प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा हेर्दाहेर्दैमा राख्दै भोलि शुक्रवारसम्मका लागि स्थगित भएको छ ।
इजलासमा अधिवक्ता कृष्णभक्त पोखरेलले बहस गर्दागर्दै सुनुवाइ शुक्रवारसम्मका लागि स्थगित गरिएको हो ।
प्रधानमन्त्रीको सिफाारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो । रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा निरन्तर भइरहेको छ ।
लोकान्तर संवाददाता