×

NMB BANK
NIC ASIA

प्रचण्ड–नेपालको धर्नामा नारायणहिटीदेखि हिन्दू राष्ट्रसम्मको चर्चा [भिडियो रिपोर्ट]

माघ १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहका शीर्ष नेता आइतवार माइतीघर मण्डलामा धर्नामा बसे ।

Sagarmatha Cement
Muktinath Bank

अध्यक्षहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत शीर्ष नेता एकसाथ धर्नामा देखिएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा राजनीतिक रूपमा विभाजित भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

नेकपा प्रचण्ड–नेपाल समूहले दुई चरणको आन्दोलन सकेर हाल तेस्रो चरणको आन्दोलन गरिरहेको छ ।

Vianet communication
Laxmi Bank

माघ १४ गतेबाट माइतीघरमा विघटित प्रतिनिधि सभामा नेकपाबाट प्रतिनिधित्व गरेका सांसदहरूले धर्ना दिँदै आएका थिए ।

त्यसैलाई निरन्तरता दिने क्रममा आइतवार प्रचण्ड–नेपाल समूहका शीर्ष नेता धर्ना बस्न पुगेका हुन् । धर्नाका क्रममा दोस्रो तहका नेताहरूले संक्षिप्त सम्बोधन समेत गरे । 

पार्टीका स्थायी कमिटी सदस्य एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रधानमन्त्री ओली राजावादीहरूको उक्साहटमा लागेर नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्ने तयारीमा रहेको आशंका व्यक्त गरे ।

पाण्डेले नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आधुनिक महाभारत समेत भन्न भ्याए ।

स्थायी कमिटी सदस्य पम्फा भुसालले प्रधानमन्त्री ओली पक्षीय नेकपाले माघ २३ गते काठमाडौंमा गर्न लागेको सभालाई पञ्च र्‍यालीको संज्ञा दिइन् ।

त्यसक्रममा केहीदिन अघिसम्म ओली समूहका कार्यक्रममा सक्रिय निवर्तमान सांसद गंगा चौधरीले पनि सम्बोधन गरिन् । ओलीले देशलाई दुर्घटनातर्फ लैजान खोजेको उनको आरोप थियो । 

धर्ना सकिने बेलामा पार्टी वरिष्ठ नेता झलनाथ खनाल पनि माइतीघरमा देखिए । उनले ओली सरकारलाई पाकेको फलको संज्ञा दिँदै अब झर्न मात्र बाँकी रहेको बताए ।
धर्नामा देखिए पनि अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले भने सम्बोधन गरेनन् ।

प्रचण्ड र नेपाल सहभागी भएसँगै उक्त समूहले धर्नाको कार्यक्रमलाई छोट्याएको छ । आन्दोलनका अन्य कार्यक्रममा पनि केन्द्रित हुनुपरेकाले २१ गतेसम्मका लागि पूर्व निर्धारित धर्ना आजैबाट अन्त्य गरिएको स्थायी कमिटी सदस्य पम्झा भुसालले बताइन् ।

हेर्नुहोस् भिडियो रिपोर्ट - 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो ।   ...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

भदौ २६, २०८०

ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x