएर लैजान्छन्, कतिपय भने दाबी गर्न कोही पनि आउँदैनन् ।
विशेष गरी आपराधिक कार्यमा प्रयोग भएका, दुर्घटना गराएर चालक फरार भएका तथा सवारीको मूल्यभन्दा कर बढी तिर्नुपर्ने अवस्थाका सवारी साधन दाबी गर्न सवारी धनी आउँदैनन् ।
‘कतिपय सवारी साधनहरू तिनको हालको मूल्य भन्दा धेरै कर तिर्नुपर्ने भएका कारण दाबी गर्न नआएको अवस्था छ,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले लोकान्तरसँग भने, ‘कतिपय दुर्घटना गराएर चालक फरार भएका सवारी साधनमा पनि दाबी पर्न सकेको छैन ।’
एसएसपी भट्टराईका अनुसार ट्राफिक प्रहरीले त्यस्ता सवारी धनीलाई समय–समयमा फोन गरेर सवारी साधन लिन आउन अनुरोध गर्ने गरेको छ, तर अनुरोध गर्दा पनि लिन नआउनेहरूको संख्या ठूलै छ ।
कतिपय सवारी साधनको वास्तविक धनी भने यातायात व्यवस्था विभागमा फाइल नहुँदा पहिचान हुन नसक्ने अवस्था छ ।
ट्राफिक प्रहरीका एक अधिकृतका अनुसार यातायात व्यवस्था विभागमा पुराना सवारी साधनका कतिपय फाइल नै गायब छन् ।
‘बाइक फेला पर्छ, कसको हो भनेर यातायातमा गयो, फाइल नै हुँदैन । कसरी सवारी धनी पत्ता लगाउने ?’ ती अधिकृतले लोकान्तरसँग भने, ‘यातायात कार्यालयमा आफैँले फाइल खोज्नुपर्छ, त्यस्तो हुँदा अर्कैले लगेको पनि हुनसक्छ ।’
यातायात व्यवस्था विभागको नियमानुसार ५ वर्षसम्म सवारी कर नतिरेका सवारी साधनको फाइल नयाँ बनाउनुपर्ने हुन्छ ।
उपत्यकामा मात्रै १० हजार भन्दा धेरै मोटरसाइकल र अन्य सवारी साधनहरू खिया लागेर बसेका तथा झार उम्रिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी कार्यालय बग्गीखानाका अनुसार ट्राफिकको कारवाही चल्ने ४४ वटा कार्यालयमा ५ हजार सवारी साधन यसरी थन्किएका छन् । जसमध्ये २ सय त बग्गीखानामा मात्रै देख्न सकिन्छ ।
यसैगरी प्रहरीको डक एकेडेमीमा डम्पिङ गरेर राखेको अवस्थामा अन्य ५ हजार सवारी साधन रहेको महाशाखाले जनाएको छ ।
‘ट्राफिक प्रहरी कार्यालयमा धेरै जम्मा भएर डक एकेडेमीमा डम्पिङ गरेर ५ हजार सवारी साधन राखेका छौं’ महाशाखाका प्रमुख एसएसपी भट्टराईले भने, ‘त्यसका अलवा सामाखुसीको पेट्रोल पम्प पछाडि २०६२/६३ सालको जनआन्दोलनमा जलाइएका सवारी साधनहरू छन् ।’
देशभरमा यस्ता सवारी साधन कति छन् भन्ने एकिन तथ्याङ्क प्रहरीसँग छैन ।
‘देशभरमा कति सवारी यसरी थन्किएका छन् भन्ने एकिन तथ्यांक प्रहरीसँग छैन,’ प्रहरी प्रवक्ता एसएसपी वसन्त कुँवरले भने, ‘चोरी र दुर्घटना सम्बन्धित जिल्लाले हेर्ने भएकाले केन्द्रमा एकीकृत तथ्यांक नभएको हो ।’
त्यसरी डम्पिङ भएर बसेका सवारी साधन लिलामी गर्ने अधिकार न प्रहरीलाई छ, न त यातायात व्यवस्था विभागलाई नै ।
त्यसरी बरामद भएका सवारी साधनलाई व्यवस्थापन गर्न कानूनी जटिलता समेत रहेको महाशाखा प्रमुख भट्टराई बताउँछन् ।
‘हामीले यसरी नियन्त्रणमा लिएका वा बरामद गरेका सवारी साधन यातायात व्यवस्था विभागलाई पठाउने हो,’ महाशाखा प्रमुख एसएसपी भट्टराईले भने, ‘त्यसपछि के गर्ने भन्ने जिम्मा विभागकै हो, तर अहिलेसम्म कानून भने छैन ।’
सवारी धनी कुनै पनि बेला दाबी गर्न आउन सक्ने भएकाले केही गर्न नमिल्ने बाध्यता रहेको उनको भनाइ छ ।
‘सवारी धनी लिन पनि आउन सक्छन् । त्यसकारण पनि हामीले विभागलाई बुझाउनु पनि भएन,’ महाशाखाका प्रमुख भट्टराईले लोकान्तरसँग भने ।
यता यातायात व्यवस्था विभागका निर्देशक गोगनबहादुर हमाल पनि कानून नभएका कारण त्यस्ता सवारी साधनलाई व्यवस्थापन गर्न कठिनाइ भएको बताउँछन् ।
‘हामीले पनि राजस्व अनुसन्धानलाई बुझाउने हो तर सवारी धनी लिन पनि आउन सक्छन्,’ निर्देशक हमालले लोकान्तरसँग भने, ‘यसलाई व्यवस्थापन गर्नका लागि कानूनको आवश्यकता देखिन्छ ।’
कानून नभएतापनि मन्त्रिपरिषद्ले एउटा कार्यविधि बनाएर निश्चित समयावधिपछि उक्त सवारी बरामद गर्ने निकायलाई नै लिलामीको अधिकार दिनुपर्ने उनको भनाइ छ ।
‘एउटा समय सीमा तोकेर त्यसपछि लिन नआएका सवारी साधन राज्यको सम्पत्ति मानेर लिलामी गर्नेगरी क्याबिनेटले निर्णय गर्नसक्छ,’ निर्देशक हमालले भने, ‘त्यसो गर्दा राज्यलाई राजस्व पनि आउँछ र समस्या समाधान पनि हुन्छ ।’
यातायात कार्यालयमा भेटिँदैनन् फाइल
सवारी साधनको तथ्यांक राख्ने निकाय यातायात व्यवस्था विभाग हो ।
सवारी साधन दर्तादेखि चालक अनुमतिपत्रसम्मको तथ्यांक विभागले राख्ने गर्छ । तर, यातायात व्यवस्था विभागमा पुराना सवारी साधनका फाइल नै नभेटिने समस्या छ ।
त्यही कारण गर्दा दुर्घटना गराएर फरार भएका वा आपराधिक गतिविधिमा प्रयोग भएका सवारी साधनका सवारी धनीसँग सम्पर्क हुन सकेको छैन ।
‘टेक्नोलोजीको जमाना कहाँ पुग्यो तर यातायातमा सवारी फाइल खोज्न गयो भने कतिपय त फाइल नै भेटिँदैनन्,’ एक ट्राफिक प्रहरीले लोकान्तरसँग भने, ‘यस्तो अवस्थामा दुर्घटना गराएर भागेका मानिसहरू फेला पर्दैनन् ।’
कतिपय अवस्थामा भने सवारी धनीको सम्पर्क नम्बर परिवर्तन भएका कारण पनि वास्तविक धनीलाई सम्पर्क हुन नसक्ने अवस्था छ ।
‘सवारी धनीहरूको मोबाइल नम्बर अध्यावधिक नहुँदा समस्या देखिएको छ,’ ट्राफिक प्रहरी निरीक्षक जितेश दाहालले भने, ‘अध्यावधिक हुने व्यवस्था सजिलो पनि छैन ।’
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...