×

NMB BANK
NIC ASIA

मजदुरी गरेको ५ महिनासम्म ज्याला नपाउँदा आर्थिक समस्या

माघ २१, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

५ महिनादेखि ज्याला नपाएपछि भूजीखोलाका ७० मजदुर आर्थिक समस्यामा परेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

बागलुङको ढोरपाटन नगरपालिकास्थित भूजीखोला पाँचौं लघु जलविद्युत् आयोजना निर्माणमा खटिएका मजदुरले ५ महिनादेखि ज्याला नपाएपछि समस्यामा परेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत भदौ १७ गते राति आएको बाढीले जलविद्युत् आयोजनाको नहर र विद्युत् गृहमा ठूलो क्षति पुर्‍याएको थियो । ८४ किलोवाट क्षमता भएको आयोजनाका ७० मजदुरले २७ दिन लगाएर काम गरी पुनः सञ्चालनमा ल्याएका थिए ।


Advertisment
Nabil box
Kumari

काम सकिएर विद्युत् सञ्चालन भएको ५ महिना पुगे पनि आफूले गरेको मजदुरीको ज्याला अहिलेसम्म नपाएको स्थानीय मजदुर ओमकार विकले बताए । विकले २५ दिनसम्म लगातार काम गरेको तर अहिलेसम्म पूरा ज्याला नपाएको गुनासो गरे ।

Vianet communication
Laxmi Bank

‘बाढीले बिजुलीको कुलो र पावरहाउसमा ठूलो क्षति गरेको थियो, गाउँकै युवा मिलेर करीब १ महिना काम गर्‍यौं, बिजली छिट्टै नै बाल्यौं तर अहिलेसम्म पनि पूरा पैसा पाउन सकेको छैनौं,’ विकले भने, ‘काम गरेको पैसा नपाउँदा खर्च चलाउनै हम्मेहम्मे भएको छ ।’

मजदुरी गरेरै ५ जनाको परिवार पाल्दै आएका विक काम गरेको पैसा नपाउँदा परिवार पाल्न समस्या भएको गुनासो गर्छन् ।

दिनको १ हजार रुपैयाँका दरले पारिश्रमिक पाउने गरी सम्झौता गरेर महिना दिन काम गरेको भए पनि जम्मा ९ हजार मात्रै पाएको उनको भनाइ छ । काम गरेको पारिश्रमिक नपाएपछि विद्युत् गृहमा काम गरेका मजदुरले केही समय पहिले विद्युत् गृहमै तालाबन्दीसमेत गरेका थिए । तर केही दिनमै पारिश्रमिक दिन्छौ भन्ने प्रतिबद्धतापछि १ दिनमै ताला खोलेको उनीहरूको भनाइ छ ।

बाढी पसेर विद्युत् गृहमा क्षति पुगेपछि गाउँमा निरन्तर बत्ती नबल्दासम्म आफूहरूले खटेर काम गरेको भए पनि आयोजनाले पारिश्रमिक नदिएको अर्का मजदुर टेकबहादुर विकको गुनासो छ । विद्युत् गृहको नहरमा भौतिक संरचनामा पुगेको क्षतिलाई सामान्य बनाउन २७ दिन काम गरेको उनको भनाइ छ ।

भूजीखोला पाँचौं लघु जलविद्युत् आयोजनाका अध्यक्ष पदम घर्तीमगरले ऋण धन गरेर बाढीले क्षति पुर्‍याएको विद्युत् सञ्चालनमा ल्याएको भन्दै सरकारी निकायबाट सहयोग नहुँदा आफूहरू नै समस्यामा परेको बताउँछन् ।

अहिलेसम्म, वडा, नगरपालिका, प्रदेश र केन्द्रबाट कुनै पनि सहयोग नभएको दुखेसो पोख्दै अवलोकन गर्न आउने नेताहरूले आश्वासन मात्रै दिएको उनी बताउँछन् । सहयोग गर्छौ भनेकाहरूले सहयोग नगर्दा मजदुरको पारिश्रमिक समयमा दिन नसकेको घर्तीले बताए ।

ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले ५ लाख दिने आश्वासन दिएको तर अहिले प्रदेशबाट आउँछ भन्दै उम्किएको बताए । गण्डकी प्रदेश सरकारले २२ लाख रुपैयाँ सहयोग गर्ने भने पनि त्यो सहयोग समेत अझैसम्म नपाएको उनको दुखेसो छ ।

‘बाढीले पीडित बनेका गाउँलेलाई लगाएर काम गरियो, उनीहरूले पैसा–पैसा भनेर अत्याएका छन् तर आयोजनासँग पैसा छैन, कहाँबाट दिने ?’ उनले भने । 

विभिन्न संघसंस्था तथा व्यक्तिबाट ४ लाख ५० हजार सहयोग भएको भन्दै अन्य सबै आफूहरूले व्यवस्थापन गरेको उनको भनाइ छ । बाढीले आयोजनाको १५० मिटर कुलो बगाएको थियो भने विद्युत् गृहको जेनेरेटर, टर्वाइन लगायत मशिनरी सामानमा क्षति पुर्‍याएको थियो ।

बाढीले क्षति पुर्‍याएको विद्युत् मर्मत गर्नका लागि २२ लाख रुपैयाँ बढी खर्च भएको अध्यक्ष घर्तीमगरको भनाइ छ । आयोजनाबाट ढोरपाटन नगरपालिका–८ र ९ का ८०० घरधुरी जनता लाभान्वित छन् । बाढीले क्षति पुर्‍याएको विद्युत् आयोजना ४१ दिनपछि सञ्चालनमा आएको थियो ।

अध्यक्ष घर्तीमगरले १२ लाख रुपैयाँ बढी मजदुरको ज्याला र अन्य सामान खरिदमा खर्च भएको बताए । मजदुरलाई ६ लाख भुक्तानी गर्न बाँकी छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २२, २०८०

नेपाली सेनाले रिक्त पद पदपूर्तिका लागि आवेदन माग गरेको छ । भर्ना छनोट निर्देशनालय जंगी अड्डाले सूचना प्रकाशित गर्दै रिक्त पदमा आवेदन आह्वान गरेको हो ।  सूचनामा उल्लेख भएअनुसार प्राविधिक र विविध सेवातर्...

कात्तिक २७, २०८०

ओखलढुंगा पलापुका तुलबहादुर माझी सोमवार दिउँसो हतार-हतारमा थिए । आफ्नी बहिनीसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनी ओमान जाँदै थिए ।  तिहारको मध्य दिनमा देश छाड्नु पर्दा न दिदीबहिनी खुशी थि...

पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

मंसिर १६, २०८०

काठमाडौं महानगरपालिकाले करारमा २३० जना सुपरिवेक्षक तथा गणक माग गरेको छ । गरिब घरपरिवार पहिचानका लागि तथ्यांक संकलन गर्न सुपरिवेक्षक तथा गणक माग गरिएको महानगरले जनाएको छ ।  काठमाडौं महानगरभित्र ग...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x