×

NMB BANK
NIC ASIA

के हो गायक प्रमोद खरेल र विन्ध्यवासिनी म्युजिकबीचको लफडा, जसले लीना रेग्मी पक्राउ परिन्

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

५७ जना गायकगायिका तथा संगीतकारको हस्ताक्षरयुक्त उजुरीको दबाबमा पक्राउ गरिएकी विन्ध्यवासिनी म्युजिक प्रालि र विन्ध्यवासिनी फाउन्डेसनकी अध्यक्ष लीना रेग्मी शर्मा २ लाख ७५ हजार रुपियाँ धरौटीमा रिहा भएकी छिन्। गायक प्रमोद खरेलसँगको विवादमा ५६ जना संगीतकर्मीले हस्ताक्षर गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको थियो।

Muktinath Bank

गायक खरेलले आफ्नै लगानी र कपिराइट रहेको प्रणय एल्बम विन्ध्यवासिनी म्युजिकलाई ५ वर्षका लागि दिएको र नियमअनुसार फिर्ता माग्दा नदिएर प्रतिलिपी अधिकारको हनन गरेको आरोप लगाउँदै विन्ध्यवासिनीका सञ्चालकहरुविरुद्ध उजुरी दिएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले गालीगलौज गरेको पनि निवेदनमा उल्लेख गरेका थिए भने अन्य ५६ जना संगीतकर्मीलाई समेत निवेदनमा हस्ताक्षर गराएका थिए। सरकारी वकिल कार्यालय र प्रहरीको अनुसन्धान तथा बयानपछि धरौटीमा रिहा भएकी लीनाले हुल बाँधेर र हस्ताक्षर जोडेर ल्याउँदैमा कुनै व्यक्तिमाथि फौजदारी कसूर हुन नहुने जनाएकी छिन्।


Advertisment
Nabil box
Kumari

‘कानुन झुन्ड÷समूहले प्रभावित हुँदैन, यो सबै नागरिकलाई समान हुन्छ। कारोबार प्रतिलिपि अधिकारसँग जोडिएको, गायकले ध्वनि अंकन उत्पादक कम्पनीको अधिकार छिन्ने प्रयास गरेको, करारको उल्लंघन पनि स्वयं गायकले नै गरेको, प्रतिलिपि अधिकार ऐनले दिएको (गायक) प्रस्तोताको अधिकार सुरक्षित गर्दै गर्दा ध्वनि अंकन उत्पादक कम्पनीको अधिकारलाई पनि सुरक्षित गर्नै पर्छ, कानुनले सबैलाई समान न्याय दिनुपर्छ। हुल बाँधेर र हस्ताक्षर जोडेर ल्याउँदैमा कुनै व्यक्तिमाथि फौजदारी कसूर हुनुहुँदैन।

Vianet communication
Laxmi Bank

कुनै आम्दानी र हरहिसाब भए दुई पक्ष बसेर विन्ध्यवासिनी म्युजिककै कार्यालयमा गर्दा हुन्छ। करोडौंको कारोबार नभएर, एक÷दुई लाखको कारोबार रहेको, त्यो पनि करारबमोजिम गायकले आफ्नो  रोयल्टी आम्दानीबाट उल्टै तिर्न पर्ने हिसाब आउने देखेर ११ वर्षसम्म सम्पर्क गर्न नआएका हुन्।

तसर्थ कानुनबमोजिम उनलाई कुनै पनि प्रकारको क्षतिपूर्ति, जरिवाना तिर्न पर्दैन, परेमा तिरौंला भनेर सम्मानित अदालतमा प्रणय एल्बमको जम्मा आम्दानी २ लाख ७५ हजार धरौटी पनि राखेका छौं’, विज्ञप्तिमा लीनाले प्रश्न गरेकी छिन्– ‘५७ जना हस्ताक्षरकर्ता गायक प्रमोद खरेल र विन्ध्यवासिनीको करारका विषयमा के सम्बन्ध राख्दछन्? उनीहरूको लेन–देन के छ? कता छ? कहाँ उल्लेख छ?’

प्रतिलिपि अधिकार ऐनले ध्वनि अंकन उत्पादकहरूको अधिकार ५० वर्षसम्म कायम गरेको उल्लेख गर्दै लीनाले विज्ञप्तिमा भनेकी छिन्– ‘त्यस कारण विन्ध्यवासिनी म्युजिक प्रालिले  आफ्ना ध्वनि अंकन उत्पादन गीत, संगीत, भिडियो÷अडियो÷सिडी क्यासेट सबै ५० वर्षसम्म निर्बाधरूपमा बिक्री–वितरण गर्न पाउँछ। यो ऐनले दिएको अधिकार हो।’ नेपाल समाचारपत्रमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x