प्रचण्ड-नेपाल समूहको आमहड्ताल : दिनभर राजधानीको सडकमा जे देखियो [फोटोफिचर]

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा आन्दोलनरत नेपाल कम्युनिस्ट (नेकपा) प्रचण्ड–नेपाल समूहले आह्वान गरेको आमहड्तालका कारण बिहीवार देशभरको जनजीवन प्रभावित रह्यो ।

एकाबिहानै गोंगबुमा ट्याक्सीमा आगजनी भयो भने कलंकीबाट नेकपा प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायत नेताहरू पक्राउ परे ।


Advertisement

बन्द सफल बनाउन नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल स्वयं सडकमा निस्किएका थिए ।

सरकारले बुधवार संसदीय सुनुवाइविनै संवैधानिक निकायका प्रमुख तथा सदस्यलाई नियुक्त गरेपछि प्रचण्ड-नेपाल समूहले आमहड्ताल आह्वान गरेको हो ।


Advertisement

संवैधानिक आयोगका प्रमुख र पदाधिकारीहरूले बुधवार शपथ ग्रहण गरेका थिए ।

हेर्नुहोस्, तस्वीरहरू :

 

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्