माघ ३, २०८०
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ घर भएका कुम्भनारायण श्रेष्ठ सधैँ झैं बिहीवार पनि झिसमिसेमै ट्याक्सी लिएर सडकमा निस्किए ।
गोंगबुस्थित नयाँ बसपार्कमा पुग्दा कपुरधारा पुग्ने यात्रु भेटिए । ती यात्रुलाई कपुरधारामा छाडेर फर्किने क्रममा बिहान ५ बजे उनी गोंगबुस्थित रेडनपुलमा आइसकेका थिए ।
पुलनजिकै २ युवा सडकमा रहेछन् । उनीहरूले ट्याक्सी रोक्न हातले इशारा गरे । यात्रु नै ठानेर श्रेष्ठले ट्याक्सी रोके ।
त्यसपछि एकजनाले अगाडि आएर उनीसँग भने– 'हामीलाई बसपार्कसम्म पुर्याइदिनुपर्यो ।'
उनले बस्नुस् न भनेर भन्न मात्र के भ्याएका थिए, गाडीमा पेट्रोल गन्हाइहाल्यो । पछाडि रहेको व्यक्तिले ट्याक्सीमा पेट्रोल छर्किन भ्याइसकेछन् ।
श्रेष्ठले के हुँदैछ भनेर सोच्न पनि नपाउँदै आगो लगाएर दुवै जना भागिहाले ।
‘रोक्न इशारा गर्ने एक जना ट्याक्सीमा चढ्न खोजेको जस्तो गर्दै थिए, अर्कोले पछाडिबाट ट्याक्सीमा पेट्रोल छर्किसकेको रहेछ,' श्रेष्ठले लोकान्तरसँग भने, ‘अर्कोले लाइटर पनि रेडी पारेको रहेछ, आगो सल्काएर भागिहाले ।’
प्रदेश ३ ०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सी उनकै अगाडि दनदनी बल्न थाल्यो ।
वरपर भएका मानिसहरू र प्रहरीहरू आएर आगो निभाउन प्रयास गरे ।
नजिकैको घरबाट पाइप ल्याएर आगो निभाउँदानिभाउँदै उनको गाडी आधाभन्दा बढी जलिसकेको थियो ।
श्रेष्ठले १० वर्षसम्म अरूको ट्याक्सी चलाएको पैसा डाउन पेमेन्ट गरी बैंकबाट किस्तामा ट्याक्सी किनेका रहेछन् ।
३ किस्ता तिर्न नपाउँदै ट्याक्सी खरानी भएको छ ।
‘१० वर्ष अरूको ट्याक्सी चलाएर एउटा ट्याक्सी किनेको थिएँ, तर त्यो पनि सखाप भयो,’ चालक श्रेष्ठले लोकान्तरसँग भने, ‘अब के गर्ने, के नगर्ने..., सोच्नै सकेको छैन ।’
संवैधानिक नियुक्तिको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालको सबैभन्दा बढी निशानामा श्रेष्ठ परेका छन् ।
यसबाहेक अन्य अप्रिय घटना राजधानीमा नभएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरि पालले जानकारी दिए ।
‘हामीले उपत्यकाको गोंगबु, चाबहिल, बालाजुलगायतका ठाउँबाट ७७ जनालाई नियन्त्रणमा लिएका छौं,’ हरि पालले भने,‘एउटा घटना बाहेक अन्य कुनै पनि अप्रिय घटना भएका छैनन् ।’
गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...
'राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाऊ' अभियानका नाममा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेको प्रदर्शनका क्रममा बल्खुमा तनाव उत्पन्न भयो । दुर्गा प्रसाईं, राप्रपा सांसद ज्ञानबहादुर शाहील...
हरिबोधनी एकादशीको अवसरमा काठमाडौंको बूढानिलकण्ठ मन्दिरमा सप्ताह ज्ञान महायज्ञ भइरहेको छ । बूढानिलकण्ठ नारायण मन्दिर व्यवस्थापन समितिको आयोजनामा बिहीवारदेखि उक्त सप्ताह महायज्ञ शुरू भएको हो । ...
साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् । सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ । सरकारी मर्यादाक्रममा मुख्यसचिव ...
ललितपुरको उत्तर–पश्चिम क्षेत्रमा पर्ने छम्पी क्षेत्र यतिबेला निकै हरियाली, शान्त र मनमोहक देखिन्छ । काठमाडौं उपत्यकामा खेतीयोग्य जमिन पाउन मुस्किल भइरहेको बेला छम्पी क्षेत्रका स्थानीयले भने नगदेब...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...