×

NMB BANK
NIC ASIA

विरोध सभा : भृकुटीमण्डपबाट ओलीमाथि प्रचण्ड–नेपालको ४ हमला, कांग्रेसलाई निम्तो !

माघ २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा विघटनको विरोधमा सडक आन्दोलनमा उत्रिएको नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' - माधवकुमार नेपाल पक्षले विरोध सभामार्फत प्रधानमन्त्री केपी शर्मा ओलीमाथि राजनीतिक हमला गरेको छ ।

Muktinath Bank

अध्यक्षद्वय प्रचण्ड र माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका वक्ताहरूले प्रधानमन्त्री ओलीमाथि आरोप बर्साए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आजको आमसभामा ओलीले जनतालाई बिर्सेर पशुपतिनाथको शरणमा गएको आरोपदेखि १० लाख मान्छे लिएर सिंहदरबार र बालुवाटार घेर्न आउने चेतावनी समेत दिइयो ।


Advertisment
Nabil box
Kumari

जनता छोडेर पशुपतिनाथको शरणमा

Vianet communication
Laxmi Bank

प्रचण्ड-नेपाल पक्षका नेताहरूले ओली जनतालाई बिर्सेर पशुपतिनाथको शरणमा गएको आरोप लगाए । खनाल, नेपाल र प्रचण्ड तीनै जनाले सम्बोधनका क्रममा ओली पशुपतिनाथको शरणमा गएको बताए ।

वरिष्ठ नेता खनालले भने, 'केपी ओलीलाई मार्क्सवादमाथि विश्वास छैन, विज्ञानमाथि विश्वास छैन, उनले पशुपतिनाथमा पुगेर संकल्प पूजा गरेका छन् ।'

अध्यक्ष नेपालले ओलीले मदन भण्डारीको नाम बिर्सिसकेको आरोप लगाए ।

'ओलीजी मदन भण्डारीको नाम जप्ने गर्नुहुन्थ्यो, अहिले त्यो बिर्सेर पशुपतिनाथको मन्त्र जप्न शुरू गर्नुभएको छ । जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, पाप गर्नेलाई पशुपतिले पनि माफ गर्दैनन्, चेतना भया !'

अन्तिममा बोलेका अध्यक्ष प्रचण्डले पनि सोही आरोप दोहोर्‍याए । 'केपीजी आजकल जनताको शरणमा जान छोडेर पशुपतितिर जानुभएको छ ।'

आयोग र अदालतलाई धम्की दिएको आरोप

आजका वक्ताहरूले ओलीले निर्वाचन आयोगलाई धम्की दिएको आरोपलाई प्राथमिकताका साथ उठाएका थिए ।

सभा सञ्चालन गरेका नेता लीलामणि पोखरेलले ओलीले आयोगलाई धम्की दिएको सूचना आफूलाई आएको बताए । उनले त्यसविरुद्ध खेद प्रस्ताव पनि पारित गर्न आग्रह गरेका थिए।

सम्बोधनका क्रममा अध्यक्ष नेपालले भने, 'निर्वाचन आयोग पुगेर धम्की दिने ओलीका तर्कमा कुनै दम छैन । उनले भनेबमोजिम उनका कुरा पत्याउन जरुरी छैन । दस्तावेज, सर्कुलर, नियम, विधान हेरे हुन्छ, नत्र एक–एक व्यक्तिको टाउको गनेपनि हुन्छ ।'

अध्यक्ष नेपालले ओलीले निर्वाचन आयोग आधिकारिकताको विवादमा पस्न पाउँदैन भनेर धम्की दिएको दाबी गरे । 'आयोग कानूनबमोजिम विवाद सल्ट्याउने प्रक्रियामा गएको छ तर ओलीले हस्तक्षेप गर्न थालेका छन्,' नेपालले भने ।

निर्वाचन आयोगकै बारेमा प्रचण्ड झन् कडा बोले । 'आजको यो उपस्थितिले अदालतलाई संविधानसम्मत फैसला गर्न सहज भएको छ । यदि आयोग र अदालतबाट संविधानसम्मत फैसला भएन भने आँधी आउँछ, हुरी चल्छ, कसैले थाम्न सक्दैन,' प्रचण्डले भने ।

आयोग र अदालतले संविधानसम्मत फैसला नगरे शान्तिपूर्ण क्रान्ति हुने चेतावनी प्रचण्डले दिए । 'शान्तिपूर्ण विद्रोह, ग्रीन रिभोलुसन हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ । संवैधानिक निकायहरूले ओली जस्तो निरङ्कुश व्यक्तिले सनकका भरमा गरेको निर्णय स्वीकार्ने काम हुन्छ त ?' प्रचण्डको प्रश्न थियो ।

बालुवाटार र सिंहदरबार घेर्न बाध्य नपारियोस्

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिए । उनले आजको सभामा ५ लाख जनता आएको दाबीसमेत गरे ।

'मलाई एसएमएस गरेर साथीहरूले यो सभामा ५ लाख छन् भन्नुभयो । केपीजी, देख्नुभयो सभा कस्तो हुन्छ ? प्रदर्शन कस्तो हुन्छ ? विरोध कस्तो हुन्छ ? यदि यो आक्रोश, आवेग र पीडा बुझ्नुभएन भने केही दिनपछि सिंहदरबार र बालुवाटार घेर्न दशौँ लाख आउनेछन्,' प्रचण्डले भने ।

सम्बोधनका क्रममा अर्का अध्यक्ष नेपालले सरकारी कोषको दुरुपयोग गरेपनि केही हजार मात्र मान्छे जम्मा गर्न सकेपछि ओली समूह निराश भएको दाबीसमेत गरेका थिए ।

'सरकारी कोषको दुरुपयोग गर्दा पनि २० हजार जुटाउन नसकेपछि सिंगै ओली समूह निराश भएको छ,' नेपालले कटाक्ष गरे ।

ओली समूहबाट फर्किन खोज्नेको लाम!

सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले ओली समूहबाट फर्किनेको लाम लाग्न थालेको दाबी गरेका थिए । 'केपीतिर गएकाहरू फर्किने लाम लागेको छ,' प्रचण्डले भने, 'लिस्ट लामो छ । अरू त अरू उहाँले बनाएका २ जना मन्त्रीहरू पनि फर्किने भनेर मसँग वार्ता चलिरहेको छ ।'

प्रचण्डलगायत अन्य नेताहरूले पनि आफूहरू नै आधिकारिक भएकाले सबै फर्किनुपर्ने दाबी गर्दै आइरहेका छन् । केही दिनअघि ओलीनिकट युवा संघको भेलालाई गृहमन्त्री समेत रहेका रामबहादुर थापा 'बादल'को समूहले बहिष्कार गरेको थियो ।

प्रचण्डले मन्त्रीहरूसमेत फर्किन आफूसँग वार्ता गरिरहेको दाबी गरेर ओली समूहमाथि दबाब बढाउन खोजेका थिए ।

आन्दोलनमा कांग्रेसलाई निम्तो

संयुक्त आन्दोलनका लागि प्रचण्ड-नेपाल पक्षले कांग्रेससँग अनुरोध गरिरहेको छ । तर अहिलेसम्म संयुक्त आन्दोलनका बारेमा कुनै सहमति भइसकेको छैन ।

प्रचण्डले आजको आमसभामार्फत आफूहरू नेपाली कांग्रेससँग हातेमालो गर्न तयार रहेको सन्देश दिएका छन् ।

'नेपाली कांग्रेस, र जसपा लगायतका पार्टीहरू अब कुनै भ्रममा पर्न आवश्यक छैन,' उनले भने, 'प्रतिनिधि सभा विघटनको कदम सबैले असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकालिसकेका छन् । तपाईंहरू भ्रममा नपर्नुस्।'

प्रचण्डले शान्तिप्रक्रिया, गणतन्त्र, संविधान सभा लगायतका सबै कामहरू गिरिजाप्रसाद कोइरालाले गरेको भन्दै कांग्रेस नेता कार्यकर्तालाई रिझाउने प्रयास गरे ।

'संविधान बनाउने बेलामा पनि सुशील कोइराला प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँलाई त फादर अफ कन्स्टिच्युसन पनि भन्नुहुन्छ तपाईंहरूले । हामीले त्यही संविधान जोगाउन हातेमालो गर्न आग्रह गरिरहेका छौं ।'

प्रचण्डले सभापति देउवालाई संयुक्त आन्दोलनको अवसर गुम्न नदिन आग्रह गरे ।

'यो समय संयुक्त आन्दोलन गरेर केपीको निरङ्कुश कदमलाई खतम गर्ने अवसर हो,' प्रचण्डले भने, 'यो अवसर गुम्न नदिनुस्, हामी तपाईंसँग हातेमालो गर्न तयार छौं ।'

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x