निर्वाचन आयोगले ४४१ को बहुमत नै मूल पार्टी भन्यो, हामी आधिकारिक– माधव नेपाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पुष्पकमल दाहाल प्रचण्ड र आफूले नेतृत्व गरेको नेकपा नै नेकपाको मूलधार भएको दाबी गरेका छन् ।

प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले बुटवलमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले निर्वाचन आयोगले आफूहरूलाई आधिकारिक बनाइदिएको दाबी गरेका हुन् । 


Advertisement

‘४४१ केन्द्रीय सदस्यको बहुमत जहाँ छ, त्यही आधिकारिक भनेर निर्वाचन आयोगले भनिसकेपछि त्यही पार्टी नै मूल पार्टी हो । प्रचण्ड र मैले नेतृत्व गरेको पार्टी नै आधिकारिक हो,’ नेपालले भने । 

नेता नेपालले आफूहरूको पक्षमा देशैभरी लहर रहेको दाबी गरे ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्