माघ २०, २०८०
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
माघ २८, २०७७
चिसोचिसो मौसममा यूएनपार्क पारि बाग्मती नदी किनारमा वृद्धवृद्धासहित केही मानिस घाम तापेर कुराकानी गरिरहेका थिए ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्षले आयोजना गरेको सभाका लागि भनेर काठमाडौं आएका उनीहरू सभास्थलभन्दा निकै पर आराम गर्दै गरेको अवस्थामा भेटिए ।
कुराकानी गर्दा थाहा भयो– उनीहरू आएका रहेछन् रौतहटको चन्द्रनिगाहापुरबाट ।
बेलुका ८ बजे चपुरबाट गाडी चढेको र बिहान ६ बजे काठमाडौं ओर्लिएको महेश राय यादवले बताए ।
केहीबेर जुलुसमा पनि हिँडेको बताउँदै उनले खुट्टा दुखेपछि नदी छेउमा आएर बसेको बताए ।
‘आमाले पशुपति दर्शन गर्ने भन्दै हुनुहुन्थ्यो । गाडी आउने भएपछि चढेर आयौं । बिहान पशुपतिको दर्शन गर्यौं । जुलुसमा २० मिनेट हिँडेपछि खुट्टा दुख्यो अनि गाडी छेउमै आएर बसेका छौं ।’
सँगै रहेकी एक महिलाले थपिन्– ‘हम् पशुपति घुमके अइली । आन्दोलन देखेगेलली और आन्दोलन भी कैली ।’
अर्थात् पशुपति पनि घुम्यौं, आन्दोलन पनि गर्यौं ।
उनीहरूलाई अब कतिबेला घर फर्किने हो भन्ने प्रतीक्षा छ ।
यहाँसम्म कि एकजना वृद्ध त आज कुन नेता बोल्ने हुन् भनेर प्रश्न गर्दै थिए ।
‘आज केपी ओली आउने हुन् कि प्रचण्ड ?’
उनको प्रश्नको जवाफ सँगै रहेका अर्का व्यक्तिले दिए– ‘प्रचण्ड हुन्, हामी उनैको भाषण सुन्न आएको ।’
चपुरकी ओमकुमारी मगरलाई आन्दोलनमा जानुपर्छ भनेर ल्याए । तर आफूलाई टाउको दुखेकाले जुलुसमा सहभागी नभएको उनले बताइन् ।
त्यहीँ भेटिएकी उर्मिला महतोले पनि बिहान पशुपतिको दर्शन गरिन् ।
बाग्मती नदी निकै फोहोर देख्दा भने उनलाई दुःख लाग्यो ।
‘बाग्मतीको पानी निकै गन्धा रहेछ,’ उनले लोकान्तरसँग भनिन् ।
गाडीवालालाई भाडाकै ध्यान
महोत्तरीको साम्सी गाउँपालिकाका रामबाबु ठाकुरले आमसभाका लागि भनेर एक महिनाको बीचमा ३ पटक मान्छे लिएर आए ।
शुरूमा प्रचण्ड–नेपाल पक्षको सभाका लागि मान्छे बोकेका उनले दोस्रोपटक ओली पक्षको सभाका लागि पनि मान्छे ल्याए ।
तेस्रोपटक सभाका लागि काठमाडौं आएका उनले एक पटकको गाडी भाडा ४० हजार रुपैयाँ लिने गरेको बताए ।
५० वटा गाडी सँगै आएको उनले बताए । दुई सिटमा ४ जनासम्म बसेर आएको उनले जानकारी दिए ।
उनले २० हजार रुपैयाँ अग्रिम लिएका रहेछन् । बाँकी भाडा भने गाउँ फर्केपछि पाउने उनको आशा छ ।
हेर्नुहोस्, भिडियो/फोटो :
नृत्यका पारखीहरूका लागि लुम्बिनी प्रदेशमा लोकप्रिय नाम हो किशोर थापा । रुपन्देहीका किशोरको परिचय खाली नृत्यकार (डान्सर)मा मात्र सीमित छैन । उनी नृत्य निर्देशक, गायक, मोडल र फूटबल खेलाडीको रूपमा समेत उत्तिकै च...
रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् । काठम...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...