मंसिर १४, २०८०
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
नेपाली संगीत उद्योगमा पछिल्लो समय सबैभन्दा मन पराइएका सर्जक हुन् राजनराज सिवाकोटी । उनी गायन र संगीत भर्न पनि माहिर छन् ।
राजनराज संगीत विधाका तीनै क्षेत्रमा सक्षम छन्, सोही कारण उनी लोकप्रिय पनि छन् । उनले छोएका हरेकजसो गीत १ किसिमले चर्चामा आउँछन्, यूट्युबमा करोडभन्दा धेरै भ्युज आउँछ ।
सिवाकोटीले तयार पारेको ‘फुलबुट्टे सारी’ बोलको पछिल्लो गीत लोकप्रिय बन्यो । यसको मेल, फिमेल भर्सनका साथै चाइल्ड भर्सन समेत बनेको छ । सबै गीतले पाएका भ्युज असाध्यै लोभलाग्दा छन् ।
धेरै गायक, गीतकार, संगीतकारका लागि राजनराज आइडल बन्न पुगेका छन् । धेरैले भन्छन्, ‘ह्वाट इज द आइडिया अफ रिचिङ करोड क्लब ?’
नेपाली गीत–संगीतमा पछिल्लो केही समययता करोड भ्युजको ट्रेन्ड चलेको छ । बुस्ट गरेर हुन्छ वा के गरेर हुन्छ, आफ्नो गीत ट्रेन्डिङमा ल्याउने दबाब छ कलाकार र गीत निर्मातासामु । यदि गीत करोड क्लबमा पुग्न सफल भयो भने प्रोजेक्टमा सफल भएको मान्ने गरिन्छ ।
तर सफलताको मापन गीतको टे«ेन्डिङ र भ्युजसँग मात्रै गर्न नसकिने राजनराज सिवाकोटीको तर्क छ । ‘कुन गीतको भिडियो बुस्ट विना पनि भ्युज गइरहेको छ, त्यसले श्रोताहरूमा पारेको प्रभाव, मिडियामा के कति बजिरहेको छ, सामाजिक सञ्जालमा गीतलाई लिएर कतिको चर्चा छ ? त्यो पनि गीतको लोकप्रियतालाई लिएर गर्न सकिने अर्को मापन हुन सक्छ,’ राजनराज भन्छन््, ‘दर्शकहरूसँग यो कुरामा धन्य छु कि मेरा पछिल्ला गीतलाई तपाईंहरूले मनैदेखि माया गर्नुभएको छ, जुन कुरा मैले मनैदेखि अनुभव गरिरहेको छु ।’
राजनराज सिवाकोटीले फलाम छोए हिरा बन्छ भन्ने बजारिया चर्चालाई राजनराज कसरी बुझ्छन् ? ‘राजनराजले छोएका हरेक गीत हिरा भएर निस्किएका छन् त ?’ उनी भन्छन्, ‘संघर्ष गर्दै जाने हो, कति सफल भइन्छ कति भइँदैन त्यो अर्को पाटो हो तर १–२ वटा प्रोजेक्टको असफलतासँगै मूड बिगार्ने मेरो स्वभाव छैन ।’
गायक, संगीतकार तथा गीतकार समेत रहेका सिवाकोटीका दर्जनको हाराहारी गीतले १ करोडभन्दा धेरै भ्युज पाएका छन् । उनले गुनगुनाएका सबै गीतको भ्युज जोड्ने हो भने २० करोड माथि छ । त्यस हिसाबले भन्ने हो भने उनी करोड क्लबका बादशाह हुन्, करोडपति भ्युजका सर्जक हुन् ।
करोड क्लबमा पुर्याउँछु भनेर कहिल्यै कुनै पनि गीत निर्माण नगर्ने राजनराजको प्रतिक्रिया छ । ‘खासमा करोड क्लबमा पुग्ने भनेर सपना देख्ने नै होइन,’ उनी भन्छन्, ‘कसरी हुन्छ दर्शक, श्रोताका भाषा, मनपर्ने म्युजिक, जिब्रोमा झुण्डिरहने धुन टपक्क टिप्ने मेरो प्रयास हो । दर्शक–श्रोता पनि यस्तैलाई मन पराउनुहुने रहेछ भन्ने मैले अनुभव गरें ।’
यूट्युबमा सर्वाधिक हेरिएको नेपाली गीत पनि राजनराजकै पोल्टामा छ । उनले धेरै वर्षअघि गाएको चलचित्र ‘दुई रुपैयाँ’को ‘कुटुमा कुटु’मा राजनराजको शब्द तथा संगीत तथा उनको, मेलिना राई र राजन ईसानको स्वर रहेको थियो । गीत हालसम्म १५ करोडको नजिकै पुगिसकेको छ ।
सबैभन्दा छिटो १ करोड भ्युज पाएर रेकर्ड राख्ने कुनै चलचित्रको गीत हो भने त्यो ‘सुर्के थैली खै’ हो । चलचित्रको नाम हो वडा नम्बर ६ । गीत सार्वजनिक भएको ५ वर्षभन्दा धेरै भइसकेको छ ।
‘खासमा हामी कतै गइरहेका बेला श्रोता–दर्शकले गीत गुनगुनाइरहनुभएको छ भने त्योभन्दा धेरै गीतको चर्चा मापन गर्ने अरु कुनै माध्यम हुँदैन,’ उनी भन्छन्, ‘करोड क्लबले मात्रै त्यो गीतको चर्चा मापन गर्न सकिन्न ।’ गीतमा करोडपति सर्जक राजनराजले कहिले पनि यूट्युबमा कति भ्युज जाला, कसरी जाला भनेर कुनै पनि गीतमा काम नगरेको बताउँछन् । उनका अनुसार हरेक गीतमा राम्रो मेहनत गर्नुपर्छ भन्ने हुन्छ तर त्यो गीत हिट हुन्छ भन्नेमा खासै ठूलो आशा नराख्ने गरेको उनको तर्क छ ।
‘कहिलेकाहीँ भ्युज गएको गीत पनि दर्शक तथा श्रोताले खासै ‘नोटिस’ गरेको पाइन्न, कतिपय राम्रा गीतहरूको भ्युज गएको देखिन्न,’ राजनराजले भने, ‘कुनै पनि गीत हिट हुनका लागि भ्युज हैन, दर्शक–श्रोताको मनमा गुन्जिरहनुपर्छ ।’
हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...
कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे । पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...