×

NMB BANK
NIC ASIA

अनुसन्धान विभागका थापाको हत्या प्रकरण : काठको चिर्पटले प्रहार गर्दा मृत्यु

माघ १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय अनुसन्धान विभाग बाँकेमा कार्यरत सहायक सूचक प्रविण थापाको हत्यामा संलग्न मुख्य अभियुक्तलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । 

Muktinath Bank

हत्या गरेर फरार रहेका मध्येका मुख्य अभियुक्त नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्राका १८ वर्षीय विवेक परियारलाई भक्तपुरको चाँगुनारायण– ताथलीमा लुकीछिपी बसेको अवस्थामा सीआईबीको टोलीले पक्राउ गरेको प्रवक्ता गंगा पन्तले जानकारी दिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रविणको हत्या गरेर काठमाडौं आएर लुकेका मध्येका विवेक मुख्य अभियुक्त हुन्,’ एसएसपी पन्तले लोकान्तरसँग भनिन्, ‘१ जना यसअघि नै पक्राउ परेका छन् । अन्य ४ जना अझै फरार छन् ।’


Advertisment
Nabil box
Kumari

नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने २७ वर्षीय प्रविणको माघ २ गते स्थानीय खेतबारीमा शव फेला परेको थियो ।

Vianet communication
Laxmi Bank

सीआईबी प्रवक्ता एसपी पन्तका अनुसार पक्राउ परेका अभियुक्त परिवारले हत्या गरेको स्वीकारेका छन् । 

‘मृतक थापा र अर्का १ जना उनका साथी चुरोट र गाँजा खाएर बसेका थिए । त्यही समयमा परिवारसहित अन्य ४ जना साथीहरू त्यहाँ गए । मृतक थापाले किन आएको भन्दै प्रश्न गरे । विवाद हुँदा थापाले पहिले हात छोडेपछि काठको चिर्पटले प्रहार गर्दा मृत्यु भयो,’ विवेकले प्रहरीमा दिएको बयान उदृत गर्दै एसपी पन्तले लोकान्तरसँग भनिन् ।

मृतक र हत्या अभियुक्त बीचमा चिनजान समेत नभएको अनुसन्धानमा खुलेको र अन्य फरार अभियुक्तको पनि खोजी भइरहेको सीआईबीले जनाएको छ । 

पक्राउ परेका परियारलाई कानूनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँके पठाउने तयारी भएको एसपी पन्तले बताइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x