मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
माघ २८, २०७७
तीन साता नपुग्दै नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उही मञ्चबाट फेरि एकपटक विद्रोहको धम्कीपूर्ण भाषा बोलेका छन् । गएको माघ ८ गते त्यही स्थानमा उभिएर प्रचण्डले भनेका थिए, 'अदालतले जनताको भावना बुझ्नु पर्छ ।'
२० दिनपछि प्रचण्डले थप आक्रोशित मुद्रामा सर्वोच्च अदालतलाई प्रतिनिधिसभा पुनःस्थापनाका लागि दवाव सिर्जना गर्ने किसिमको अभिव्यक्ति दिएका छन् । भद्रकाली मन्दिरभन्दा अगाडि सैनिक मञ्च टुँडिखेलको बाहिर भृकुटीमण्डप चोकमा बनाइएको मञ्चबाट सिंहदरबार, सर्वोच्च अदालततर्फ फर्केर प्रचण्डले विद्रोहको धम्कीपूर्ण भाषा बोले ।
प्रचण्डको सम्बोधनको प्रत्यक्ष तथा परोक्ष धम्की सर्वोच्च अदालत र निर्वाचन आयोगतर्फ लक्षित थियो । प्रधानमन्त्री एवम् नेकपाको अर्को खेमाका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार निर्वाचन आयोगमा गएर नेकपाको आधिकारिक पार्टी आफूहरु भनेपछि प्रचण्डले अलि बढी निर्वाचन आयोगलाई सन्देश दिन खोजेको बुझ्न सकिन्थ्यो ।
‘यो उपस्थिति सर्वोच्च अदालतका सम्मानित न्यायाधीशले पनि देख्नुभएको छ । जनभावना के छ, तराई, मधेश, पहाड, हिमाल सबैको । आजको यो उपस्थितिले अदालतलाई संविधानसम्मत फैसला गर्न सहज भएको छ । त्यसो भएन भने आँधी आउँछ, हुरी चल्छ । कसैले थाम्न सक्दैन,’ प्रचण्डले बुधबारको सभामा भने ।
यसअघि विराटनगरमा आयोजित सभामा दिएको अभिव्यक्तिलाई लिएर प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ । ‘अदालतलाई भरोसा छ, अपमान गरेको होइन’ भन्दा भन्दै प्रचण्डले सर्वोच्चमा विचाराधीन विषयमा ‘त्यसो भएन भने आँधी आउँछ’ भन्ने भाषा बोले । अवहेलना मुद्दामा सर्वोच्च अदालतले जवाफसहित आफैँ उपस्थित हुन आदेश दिइसकेको छ ।
पूर्वमाओवादीहरुले बोल्ने गरेको विद्रोहको भाषाप्रति नेकपाभित्रको पूर्व एमाले तप्काले असहमति जनाउँदै आएको छ । यतिसम्मकी माधवकुमार नेपालले औपचारिक कार्यक्रममै प्रचण्ड भन्ने युद्धकालीन नाम भन्दै प्रचण्ड नभनी नभनी पुष्पकमल दाहाल भन्छु भनेका थिए । ‘विद्रोह र धम्कीपूर्ण कुराले हामीहरुलाई खिन्न बनाउँछ, उहाँहरुमा युद्धकालीन धङधङीका अवशेष बाँकी छन्’ पूर्व एमाले खेमाका एक केन्द्रीय सदस्यले बुधवार साँझ लोकान्तरसँग भने ।
माओवादीहरुले जनयुद्ध र शान्ति प्रक्रियामा आइसकेपछि पटक पटक प्रयोग गर्दै आएको विद्रोह शब्दलाई प्रचण्डले आज फेरि प्रयोग गरे । ‘हिजो हामी सानो समूहले विद्रोह गर्दा के भयो ? अहिले शान्तिपूर्ण विद्रोह ग्रीन रिभोलुसन हुन्छ । शान्तिपूर्ण क्रान्ति हुन्छ । संवैधानिक निकायले ओली जस्तो निरङ्कुश व्यक्तिले सनकको भरमा गरेको निर्णयसँग डराएर फैसला गर्छन् भनेर पत्याऊँ त ?’ प्रचण्डले सभामा भने ।
शुरुमै आक्रोशित मुद्रामा प्रस्तुत भएका प्रचण्ड निर्वाचन आयोगतर्फ हमला गर्दै संवैधानिक निकायमा पुगेका व्यक्तिले खेलाँची ठानिदिए जनतालाई दु:ख हुने भन्दै आयोगप्रति दवाव सृजना गर्न खोजे ।
‘खेलाँची कसैले नठाने हुन्छ, संवैधानिक निकायमा पुगेका व्यक्तिले खेलाँची ठानिदिए जनतालाई दु:ख हुन्छ । अदालतप्रति भरोसा छ भनेको छु, अपमान गरेको छैन । निर्वाचन आयोग खुट्टा नकमाउ भनेको मात्र हो । संवैधानिक निकायले स्वतन्त्र ढंगले हेरून्, विवेक प्रयोग गरुन्’ प्रचण्डले भने ।
प्रचण्ड मात्र होइन पूर्व माओवादी खेमाका नेता जनार्दन शर्माले पनि विद्रोहको भाषा बोले ।
‘प्रतिगमनको विरोधमा लाखौँ जनता शान्तिपूर्ण विरोधमा आएका छन्, प्रतिगामीहरुले हेरून् । शान्तिपूर्ण विरोधबाट प्रतिगमन सच्चिएन भने यी जनता कुन दिन विद्रोहमा उत्रिनेछन् । जनताको विद्रोहले संघीयता, गणतन्त्र विरोधीलाई समाप्त पार्नेछ’ शर्माले भने ।
ठूलो मास देखिनेवित्तिकै उत्साहित भइहाल्ने प्रचण्डको स्वभाव देखिन्छ । उनले बुधबारको सभामा ५ लाख मान्छे आएको सूचना आफूले पाएको दावी गरे, जबकि प्रचण्ड नेपाल समूहका एक स्थायी कमिटी सदस्यले डेढ देखि २ लाखसम्म ल्याउने योजना रहेको बताउँछन् ।
राजधानीमा एकपछि अर्को सभा गर्दै कसको पक्षमा जनसमर्थन बढी छ भनेर देखाउने प्रतिष्पर्धा नेकपाका दुवै खेमामा देखिएको छ । सभा भनेको कस्तो हुन्छ माघ २३ गते हेर्न आउनु भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको चुनौतीलाई जवाफ दिँदै प्रचण्डले भने ‘केपीजी देख्नु भयो, सभा कस्तो हुन्छ ? सभा विरोध प्रदर्शन कस्तो हुन्छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...