×

NMB BANK
NIC ASIA

लामो समयपछि पश्चिम नेपालको बर्दियाबाट फर्किएका विष्णुबाबु देवकोटाले भने, ‘नेपाली गीतका शब्द त गल्र्यामगुर्लुम् ढलिरहेका छन् है? 

Muktinath Bank

के भयो त्यस्तो ? उनले चोटिलो जवाफ दिए, ‘गीत बनेका छन् तर न लय छ, न शब्द छन्, न सुर छ । स्वर त झन् गीतबाटै हराइसकेकाछन् ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब के होला ? देवकोटाले एकछिन सोचेर बोले, ‘हिटको नाममा नेपाली गीत संगीतले बाटो बिराईरहेको छ। हामीले बाटो बिरायौं । हिटको नाममा जे पनि गरिदियौं ।’


Advertisment
Nabil box
Kumari

गीतकार देवकोटाले दर्जनौँ  गीतहरुमा शब्द लेखेका छन् । उनी आफैं एकदशक अघि बजारमा ल्याएको ‘रित्तो याद’बाट ब्याज खाइरहेका छन् । त्यसपछि पनि  कैयौँ गीतहरु बजारमा  छन् । गीतको गहिराई तथा शब्दको भावलाई प्राथमिकतामा राख्ने देवकोटाको केही समयअघि  ‘तस्वीर’ नामको गीत बजारमा आएको थियो । अहिले त्यसैको भाग–२ बनाउन लगायत अन्य साङ्गीतिक कार्यहरु गर्न राजधानी आएका बेला भेटिए उनी । त्यसो त उनी काठमाडौंकै वासिन्दा हुन् तर हाल कर्मथलो बर्दिया हो ।

Vianet communication
Laxmi Bank

यसपटकको भेटमा उनले नेपाली गीतसंगीतले बाटो बिराएको दुखेसो पोखे । अब कसो गर्ने ? उनीसँग धेरै विकल्प छैनन् । 

‘मैले पनि गीतहरु ल्याएँ, कुनै पनि गीत उधुम हिट छन् ,चर्चा बटुलेका छन् भनेर गफ गर्दिनँ,’ उनी भन्छन्, ‘'हिटको भोकले मेरो लेखन शैली मर्‍यो भने मेरो साहित्यिक तथा साङ्गीतिक करिअर बर्बाद हुन्छ भन्ने लाग्छ ।''

साइडमा रहेको एक कप कफीको सर्को लगाएपछि विष्णुबाबु गहिरिएर भने, ‘भाइरलका लागि जे पनि गर्न सकिन्छ । तर भाइरल शब्द आफैंमा केही समयमा अग्रस्थानमा आउने र केही समयमै हराउने टिकाउविहीन शब्द हो । त्यसका पछि मलाई कहिल्यै लाग्नु छैन र लाग्ने पनि छैन ।’

साहित्यिक कृति भन्नेबित्तिकै १० हात पर भाग्ने पाठक श्रोताहरु छन् नेपालमा । तर विष्णुबाबुलाई नजिकबाट देख्ने,सुन्ने र बुझ्नेहरू भने उनका फ्यान भइदिन्छन् अनायासै । गीत, मुक्तक तथा अन्य श्रृजनाहरुमा  उनले प्रयोग गर्ने  शब्दहरुको मजबूत ढङ्गको इन्जिनीयरिङ तथा साधारण शब्दहरुको पनि गहिरो भाव पकड्न खप्पिस् देवकोटाको लेखनकला नै उनको लोभलाग्दो पक्ष हो। 
। साहित्य भन्नेबित्तिकै पर भाग्नेहरूले पनि उनका शब्दहरू सुन्ने हो भने सहजै बाँधेर राख्न सक्ने सामथ्र्य राख्छन् उनी । 

"प्रयोग"भनेको सदुपयोग हुनुपर्छ, दुरुपयोग  हुनुहुदैन। गीत,गजल,मुक्तक वा जुनसुकै  साहित्य लेखनमा  शब्दको प्रयोग गर्ने नाममा दुरुपयोग गर्नुहुदैन। यसले सिङ्गो साहित्य जगतलाई नै धमिराले काठ धुल्याए झैँ विस्तारै धुल्याईदिन्छ। देवकोटा अझ गहन भ एर गुनासो गर्छन्।

विष्णुबाबुसँग विषयवस्तु उस्तै तेजिला,गहिरा तथा  ओजनदार हुन्छन् । उनका सृजनामा शब्दको क्लिस्टताले गाँजिएको पाइँदैन । सहजै बुझ्न सकिने शब्दको संयोजन विष्णुबाबुको लोभलाग्दो क्षमता हो ।

'रित्तो याद' पछि पनि दर्जनौ गीतहरु बजारमा छन्।सबैका आ–आफ्नै किसिमका विशेषता छन् । ‘म स्वीकार गर्छु मेरा गीतका भिडियोहरु खासै ट्रेन्डिङमा आउने किसिमका छैनन्। ट्रेन्डिङ्  र लोकप्रियता विलकुल फरक कुरा हुन्।  , उनले थपे, ‘ जतिले सुन्नुहुन्छ,जतिले हेर्नुहुन्छ , शुभचिन्तकहरुबाट आउने असली प्रतिक्रिया नै मेरा गीत बाँच्ने आधारहरु हुन्।यसले मलाई लेखनमा थप उर्जा दिन्छ। 

मुक्तक र गीतमा बढि कलम चलाउने  देवकोटा शुरूवातिका केही प्रस्तुतीहरुलाई रुचाईएपछि थप उर्जाशील भ एर लेखनमा लागे । उनी भन्छन्, ‘केही मुक्तक तथा गीतका कृतिहरु छिट्टै नेपाली साहित्य जगतमा ल्याउनेवाला छु ।’

उनले  राष्ट्रीय तथा अन्तर्राष्ट्रीय स्तरमा आफ्नो प्रस्तुति दिदै आईरहेका छन्। उनका हरेकजसो प्रस्तुतीमा प्रेम छुट्दैन । यसको कारणबारे उनी थप्छन्,‘प्रेम अमुर्त  हुन्छ । यही हो भनेर देखिदैन तर  प्रेम सधैं भइरहन्छ जहाँ पनि ,जहिले पनि । प्रेमको कुनै उमेर, आयु, काल छ र ? छैन । त्यसैले मेरो लेखनमा प्रेम मुख्य प्राथमिकतामा आफैँ परेको हो ।’ मैले प्राथमिकतामा पारेको होइन ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

असोज ६, २०८०

सानीमा भेट्न चितवन गएको थियो गोपाल चार दिन हिँडेर । राप्ती किनार नजिकको सानो गाउँमा बस्दै आएकी थिइन् उनी, जो पहाडमा खान लाउन नपुगेपछि केही वर्ष अघि पुगेकी हुन् त्यतातिर । त्यतिबेला अहिलेजस्तो यातायातको साधन...

मंसिर २, २०८०

गोपाललाई सानैदेखि धूमपानको लत बसेको थियो, शायद संगतको प्रभाव भनेको यही हुनुपर्छ । घरमा बाबुदाजुहरू हुक्का तान्थे । त्यति बेलाको चलन के भने सबैभन्दा सानोले तमाखु भर्नुपर्ने । त्यतिसम्म त ठीकै थियो, सल्काएर समे...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

मंसिर ४, २०८०

विसं २०७९ को मदन पुरस्कार प्राप्त गरेको ‘ऐँठन’ उपन्यासका लेखक विवेक ओझालाई गृहनगर टीकापुरमा विभिन्न संघसंस्थाले सम्मान गरेका छन् । ओझालाई नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखा, उद्योग वाणिज्य सङ्घ, ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x