दरबारमार्गमा सभाअघिको झाँकी: ओलीको स्ट्याचु, बेलुनमा सूर्य र थरिथरि पोशाकमा सहभागी

विश्वास खनाल
विश्वास खनाल

खनाल लोकान्तरका मल्टिमिडिया संवाददाता हुन् ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली पक्षले आयोजना गरेको बृहत् जनसभा काठमाडौंस्थित दरबारमार्गमा शुरू हुँदैछ ।

पुस ५ मा प्रतिनिधि सभा विघटनपछि विकसित राजनीतिक घटनाक्रमबारे जानकारी गराउन र आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको चुनावका पक्षमा माहोल बनाउन सभा आयोजना गरिएको ओली पक्षले जनाएको छ ।


Advertisement

सभामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल लगायतले सम्बोधन गर्ने तय भएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले अध्यक्षता गर्ने सभामा स्वागत मन्तव्य भने राष्ट्रिय सभा सदस्य समेत रहेकी नेतृ पार्वती रावलले दिने छिन् ।


Advertisement

सभाका लागि मञ्च भव्य रूपमा सिंगारिएको छ । बेलुनमा सूर्य राखिएको छ भने प्रधानमन्त्रीको स्ट्याचु मञ्चमा देख्न सकिन्छ । सभालाई व्यवस्थित बनाउन रातो पोशाकधारी स्वयंसेवक खटिएका छन् ।

हेर्नुहोस्, तस्वीरहरू :

विश्वास खनाल
विश्वास खनाल

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्