कात्तिक २७, २०८०
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
गीतकार सुरज गैरे ‘विवश’ तथा अशोक कुमार तिमल्सिनाको नयाँ गीत ‘आशीर्वाद’ सार्वजनिक भएको छ ।
गाउँमा आमा र परदेशमा छोरा हुँदाको परिवेशमा भिडियो बनाइएको छ ।
सुवास भुसालले संगीत भरेको सो गीतमा केतन क्षेत्रीले आवाज दिएका छन् ।
गीतको शुरूवातमा परदेशमा रहेका छोरा (अशोक कुमार तिमल्सिना)ले गाउँमा रहेकी आमा (मिथिला शर्मा)लाई फोन गर्छन् ।
त्यतिकैमा आमालाई खोकीले च्याप्छ । त्यसपछि शुरू हुन्छ, गाउँमा एक्ली आमाको र परदेशमा एक्लै रहेको छोराको पीडा ।
गीतको शुरूमा निकै मार्मिक रचना छ,
‘तिम्रो काखबाट म दूर छु
सम्झनामा दिन काट्न मजबुर छु ।’
परदेशमा भेडा चराउने काम गरिरहेका उनलाई आमाको यादले निकै सताउँछ ।
कुनै बेला आफ्नै मन बुझाउन खोज्छन्, भने कुनै बेला भक्कानिन्छन् ।
पीडा फरक सबैको एउटै कथा
म मात्र होइन पूरै देशको व्यथा
भइन आमा तिम्रो साथ
टाढैबाट देउन आशिर्वाद ।
गीतमा कोरोना महामारी समेत जोडिएको छ । आमाको यादले घर फर्कन परदेशमा छोरा चाहन्छन् । तर् उता मालिकले घर जान विदा नदिने र बिदा मागे पनि कुट्ने जस्ता हर्कतहरू देखाउन थाल्छन् ।
यत्तिकैमा यता गाउँमा आमालाई रोगले च्याप्छ । अन्तिममा मालिकले छोरालाई घर पठाउन तयार हुन्छ । तर त्यतिखेर नेपालमा कोरोना भाइरसको महामारी रोकथाम तथा न्यूनिकरणका लागि भन्दै सरकारले अनिश्चित कालका लागि अन्तर्राष्ट्रिय उडान बन्द गर्छ ।
छिटै घर गएर आमालाई भेट्ने छोराको सपनामा धक्का लाग्छ ।
गीतको भिडियोको अन्तिममा गाउँमा आमाको मृत्यु र उता परदेशमा पनि छोराको मृत्युको दृश्य देखाइन्छ ।
गीतबारे गीतकार लेखेका छन् यो गीति कथा हात मुख जोड्न कै निमित्त बिदेशिनु परेका तमाम नेपाल आमाको सन्तानमाथि 'कोरोना भाइरस'ले दिएको अर्को बज्रपात को कहानी हो । सबै कुराले भरिपूर्ण भए त पनि मर्दा-पर्दा उपस्थिति हुन नपाउनुको पीडाको कथा हो । आमा र छोराबीचको अधुरो कहानी हो, आमाको पुरा नभएको आशीर्वाद।
शुक्रवार ओएसआर डिजिटल युट्युव च्यानलमा सार्वजनिक भएको सो गीत समाचार तयार पार्दासम्म ३३ हजारभन्दा बढी भ्यूज पाइसकेको छ ।
गीतमा अभिनेत्री मिथिला शर्मा, सुरज लामा, अशोक लगायतले फिचरिङ गरेका छन् ।
हेर्नुहोस् भिडियो
गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ । तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । बा...
ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् । विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...
साङ्गीतिक क्षेत्रमा छोटो समयमै नाम र दाम दुवै कमाएकी गायिकामा पर्छिन् रचना रिमाल । करिअर सुरु गरेको ३ वर्षको अवधिमै उनले १२ सय हाराहारी गीतमा स्वर दिइसकेकी छन् । थुप्रै देशमा पुगेर आफ्नो स्वर गुञ्जाइस...
लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ । बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...
युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे । ‘हावा चिसो चिसो’, ‘पानी परेको...
बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् । नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...